• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

      राजनीतिमा युवाको सहभागिता नारामा होइन, व्यवहारमा देखिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

      पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

      नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता

      राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

      चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा

      न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ : देउवा

      युवालाई मदन भण्डारीका विचार आत्मसात गर्दै बदलिँदो समयअनुकूल अघि बढ्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह , समाचार कमेन्टमा

      न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ : देउवा

      देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु

      अचानक दुब्लाएपछि सोहेल खानको लुक चर्चामा, स्वास्थ्यबारे उठ्यो प्रश्न

      देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

      म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ : देउवा

      तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो

      भारतका प्रधानसेनापति धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा पाउने

    होमपेज /  समाचार

    नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ३१, आईतबार (५८ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १७ पटक पढिएको
  • काठमाडौं । गैरआवसीय नेपालीहरुले (एनआरएनए) नेपालमा लगानी गर्न आफूहरु सँधै उत्साही रहेको तर लगानी गर्दा मुख्य रुपमा दुईवटा समस्या औल्याएका छन् ।

    चीनको ग्वाङझावउमा चलिरहेको ११ औ दक्षिण एसिया प्यासिफिक सम्मेलनमा उनीहरुले यस्तो साझा चिन्ता देखाएका हुन् ।

    एशिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालहरु नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रुपमा सताउने गरेको बताएका छन् ।

    एनआरएनएका पूर्वअध्यक्ष एवं कोरियालाई कार्यक्षेत्र बनाई सफल व्यवसायी गरिरहेका विनोद कुँबरले नेपालमा काम कम गर्ने अनि गफ वढी गर्ने प्रवृत्ति पनि समस्या भएको बताए ।

    उनले नेपालमा कानुनी प्रक्रिया पनि झन्झटिलो र लामो समयसम्म अल्झनुपर्ने भएको जसले गर्दा लगानीकर्ता निरुत्साहित हुने बताए ।

    ‘मैले नेपाल र कोरिया दुवै देशमा बराबर लगानी गरिरहेको छु । नेपालमा गफ धेरै काम कम हुन्छ भन्ने अनुभव भइरहेको छ,’ कुँबरले भने,‘समय अनुसारको योजना बनाउनुपर्छ । समयमै काम हुनुपर्छ । नत्र त्यो कामले नतिजा दिँदैन । अनि समय पनि प्रयाप्त दिनुपर्छ ।’ नेपालको कानुनले चारदेखि पाँच घन्टा कामै गर्न नदिने भन्दै यसले गर्दा नेपालमा लगानी गर्दा धेरै दुख हुने गरेको उनले सुनाए ।

    ‘जहाँ जहाँ कानुनी समस्या छन् त्यसलाई तत्कालका लागि सरकारले सहजीकरण गर्नुपर्छ । नेपालमा व्याज निकै महङ्गो छ,’ उनले भने ‘यस्ता कुरामा पुनःविचार गर्नुपर्छ ।’

    एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले बाहिर रहेका हरेक नेपाली मेरो देश कहिले बन्छ भनेर उनीहर चिन्तन गरेर बसेको र मैले नगरे कसले गर्छ भन्ने चिन्ता उनीहरुमा देखिएकाले नेपाल सररकाले यसलाई अवसरको रुपमा अघि बढाउनुपर्ने सुझाव दिए ।

    ‘नेपाल नेपालीहरुले नै बनाउने हो । राम्रा र मिठा कुराले मात्र देश बन्ने भए उहिल्यै बन्थ्यो । हामी मिठा कुरा गर्न सिपालु छौँ,’ उनले भने ‘अब नेपालीको सम्यता बचाएर विकास गर्नुपर्ने छ । यही एउटा हामी सवैले संकल्प गर्नु परेको छ ।’

    सबै गैर आवासीय नेपालीहरुको एउटै सपना भएको र त्यो समृद्ध नेपाल भएको उनले बताए ।

    ‘गैरआवासीय नेपालीको लगानीले मात्र समृद्ध हुँदैन तर उनीहरु विना पनि हुँदैन,’ उनले भने ‘यो सत्य अव नेपाल सरकारले बुझेर सहज कानुनहरु बनाउनुपर्छ । यसका लागि पुनःसंरचना गर्ने कानुनी काममा ढिलाई गर्न हुँदैन ।’

    नेपाल जस्तो लगानीको राम्रो ठाउँ अन्यत्र नभएको भन्दै उनले संसारको जुुनसुकै देशमा पनि समस्या हुने तर त्यसलाई कसरी सम्वोधन गर्ने र लगानीको सुरक्षा गर्ने भन्ने हुने उनको तर्क छ ।

    उनले कानुन देखाएर वा प्रहरी देखाएर डराएर धम्काएर नहुने भन्दै यसका लागि फकाएर र लगानीकर्तालाई सहजता गराएर देश विकास गर्न सकिने सुझाव दिए ।

    ‘उद्यमीहरुलाई धम्काएर वा डराएर होइन । देशको राम्रो वातावरण बनाएर अनि कानुनी सुरक्षा दिएर लगानी ल्याउन सकिन्छ,’ महत्तोले भने, ‘यस्तो लगानी ल्याउँदा एनआरएनए नेपालीमात्र आउँदैन उसले वैदेशिक लगानी पनि भित्राउँछन् ।’

    बरिष्ठ उपाध्यक्ष रविन शेरचनले नेपालमा लागनीको विषयमा धेरै क्षेत्रहरु भएको केही नयाँ पहिचान गर्नुपर्ने क्षेत्रहरु पनि भएकाले अव लगानी वढाउनुपर्ने बताए ।

    त्यस्तै कोरियामा रहेका अनुसन्धानकर्ता देवीवहादुर बस्नेतले नेपालमा मेडिकल र प्रोटिन क्षेत्रमा नयाँ इनोभेसनको काम गर्ने अवसर रहेको भएको बताए ।

    ‘नेपालमा नयाँ क्षेत्रमा काम गर्ने अवसर प्रशस्तै छन् । के छ त्यो खोज्नुपर्छ’, उनले भने,‘नेपालको वातावरणका कारण पनि मेडिकल क्षेत्रमा लगानी गर्न सकिन्छ ।’

    नेपालमा भएको वातावरणले पनि माइक्रो वे मार्फत प्रोटिनहरु बनाउन सकिने र यो चीन, कोरिया र भारतसहित विश्वभर सप्लाई गर्न सकिने भएकाले यसको सम्भावना धेरै भएको बताए ।

    ‘जेनेटिक आइसोलेसन गरेर पनि इनोभेसन्सको काम गर्न सकिन्छ,’ उनले भने ‘यसका लागि कानुन सरकारले सहज बनाउनुपर्छ अनि एनआरएनए नेपालीहरुका लागि ठुलो अवसर हुनसक्छ ।’

    एनआरएन चीनका पूर्वअध्यक्ष निर्मल शर्मा चौलागाईले नेपाल र चीनका विचमा धेरै काम गर्न सकिने तर पुर्वाधारले समस्या भइरहेको बताए । आफूहरुले अहिले पनि वर्षमा ६ महिनामात्र उत्तरी नाकावाट नेपाल सामाग्री सप्लाई गर्न सकेको र सरकारले पुर्वाधार समयमा नबनाउँदा उद्योगीहरु लामो समयसम्म नाकामै सामान छाड्दा ठूलो नोक्सानमा परेको उनले बताए ।

    त्यस्तै एनआरएनए चीनकै पूर्वअध्यक्ष रोहित अग्रवालले कुनैपनि लगानीलाई नाफासँग जोड्न जरुरी हुने र त्यसका लागि कानुनी रुपमै ग्यारेन्टी हुनुपर्ने बताए ।

    लगानीका क्षेत्रमा लामो समयदेखि अनुसन्धान गरिरहेका अरुणकुमार सुवेदीले नेपालको समस्या हरेक दिन खर्व लगानी गर्ने लगानीकर्ताले नासु र सुब्वालाई दैनिक नमस्कार गर्नुपर्ने भएको बताए ।

    यत्रो लगानी गर्नेलाई के चाहिन्छ भनेर सरकारले सुविधा दिएर काम गराउने भन्दा कसरी अड्काउने भनेर नासु र सुब्बाले कार्यालय धाउने पद्धती र कानुन कायम राखेसम्म एनआरएनएको लगानी नेपालमा आउन नसक्ने बताए ।

    अहिले विदेशमा रहेका ४० प्रतिशतले नेपालमा लगानी गर्न चाहेको अनुसन्धानमा देखिएको तर त्यहाँको राजनीतिक अस्थिरताले समस्या हुने गरेको उनले बताए ।

    नेपालको जिडीपी भन्दा तीन गुणा बढी बाहिर बसेका नेपालीहरुको आम्दानी भएकाले यसवाट नेपालले फाइदा उठाउनुपर्ने उनले बताए ।

    त्यस्तै चीनका कार्यवाहक राजदुत रोशन खनालले लगानीको सम्भावना कहाँ के छ खोजी गरेमा राजदुतावासले सहयोग गर्ने बताइन् । उनले चीनमा रहेर व्यवसायमा सफल भएका ६१ प्रतिशतले नेपाल फर्कन चाहना आफूसँग व्यक्त गरेको उनले बताइन् ।

    त्यस्तै नेकपाका पूर्वसांसद माधव सापकोटाले लगानीको कुरामात्र भइरहेको तर रेमिट्यान्स कता गइरहेको छ र त्यसलाई लागनीमा किन रुपान्तरण गर्न सकिने भन्नेमा पनि छलफल गर्नुपर्ने बताए ।

    सामाजिक न्यायसहित आर्थिक समृद्धीमा कसरी जान सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताए । रास्वपाका सांसद खगेन्द्र सुनारले लगानीको वातावरण बनाउने कुरामा रास्वपा सँधै तयार रहेको र आफ्ना घोषणापत्रमा पनि यो कुरा उल्लेख गरेको बताए ।

    युवा व्यवसायीलाई लगानीको वातावरण बनाउनुपर्ने र विदेशमा सीप र क्षमता कमाएकाहरु अव नेपाल फर्कनुपर्ने उनले बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राजनीतिमा युवाको सहभागिता नारामा होइन, व्यवहारमा देखिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

    चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा

    न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ : देउवा

    युवालाई मदन भण्डारीका विचार आत्मसात गर्दै बदलिँदो समयअनुकूल अघि बढ्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह , समाचार कमेन्टमा

    देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    राजनीतिमा युवाको सहभागिता नारामा होइन, व्यवहारमा देखिनुपर्छ :…

    पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको…

    नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको…

    न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ :…

    पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं,…

    किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार अदालत उपस्थित गराउन…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    आर्थिक

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑