• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १३, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन सुरु

      पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन : मन्त्री पोखरेल

      आज पनि घट्यो नेप्से, ४ अर्ब ६५ करोडको कारोबार

      यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

      मौसम पूर्वानुमान महाशाखाको स्पष्टीकरण: असोज १७ देखि तीन दिन भीषण वर्षा हुने सूचना भ्रामक

      अमरेश सिंहको दाबी– बालेनले मेरो,रवि र प्रचण्डको पछाडि सुराकी लगाएको छ

      भारतीय नीतिको असर : १ खर्ब ४६ अर्बको तेल निर्यातमा जोखिम

      बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

      राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बहुविषयक र नागरिक सहभागितामा आधारित हुनुपर्ने सांसद ओलीको जोड

      बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

      कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन

      राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बहुविषयक र नागरिक सहभागितामा आधारित हुनुपर्ने सांसद ओलीको जोड

      रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

      नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

      भारतीय नीतिको असर : १ खर्ब ४६ अर्बको तेल निर्यातमा जोखिम

    होमपेज /  अन्य

    जडीबुटी संकलन गर्न हिमाली क्षेत्रतर्फ गएका १० जना बेपत्ता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १२, सोमबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५३ पटक पढिएको
  • सुर्खेत । हुम्लामा कटुको (जडीबुटी) संकलन गर्न हिमाली क्षेत्रमा पुगेका सिमकोट गाउँपालिका–२ ठेहेगाउँका १० जना एक सातादेखि सम्पर्कविहीन भएका छन् । उनीहरू असोज ८ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै खोजीका लागि पहल थालिएको छ ।

    उनीहरू भदौ २८ गते कटुको संकलनका लागि घरबाट हिँडेका थिए । सिमकोट–२ का स्थानीयहरू खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–४ को सीमामा पर्ने लुर्पे खोला जंगलमा पुगेका थिए ।

    जडीबुटी संकलनका लागि हिमाली क्षेत्रमा पुगेका उनीहरू तोकिएको समयपछि पनि घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका हुन् ।

    सम्पर्कविहीन हुनेमा धनमान सिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोर सिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा रहेका छन् । उनीहरू सबै सिमकोट गाउँपालिका–२ का स्थानीय हुन् ।

    असोज ८ गतेदेखि सम्पर्कविहीन

    जडीबुटी संकलनका लागि गएको टोलीसँग असोज ८ गतेदेखि परिवार र आफन्तको सम्पर्क हुन सकेको छैन । मोबाइल तथा अन्य माध्यमबाट सम्पर्क गर्ने प्रयास गर्दा पनि उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको स्थानीयले बताएका छन् । लामो समयसम्म सम्पर्कमा नआएपछि स्थानीयस्तरबाट घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको हो ।

    स्थानीय ग्वामसिंह भण्डारीले असोज १२ गते जिल्ला प्रशासन कार्यालय हुम्लामा पुगेर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले बेपत्ता भएका व्यक्तिहरूको खोजतलासका लागि आवश्यक पहल भइरहेको जनाएको छ ।

    दुर्गम हिमाली क्षेत्रमा खोजीको चुनौती

    उनीहरू गएको लुर्पे खोला जंगल जिल्ला सदरमुकाम सिमकोटबाट करिब ६५ किलोमिटर दक्षिणपूर्वमा पर्छ । उक्त क्षेत्र दुर्गम हिमाली भूभागमा पर्ने भएकाले त्यहाँ पुग्न र खोजी कार्य अघि बढाउन सहज छैन ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार उक्त क्षेत्रमा पुग्न मात्रै करिब नौ दिन लाग्ने गरेको छ । लामो दूरी र भौगोलिक कठिनाइका कारण बेपत्ता भएकाहरूको खोजीमा थप चुनौती देखिएको प्रहरीले जनाएको छ ।

    प्रशासनमा जानकारी प्राप्त भएपछि घटनाबारे थप विवरण संकलन गर्ने र बेपत्ता भएका व्यक्तिहरूको अवस्थाबारे खोजी गर्ने काम अघि बढाइएको छ । प्रहरी तथा प्रशासनबीच आवश्यक समन्वय गरी खोजीका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

    कटुको संकलनका लागि गएका १० जनाको अवस्था लामो समयसम्म अज्ञात रहेपछि उनीहरूका परिवार तथा आफन्त चिन्तित बनेका छन् । बेपत्ता भएका व्यक्तिहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मौसम पूर्वानुमान महाशाखाको स्पष्टीकरण: असोज १७ देखि तीन दिन भीषण वर्षा हुने सूचना भ्रामक

    ‘ठूला माछा’ समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना: बाबुराम भट्टराई

    विश्व मुटु दिवस मनाइँदै

    हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ

    हिमालको अथाह सम्भावना छ तर पूर्वाधार र कनेक्टिभिटी कमजोर हुँदा अपेक्षित लाभ लिन सकिएन : फुर गेल्जे शेर्पा

    ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन सुरु

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    आज पनि घट्यो नेप्से, ४ अर्ब ६५ करोडको…

    यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…

    आर्थिक

    आज पनि घट्यो नेप्से, ४ अर्ब ६५ करोडको कारोबार

    कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन

    रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑