सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । प्रभु बैंकले गत आर्थिक वर्ष २०८२/७३ को चौथो त्रैमासमा २४ करोड १२ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यससँगै एक वर्षको अवधिमा बैंकको वित्तीय अवस्था उल्लेख्य रूपमा कमजोर बनेको देखिएको छ ।
समीक्षा अवधिमा बैंकले ९ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको खुद ब्याज आम्दानी राम्रो रहे पनि खराब कर्जामा भएको तीव्र वृद्धिका कारण त्यसको सकारात्मक प्रभाव नाफामा देखिन सकेन ।
बैंकको गैरनिष्क्रिय कर्जा (एनपीएल) १५.५५ प्रतिशत पुगेको छ । बैंकिङ क्षेत्रमा एनपीएल बढ्नुले ऋणीबाट कर्जा तथा ब्याज असुलीमा समस्या रहेको संकेत गर्छ । प्रभु बैंकमा पनि बिग्रिएका ऋणका फाइल ठूलो संख्यामा रहेको र तीमध्ये धेरै ऋण तत्काल उठ्ने सम्भावना न्यून रहेको बताइएको छ ।
बैंकको वितरणयोग्य नाफा पनि ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक रहेको छ । यसको अर्थ बैंकले तत्काल सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्थामा पर्याप्त वितरणयोग्य नाफा सिर्जना गर्न सकेको छैन ।
त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक भएको छ । समीक्षा अवधिमा बैंकको ईपीएस १ रुपैयाँ २ पैसा ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा घटेर घाटामा गएसँगै प्रतिसेयर आम्दानीमा पनि दबाब परेको हो ।
खराब कर्जा बढ्दै जाँदा त्यसबापत सम्भावित जोखिम व्यवस्थापन गर्न बैंकले ठूलो रकम छुट्याउनुपर्ने हुन्छ । यस्तो प्रावधानले बैंकको नाफामा प्रत्यक्ष असर पार्छ । प्रभु बैंकको पछिल्लो वित्तीय विवरणमा पनि खराब कर्जाको उच्च स्तरले बैंकको नाफामा ठूलो दबाब सिर्जना गरेको देखिन्छ ।
बैंकिङ क्षेत्रमा खराब कर्जा व्यवस्थापन अहिले प्रमुख चुनौतीका रूपमा देखिएको छ । आर्थिक गतिविधिमा आएको सुस्तता, ऋणीको आम्दानी तथा व्यवसायमा परेको दबाब र कर्जा असुलीमा देखिएको कठिनाइका कारण कतिपय बैंकको खराब कर्जा बढिरहेको छ । प्रभु बैंकको हकमा भने एनपीएल १५ प्रतिशतभन्दा माथि पुग्नु थप गम्भीर विषय बनेको छ ।
यसैबीच, बैंकभित्र रहेका बिग्रिएका ऋणको प्रभावकारी असुली तथा व्यवस्थापन गर्न नसकेमा आगामी दिनमा पनि बैंकको वित्तीय अवस्थामाथि दबाब कायम रहन सक्ने देखिन्छ । बैंकले खराब कर्जा घटाउँदै कर्जा असुलीलाई प्रभावकारी बनाउन सकेमा भने वित्तीय अवस्थामा सुधार ल्याउने सम्भावना रहनेछ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा