सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । निरन्तरको वर्षासँगै त्रिशूली नदीमा आएको तीव्र बहावका कारण चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ।
गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।
इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार वर्षासँगै नदीले धार परिवर्तन गरेको छ। नदीको तीव्र बहावले झोलुङ्गे पुलमा निरन्तर प्रहार गर्दा मुख्य राजमार्गसमेत चर्किएको र केबलकारतर्फ जाने भित्री सडक भासिएको हो।
सडक भासिएपछि मनकामना केबलकार सेवा हालका लागि बन्द गरिएको छ। सडक तथा आसपासको क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेको भन्दै सतर्कता अपनाइएको छ।
नदीको बहाव अझै तीव्र रहेकाले पुल तथा आसपासका संरचनामा समेत जोखिम बढेको वडाध्यक्ष उप्रेतीले बताएका छन्।
सम्बन्धित निकायले क्षतिको अवस्थाबारे निरीक्षण तथा आवश्यक व्यवस्थापनको तयारी गरिरहेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा