• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ११, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हिम्लुङ हिमाल बेसक्याम्पमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ 

      हिमालको अथाह सम्भावना छ तर पूर्वाधार र कनेक्टिभिटी कमजोर हुँदा अपेक्षित लाभ लिन सकिएन : फुर गेल्जे शेर्पा

      बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापना तीव्र, प्युठान र रोल्पामा आजै रातिसम्म तथा अन्य क्षेत्रमा भोलिसम्म सेवा सुचारु हुने

      कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क तोकियो, सभापतिलाई ४० हजार

      मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही सम्पर्कविहीन

      उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ : डा.भट्ट

      नेकपा बहुमतद्वारा सरकारविरुद्ध जनसंघर्ष गर्ने उद्घोष

      ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

      ‘सुरक्षा’ कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो

      देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

      अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

      पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृत्यु

      मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आग्रह

      भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन

      मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द

    होमपेज /  अन्य

    हिमालको अथाह सम्भावना छ तर पूर्वाधार र कनेक्टिभिटी कमजोर हुँदा अपेक्षित लाभ लिन सकिएन : फुर गेल्जे शेर्पा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ११, आईतबार (५७ मिनेट अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ११ पटक पढिएको
  • काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा पर्वतीय पर्यटनको सम्भावना अत्यन्तै ठूलो भए पनि आवश्यक पूर्वाधार, कनेक्टिभिटी र प्रभावकारी प्रवद्र्धनको अभावमा त्यसबाट अपेक्षित लाभ लिन नसकिएको बताएका छन् ।

    हरेक वर्ष हिमाल आरोहण, पदयात्रा, हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य तथा संस्कृति अवलोकनका लागि ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउने गरेको भएपनि तर हिमाली सम्पदाको तुलनामा पर्यटकको संख्या अझै न्यून रहेको उनको भनाइ छ ।

    अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै अध्यक्ष शेर्पाले नेपालको पर्यटनको सबैभन्दा ठूलो आधार नै पर्वतीय पर्यटन भएको बताए ।

    उनले भने, ‘पर्वतीय पर्यटन नेपालको पर्यटनमा सबैभन्दा ठूलो हिस्सा हो । हिमाल हेर्न आउने, हिमाल चढ्न आउने, कि हिमालको छेउमा गएर हिउँलाई छोएर अनुभव गर्न आउने चाहनेहरु विश्वभर छन् ।’

    शेर्पाका अनुसार पूर्वमा कञ्चनजङ्घादेखि मकालु, ल्होत्से, सगरमाथा, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरी हुँदै सुदूरपश्चिमको अपी र सैपालसम्म नेपालसँग ठूलो हिमाली सम्पदा छ । तर यही अनुपातमा पर्वतीय क्षेत्रमा पर्यटक पुग्न नसकेको उनको भनाइ छ ।

    ‘पर्वत यति धेरै हुँदाहुँदै पनि पर्यटकको अनुपात लक्ष्यअनुसार छैन । बर्षेनी बढिरहेको त छ तर जुन अनुपातमा आउनुपर्ने हो, त्यो छैन। हामीले त्यसको प्रवद्र्धन गर्न नसकेको अवस्था हो,’ उनले भने ।

    सगरमाथा क्षेत्रमा वर्षमा करिब ६० हजार मात्र पर्यटक

    अध्यक्ष शेर्पाले सगरमाथा क्षेत्रको सम्भावनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै त्यहाँ आउने पर्यटकको संख्या तुलनात्मक रूपमा निकै कम रहेको बताए ।

    उनका अनुसार सगरमाथा क्षेत्रभित्र कोङ्दे, थामे, गोक्यो, एभरेस्टलगायतका छुट्टाछुट्टै आकर्षक क्षेत्र छन् । तर यति ठूलो क्षेत्रले वर्षभरिमा करिब ६० हजार पर्यटक मात्र पुग्छन् ।

    उनले फ्रान्सको मोँ ब्लो हिमालको फेदीमा रहेको श्यामोनीसँग तुलना गर्दै नेपालले आफ्नो हिमाली क्षेत्रको सम्भावनालाई अझै पर्याप्त रूपमा उपयोग गर्न नसकेको बताए ।

    ‘श्यामोनी एउटा सानो गाउँजस्तै हो । त्यहाँ एक वर्षमा ५० देखि ६० लाख पर्यटक पुग्छन् । तर सगरमाथाको यति ठूलो एरियामा एक वर्षमा ६० हजार पर्यटक आउँछन् । ६० हजार भनेको एकदम नगण्य हो,’ शेर्पाले भने ।

    नेपालको पर्वतीय पर्यटन विकासमा सबैभन्दा ठूलो समस्या कनेक्टिभिटी रहेको शेर्पाले बताए ।

    काठमाडौं र सगरमाथाबीचको दूरी धेरै नभए पनि मौसमका कारण हवाई सेवा प्रभावित हुने र सडकमार्फत जाँदा लामो समय लाग्ने भएकाले पर्यटकलाई हिमाली गन्तव्यसम्म सहज रूपमा पुर्याउन नसकिएको उनको भनाइ छ ।

    ‘कनेक्टिभिटीको कुरा महत्वपूर्ण छ । विदेशबाट नेपाल आउने अनि सगरमाथासम्म जाने कनेक्टिभिटी प्रमुख कुरा हुन आउँछ । सिधा हेर्दा १५० देखि २०० किलोमिटर टाढा पनि छैन सगरमाथा तर मौसम बिग्रिँदा प्लेन जान सक्दैन, हेलिकप्टर पनि उड्न नसक्ने स्थिति हुन्छ । गाडीमा जानुपर्यो भने २०–२२ घण्टा लाग्छ,’ उनले भने ।

    उनका अनुसार हिमाली क्षेत्रमा पर्यटकलाई सहज रूपमा पुर्याउन सक्ने यातायात तथा पूर्वाधार विकास नगरेसम्म पर्वतीय पर्यटनको वास्तविक सम्भावना उपयोग गर्न कठिन हुन्छ ।

    शेर्पाले पर्वतीय पर्यटन विकास गर्दा वातावरण संरक्षणलाई भने प्राथमिकतामा राख्नुपर्ने बताए । हिमाल र हिमाली संस्कृति नै पर्यटक आकर्षित गर्ने प्रमुख आधार भएकाले यसको संरक्षणसँगै पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

    ‘हाम्रो वातावरण बिग्रियो, संस्कृति बिग्रियो भने विदेशीहरू आउँदैनन् । विदेशीहरू हेर्न आउने भनेको वातावरण र संस्कृति पनि हो । त्यसको संरक्षणको उत्तिकै आवश्यक छ । जसका कारण समानान्तर रूपमा पर्वतीय पर्यटन र पर्यटन व्यवसाय पनि बढाउँदै जाने हो,’ उनले भने ।

    उनले हिमाली क्षेत्रमा होटल तथा रिसोर्ट निर्माण गर्नै नहुने भन्ने नभई निश्चित मापदण्ड बनाएर वातावरणमैत्री संरचना निर्माण गर्नुपर्ने बताए ।

    सगरमाथा बेसक्याम्प र कालापत्थर क्षेत्रमा पर्यटक पुग्ने गरे पनि व्यवस्थित बसोबास, सरसफाइ तथा फोहोर व्यवस्थापनका पूर्वाधार पर्याप्त नभएको उनको भनाइ छ ।

    ‘एभरेस्ट बेसक्याम्पमा जान्छन्, हिमाल हेर्छन्, पिसाब फेर्छन्, फर्किन्छन् । त्यो ठाउँ फोहोर फाल्ने ठाउँ होइन । त्यहाँ राम्रो रिसोर्ट गरेर दिसा–पिसाब र फोहोरमैला व्यवस्थापन गरेर त्यो ठाउँ सफा राख्नुपर्ने हो,’ शेर्पाले भने ।

    पर्वतीय पर्यटन रोजगारीको आधार

    शेर्पाले पर्वतीय पर्यटनलाई रोजगारी सिर्जनाको महत्वपूर्ण माध्यमका रूपमा पनि प्रस्तुत गरे । हिमाल आरोहण तथा पदयात्राका लागि पर्यटक आएपछि गाइड, होटल, यातायात, एयरलाइन्स, स्थानीय उत्पादनदेखि अन्य धेरै क्षेत्रमा रोजगारी तथा व्यवसाय सिर्जना हुने उनको भनाइ छ ।

    ‘पर्यटन व्यवसाय भनेको यस्तो व्यवसाय हो, यसले सबै क्षेत्रको लाइफलाई छुन्छ । काठमाडौंमा ल्यान्ड भएपछि एयरलाइन्स, गाडी र होटलले व्यापार पायो । होटलबाट खाद्य पदार्थ नेपालमै खपत हुन्छ । त्यसपछि पर्यटक गन्तव्यमा गएपछि त्यहाँका लज, होटल, टी–हाउस र पसल सबै चल्ने भयो,’ उनले भने ।

    उनका अनुसार पर्वतीय पर्यटनको विस्तारले युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नेछ ।

    ‘सबभन्दा ठूलो कुरा रोजगारी सिर्जना हो । यो देशको नागरिकलाई यो देशमा काम गरेर आफ्नो जीविका गर्ने अधिकार छ । त्यो अधिकार यो इन्डस्ट्रीले सुनिश्चित गराउनुपर्छ,’ शेर्पाले भने ।

    हिमालको संरक्षण र पर्यटन विकास सँगसँगै

    शेर्पाले पर्वतीय पर्यटन विस्तारका क्रममा वातावरण संरक्षणलाई बेवास्ता गर्न नहुने बताए । हिमालमा बढिरहेको फोहोर व्यवस्थापन तथा आरोहणका क्रममा मृत्यु भएका आरोहीका शव व्यवस्थापनमा समेत नेपाल पर्वतारोहण संघले काम गरिरहेको उनले जानकारी दिए ।

    हिमाल सफाइका लागि लिइने ‘गार्बेज फी’लाई व्यवस्थित रूपमा परिचालन गरी हिमाल सफाइ, वातावरण संरक्षण तथा पर्वतीय क्षेत्रमा काम गर्ने श्रमिकको कल्याणका लागि छुट्टै कोष निर्माण गर्नुपर्ने उनको सुझाव छ ।

    नेपाल पर्वतारोहण संघले नेपालको पर्वतीय पर्यटन विकासका लागि हिमालको प्रोफाइल तयार गर्ने काम गर्दै आएको शेर्पाले बताए ।

    उनका अनुसार सरकारले हाल ४२३ वटा साना ठूला हिमालका लागि आरोहण अनुमति जारी गर्दै आएको छ । ती हिमालको रुट, बेसक्याम्प, भौगोलिक अवस्था लगायतका विवरणसहितको प्रोफाइल तयार गर्न संघले सहयोग गरेको उनले बताए ।

    ‘नेपाल सरकारले अहिले ४२३ वटा पिकको परमिट जारी गर्छ । ती सबै ४२३ वटा पिकको पिक प्रोफाइल नेपाल पर्वतारोहण संघले तयार पारेको हो,’ उनले भने ।

    त्यसबाहेक थप १०८ वटा हिमालको प्रोफाइल तयार गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।

    स्पष्ट नीति आवश्यक

    शेर्पाले पर्वतीय पर्यटनको विकासका लागि राज्यले स्पष्ट नीति बनाएर निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताए ।

    ‘हामीलाई राज्यसँग सधैँ अनुरोध के छ भने स्पष्ट र राम्रो नीति बनाइदिनुपर्‍यो भनिरहेका छौं । सम्बन्धित गन्तब्यको विकास गर्न त्यहाँको वातावरण रसंरक्षणलाई संरक्षण गर्दै, समानान्तर रूपमा पर्यटनको विकास गर्ने किसिमको नीति बन्नुपर्यो,’ उनले भने ।

    उनका अनुसार राज्यले नीति बनाउने, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने र नियम कार्यान्वयन भए–नभएको अनुगमन गर्ने भूमिका निर्वाह गर्नुपर्छ ।

    नेपालको पर्वतीय पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन सके युवालाई स्वदेशमै रोजगारी दिन सकिने र अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

    ‘नेपालमा हामी नेपालीले कोही विदेश जानु पर्दैन, यहीँ यो ठाउँमा यति ठूलो छ,’ शेर्पाले भने ।

    अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पर्वतीय पर्यटनलाई नेपालको पर्यटन अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्न पूर्वाधार, कनेक्टिभिटी, वातावरण संरक्षण, दक्ष जनशक्ति र स्पष्ट नीतिमा जोड दिनुपर्ने अध्यक्ष शेर्पाले बताए ।

    उच्च हिमाली क्षेत्र र सगरमाथा क्षेत्रमा गैर कानुनी क्रियाकलाप रोक्न सरकारले नै पहल गर्नुपर्ने पनि अध्यक्ष शेर्पाले सुझाव दिए । उनले सम्पर्क अधिकृतको भूमिका बढी जिम्मेवार हुने अर्थाए ।

    ‘गैरकानुनी क्रियाकलापको विषय वा गलत कामको विषयलाई हामीले गलत नै भनेका छौं । यो कुरा संसदमा पनि उठेको छ, पर्यटन समिति र मन्त्रालयको विभिन्न छलफलमा उठेकै कुरा हो । त्यसमा हामीले स्पष्ट रुपमा सरकारलाई नियमन गर्न र कारवाही गर्न भनेका छौं,’ उनले अगाडि भने,‘ नियम–कानुन सबैभन्दा बढी कर्मचारी साथीहरूले नै बुझ्नुहुन्छ त्यसैले उहाँहरुको उपस्थिति हुनैपर्छ । त्यसमा मेरो सुझाव के हो भने सम्पर्क अधिकृतको जस्तै जिम्मेवारी आरोही साथीहरुले पनि पाउनुपर्छ । आधा हिस्सा आरोहीहरुको हुनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

    पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृत्यु

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा किन प्रहरी नियन्त्रणमा पुगे?

    नेपाल आरोग्य पर्यटनको हब

    विश्व पर्यटन दिवस मनाइँदै

    बहुल पहिचान भएका आदिवासी अपाङ्गता महिलाहरु चरम विभेदमा छन् : प्रतिमा गुरुङ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिम्लुङ हिमाल बेसक्याम्पमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ 

    हिमालको अथाह सम्भावना छ तर पूर्वाधार र कनेक्टिभिटी…

    बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापना तीव्र, प्युठान र…

    कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क तोकियो, सभापतिलाई ४० हजार

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

    नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा

    राष्ट्रपति पौडेलले वसन्तपुर पुगेर गरे इन्द्रजात्राको अवलोकन

    आर्थिक

    अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

    दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

    एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑