• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल आइपुगे

      ग्यास बिक्रेता महासंघले भन्यो: सरकार प्रचारबाजी लाग्यो, गम्भीर भएन

      ओलीको चेतावनी- अध्यक्षबाट हटाउन हस्ताक्षर अभियान चलाए सह्य हुँदैन

      ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

      राजनीतिमा युवाको सहभागिता नारामा होइन, व्यवहारमा देखिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

      पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

      नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता

      राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

      चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा

      न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ : देउवा

      युवालाई मदन भण्डारीका विचार आत्मसात गर्दै बदलिँदो समयअनुकूल अघि बढ्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह , समाचार कमेन्टमा

      न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ : देउवा

      देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु

      अचानक दुब्लाएपछि सोहेल खानको लुक चर्चामा, स्वास्थ्यबारे उठ्यो प्रश्न

      देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

    होमपेज /  अन्य

    ग्यास बिक्रेता महासंघले भन्यो: सरकार प्रचारबाजी लाग्यो, गम्भीर भएन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ३१, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । ग्यास बिक्रेता महासंघले लामो समयदेखि जारी खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ। महासंघले समस्या समाधान गर्नुपर्ने बेला सरकार प्रचारबाजीमा केन्द्रित भएको दाबी गरेको हो।

    महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले आइतबार विज्ञप्ति जारी गर्दै देशभर खाना पकाउने ग्यासको चरम अभाव रहेको विषय सर्वविदित हुँदाहुँदै पनि सरकारले अभावको वास्तविक कारण पहिचान गरी समाधान गर्न प्रभावकारी कदम नचालेको बताएका छन्।

    महासंघले विगत चार महिनामा करिब ६० हजार मेट्रिक टन ग्यास कम आयात भएको जनाएको छ। आयातमा आएको ठूलो गिरावट नै बजारमा ग्यास अभाव हुनुको मुख्य कारण रहेको महासंघको दाबी छ।

    विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम तथा उपभोक्तावादी संघसंस्थामार्फत ग्यास अभावका कारणबारे स्पष्ट जानकारी सार्वजनिक गरिए पनि सरकार, नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा सम्बन्धित सरकारी निकायले समस्या समाधानमा पर्याप्त ध्यान नदिएको आरोप लगाइएको छ।

    ‘देशभर खाना पकाउने ग्यासको चरम अभाव भएको सर्वविदितै छ। यति लामो समयसम्म ग्यास किन अभाव भयो भन्ने कुरामा सरकारको पटकपटक ध्यान पुगेको देखिन्न,’ विज्ञप्तिमा भनिएको छ।

    महासंघले सरकारी निकायले समस्या समाधानभन्दा अनावश्यक प्रचारबाजीलाई प्राथमिकता दिएको आरोपसमेत लगाएको छ। पछिल्ला दिनमा भएका गतिविधिले सरकारको प्राथमिकता समस्या समाधानभन्दा प्रचारमा बढी केन्द्रित भएको पुष्टि गरेको महासंघको भनाइ छ।

    महासंघका अनुसार हाल बजारमा आवश्यकताभन्दा बढी अर्थात् करिब ८० लाख सिलिन्डर विभिन्न स्थानमा छरिएका छन्। पर्याप्त संख्यामा सिलिन्डर बजारमा रहे पनि नियमित आपूर्ति तथा वितरण प्रणाली प्रभावकारी नहुँदा उपभोक्ताले ग्यास अभाव झेल्नुपरेको संकेत महासंघले गरेको छ।

    ग्यासको सहज आपूर्ति र वितरणका लागि महासंघले केही सुधारात्मक कदम चाल्न सरकारसँग माग गरेको छ। ग्यास उद्योग तथा विभिन्न नाममा सञ्चालित बिक्री केन्द्रबाट हुने बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्रै ग्यास बिक्री वितरणलाई व्यवस्थित बनाउनुपर्ने महासंघको माग छ।

    त्यस्तै, अनुगमनका नाममा ग्यास बिक्रेतालाई अनावश्यक दुःख दिने कार्य बन्द गर्न पनि महासंघले आग्रह गरेको छ। अभावको वास्तविक कारण पहिचान गरी आयात तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउन सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको महासंघको भनाइ छ।

    महासंघले तत्काल आपूर्ति व्यवस्थापन सुधार नगरे ग्यास अभावको समस्या अझै लम्बिन सक्ने भन्दै सरकारलाई गम्भीर भएर समस्या समाधानमा केन्द्रित हुन आग्रह गरेको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो

    सात विश्व कीर्तिमान बनाएका डा.आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु 

    धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’

    नेपाली सेनाले माग्यो २८० अधिकृत क्याडेट

    ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

    अब सरकारी कार्यालयमा निवेदनको ढाँचा देशभर एउटै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल आइपुगे

    ग्यास बिक्रेता महासंघले भन्यो: सरकार प्रचारबाजी लाग्यो, गम्भीर…

    ओलीको चेतावनी- अध्यक्षबाट हटाउन हस्ताक्षर अभियान चलाए सह्य…

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल आइपुगे

    न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ :…

    पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं,…

    किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार अदालत उपस्थित गराउन…

    आर्थिक

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑