• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ११, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही सम्पर्कविहीन

      उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ : डा.भट्ट

      नेकपा बहुमतद्वारा सरकारविरुद्ध जनसंघर्ष गर्ने उद्घोष

      ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

      ‘सुरक्षा’ कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो

      देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

      अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

      पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृत्यु

      मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आग्रह

      भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन

      मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द

      पर्यटनलाई आर्थिक विकास र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

      पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

      अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध

      वर्षाका कारण सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा चहलपहल कम

    होमपेज /  समाचार

    देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ११, आईतबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४ पटक पढिएको
  • काठमाडौं । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेषगरी नारायणी नदी आसपासका बासिन्दालाई आज उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाशाखामा कार्यरत असिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवका अनुसार नारायणी नदीमा आज उल्लेख्य रूपमा पानी बढ्ने र खतरा सतहभन्दा माथि रहने अवस्था देखिएको छ ।

    उनले भने, ‘नारायणी नदीमा पानीको सतह उल्लेख्य बढ्ने अनि यो खतरा सतहभन्दा माथि छ । आज दिनभरि खतरा सतह आसपास रहने र बेलुकासम्म बिस्तारै पानी घटेर खतरा सतहभन्दा तल आउने देखिन्छ । त्यसैले नारायणी नदी आसपास एकदम सावधानी अपनाउनुपर्ने देखिन्छ ।’

    यादवका अनुसार सप्तकोशी, तमोर, अरुण, दूधकोशी, लिखुलगायतका नदीमा आज र भोलि पानीको बहाव उल्लेख्य बढ्ने देखिएको छ । तर ती नदीमा पानी सावधानी सतहभन्दा तलै रहने अनुमान गरिएको उनले बताए ।

    त्यस्तै कर्णाली, चिसापानी, ठूलीभेरी, भेरीलगायतका नदीमा पनि आज पानीको बहाव उल्लेख्य बढ्ने तर खतरा सतहभन्दा तलै रहने पूर्वानुमान गरिएको छ । पूर्वी राप्ती, तिनाउ र बाणगंगा लगायतका नदीमा भने पानी बढेर सावधानी सतह पार गर्ने सम्भावना रहेको यादवले बताए ।

    उनले भने, ‘पूर्वी राप्ती, तिनाउ, वाणगंगालगायतका नदीहरु उल्लेख्य बढ्ने देखिन्छ । आज र यो सावधानी सतह कट्ने देखिन्छ । अनि बिस्तारै भोलिदेखि चाहिँ उल्लेख्य बढे पनि सावधानी सतहभन्दा तलै रहने र आउँदा दिनहरुमा यो सामान्य घटबढ मात्रै हुने देखिन्छ।’

    महाशाखाले तयार पारेको २४ घण्टे पूर्वानुमान नक्साअनुसार पूर्वी नेपालका अधिकांश क्षेत्रमा न्यून जोखिम रहेको छ। तर गोरखा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका तथा पर्सा, बारा, रौतहट र सर्लाहीमा मध्यम जोखिम देखिएको छ ।

    यादवका अनुसार ती क्षेत्रमा नदी तथा खोलाको पानी सावधानी सतहभन्दा माथि पुग्न सक्ने भए पनि खतरा सतहभन्दा तलै रहने अनुमान गरिएको छ ।

    मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ, तनहुँ तथा चितवन र नवलपरासीका क्षेत्रमा भने उच्चदेखि अति उच्च जोखिम देखिएको महाशाखाले जनाएको छ ।

    विशेषगरी कास्की क्षेत्रमा राति भएको भारी वर्षाका कारण म्याग्दी, कालीगण्डकी, सेती गण्डकीलगायतका नदीमा पानीको सतह बढेको यादवले बताए ।

    उनले भने, ‘पश्चिमको मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ, तनहुँलगायत तराईका चितवन, नवलपरासी लगायत जिल्लाहरुमा अति उच्च जोखिममा राखेका छौं । कास्कीतिर धेरै भारी वर्षा भकाले सबै खोलाहरु–म्याग्दी, कालीगण्डकी अनि अरु सेती गण्डकी सबै नदीहरु सावधानी सतह कटेर पानी तल आउने देखिन्छ । खतरा सतह कटेर बस्तीहरुमा पानी फैलिराखेको कन्डिसन छ।’

    कपिलवस्तु र रुपन्देहीमा भने उच्च जोखिम रहेको महाशाखाले जनाएको छ । त्यहाँ नदीमा पानीको बहाव बढेर खतरा सतहसम्म पुग्ने सम्भावना रहे पनि ठूलो क्षति हुने गरी बाढी आउने अवस्था नदेखिएको यादवले बताए ।

    महाशाखाका अनुसार आज बारा, पर्सा, रौतहट र सर्लाहीमा साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ । चितवन, नवलपरासी पूर्व तथा पश्चिम, लमजुङ र कास्कीमा भने खोलामा पानी उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ ।

    पश्चिमका हुम्ला, मुगु, जुम्ला तथा रुकुम पूर्वलगायतका हिमाली क्षेत्रमा भने बाढीको जोखिम न्यून रहेको महाशाखाले जनाएको छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, जाजरकोट र रुकुमलगायतका क्षेत्रमा मध्यम जोखिम देखिएको छ ।

    यादवले प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै गएकाले पश्चिमका केही क्षेत्रमा पनि आज दिनभरि पानी बढेपछि बेलुकासम्म क्रमशः घट्दै जाने अवस्था रहेको बताए ।

    उनले भने, ‘पश्चिम वा लुम्बिनी प्रदेशका जिल्लाहरु अनि त्यसपछि सुदूरपश्चिम प्रदेशका जिल्लाहरु जाजरकोट, रुकुम अनि तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङहरु लगायतमा मध्यम खालको जोखिम देखिन्छ । बिस्तारै पानीहरु घट्दै जाने देखिन्छ ।’

    महाशाखाले भोलिका लागि तयार पारेको पूर्वानुमान नक्साअनुसार देशका अधिकांश क्षेत्रमा बाढीको जोखिम न्यून रहनेछ । प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै बाहिरिने क्रममा रहेकाले भोलिबाट अधिकांश क्षेत्रमा बाढीको जोखिम नरहने अनुमान गरिएको छ । तर दार्चुला, बैतडी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा मध्यम जोखिम रहने महाशाखाले जनाएको छ ।

    हालको अवस्थाबारे जानकारी दिँदै यादवले नारायणी नदी तथा त्यसका सहायक नदीमा पानीको सतह चेतावनी तह पार गरिसकेको बताएका छन् । त्यस क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ : डा.भट्ट

    ‘सुरक्षा’ कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो

    अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

    मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आग्रह

    भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन

    मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ :…

    नेकपा बहुमतद्वारा सरकारविरुद्ध जनसंघर्ष गर्ने उद्घोष

    ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन…

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

    नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा

    राष्ट्रपति पौडेलले वसन्तपुर पुगेर गरे इन्द्रजात्राको अवलोकन

    आर्थिक

    अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

    दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

    एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑