• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

      राजनीतिमा युवाको सहभागिता नारामा होइन, व्यवहारमा देखिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

      पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

      नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता

      राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

      चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा

      न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ : देउवा

      युवालाई मदन भण्डारीका विचार आत्मसात गर्दै बदलिँदो समयअनुकूल अघि बढ्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह , समाचार कमेन्टमा

      न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ : देउवा

      देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु

      अचानक दुब्लाएपछि सोहेल खानको लुक चर्चामा, स्वास्थ्यबारे उठ्यो प्रश्न

      देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

      म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ : देउवा

      तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो

      भारतका प्रधानसेनापति धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा पाउने

    होमपेज /  आर्थिक

    राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ३१, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७ पटक पढिएको
  • काठमाडौं । देशमै पहिलोपटक ‘डिजिटल फेस्ट’को अवधारणासहित राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ आयोजना हुने भएको छ। घर निर्माण फेस्टसँगै सञ्चालन हुने डिजिटल फेस्टका लागि काठमाडौंको भृकुटीमण्डपमा छुट्टै मल्टिपर्पोज स्टुडियो निर्माण गरिने भएको छ।

    यस वर्षको राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ आगामी पुस ९ देखि १२ गतेसम्म आयोजना हुनेछ। फेस्टमा घर निर्माणसँग सम्बन्धित निर्माण सामग्री, प्रविधि, सेवा तथा विभिन्न कम्पनीका उत्पादनलाई एउटै प्लेटफर्ममा प्रदर्शन गरिने आयोजकले जनाएको छ।

    डिजिटल फेस्टका लागि निर्माण गरिने मल्टिपर्पोज स्टुडियोमार्फत प्रदर्शनीमा सहभागी ब्रान्ड, कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र सेवाबारे जानकारी तथा विज्ञापन प्रस्तुत गर्न सक्नेछन्। स्टुडियोबाट तयार गरिएका सामग्री राष्ट्रिय टेलिभिजन तथा आयोजकका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइने भएको छ।

    आयोजकका अनुसार डिजिटल फेस्टको मुख्य उद्देश्य प्रदर्शनीलाई भौतिक उपस्थितिमा मात्र सीमित नराखी काठमाडौं बाहिरका दर्शक तथा अन्तर्राष्ट्रिय पहुँच भएका उपभोक्तासम्म पुर्‍याउनु हो। यसबाट नेपाली उत्पादन तथा निर्माण क्षेत्रमा आबद्ध कम्पनी र सेवाको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    पछिल्ला वर्षमा प्रविधिको प्रयोग र सामाजिक सञ्जालको प्रभाव बढ्दै गएको तथा कन्टेन्ट मार्केटिङको स्वरूपमा समेत परिवर्तन आएको अवस्थामा घर निर्माण फेस्टलाई डिजिटल माध्यमसँग जोड्न लागिएको आयोजकको भनाइ छ। यसले नेपालबाहिर रहेका नेपाली तथा सम्भावित ग्राहकलाई समेत निर्माण क्षेत्रको ठूलो मेलासँग प्रत्यक्ष जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    अघिल्लो वर्ष १५० वटा स्टल राखिएकोमा यसपटक २०० भन्दा बढी स्टल राख्ने तयारी गरिएको छ। घर निर्माण फाउन्डेसनका अनुसार हालसम्म करिब ६० प्रतिशत स्टल बुकिङ भइसकेको छ।

    यसअघि सम्पन्न राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ को दोस्रो संस्करणमा ६० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका थिए। नयाँ स्वरूपमा आयोजना गर्न लागिएको यस वर्षको फेस्टमा दर्शकको संख्या उल्लेख्य रूपमा बढ्ने आयोजकको अनुमान छ। साथै, फेस्टका क्रममा हुने कारोबारलाई ४ अर्ब रुपैयाँभन्दा बढी पुर्‍याउने लक्ष्य राखिएको छ।

    घर निर्माणका लागि आवश्यक निर्माण सामग्री, प्रविधि र सेवाबारे सर्वसाधारणलाई एकै स्थानबाट जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको फेस्टमा ट्राइनोक्स ग्लोबलले सहकार्य गरेको छ।

    फेस्टले घर निर्माणको योजना बनाइरहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा निर्माण क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवालालाई एउटै प्लेटफर्ममा ल्याउने आयोजकको अपेक्षा छ।

    घर निर्माण फाउन्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार हुँदै गए पनि धेरै ब्रान्डले आफ्नो पहिचान प्रभावकारी रूपमा प्रस्तुत गर्न, ग्राहकसँग सम्बन्ध विस्तार गर्न तथा उत्पादन र सेवाको व्यवस्थित एवं आकर्षक प्रदर्शन गर्न चुनौती सामना गरिरहेका छन्। यिनै चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले फेस्ट आयोजना गर्न लागिएको हो।

    आयोजकका अनुसार गत वर्षको प्रदर्शनीमा सहभागी विभिन्न व्यवसायीले कुल साढे ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका थिए। यसपटक डिजिटल फेस्टसमेत जोडिएकाले प्रदर्शनीको पहुँच र व्यापारिक गतिविधि थप विस्तार हुने अपेक्षा गरिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    माछापुच्छ्रे बैंकको नाफा १२.२३ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब ११ करोड

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुहोस्

    सुनको मुल्यमा भारी गिरावट, चाँदी पनि सस्तियो

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंकको सहभागिता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    राजनीतिमा युवाको सहभागिता नारामा होइन, व्यवहारमा देखिनुपर्छ :…

    पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको…

    नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको…

    न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ :…

    पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं,…

    किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार अदालत उपस्थित गराउन…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    आर्थिक

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑