• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

      रास्वपा महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क र आवश्यक कागजातको विवरण सार्वजनिक

      हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

      नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद समूह निर्वाचित

      विश्व संगीत दिवस मनाइँदै

      सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

      ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का उत्कृष्ट २० प्रतिस्पर्धी घोषणा

      महिलाको स्वास्थ्य र महिनावारी व्यवस्थापनमा योगाको सकारात्मक भूमिका

      योगलाई केवल शारीरिक अभ्यास नभई जीवनपद्धतिको रूपमा ग्रहण गर्न राष्ट्रपतिको आग्रह

      लागूऔषध सहित सात जना पक्राउ

      गिनिज वल्र्ड रेकड्र्सका ‘आइकन’ बने हरि बुढा मगर 

      रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, मुस्ताङमा जाँचपास प्रक्रिया नियमसम्मत रहेको निष्कर्ष

      अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ

      फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

    होमपेज /  लेख/साहित्य

    दाइजो प्रथाको रुपान्त्रणः आजकल पुरुषले दिन्छन दाइजो !

    प्रशान्त पौड्याल

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० चैत्र २७, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • २०५१ पटक पढिएको
  • काठमाडौँ ।  शिर्षक पढ्दा पक्कै पनि तपाईहरु सबैलाई अनौठो लागेको होला, अझै भनौ अप्रात्यिलो र अविश्वसनीय लाग्यो होला । हुनपनि आजसम्म गाउंठाउं, छरछिमेक कतै पनि पुरुषले महिला परिवारलाई दाइजो दिएको देख्नुभएको छैन होला ।

    नेपाली इतिहासलाई पल्टयाएर हेर्ने हो भने दाइजो प्रथाले एक पटक सर्वोच्च शासन गर्‍यो जसले अनगिन्ती जीवनहरुमा प्रभाव पारेको थियो । दाइजो प्रथाको घट्दोक्रमलाई हेर्ने हो भने त सन् १९६३ मा तत्कालिन राजा महेन्द्रले अन्तय गर्नुभएको कुरा जगजायर नै छ । हाम्रो देशको संबिधानले पनि यो कुरालाई प्रतिबन्ध लगाएको छ ।

    त्यसो त दाइजो प्रथा प्राचिनकाल देखि राजा–महाराजाको पालामा अझै व्यापक थियो भन्ने मेरो बुझाइ हो । सुनिन्छ, प्राचिनकालमा पनि राजकुमारीहरुको बिहेमा महाराजाहरुले हात्ति, घोडा र सुनचाँदिका गहनाहरु दिन्थे रे । ऐतिहासिक समयमा दाइजो प्रथाको प्रणालीले परिवारहरू बीचको गठबन्धनलाई जोड्ने, छोरीकोे भविष्य आर्थिक रुपमा सुरक्षित गर्ने र आफ्नी छोरीको लागि उनको दुलहाको क्षमताको बृदि गर्ने प्रतीकको रूपमा लिइन्थ्यो । पछि यो प्रणाली रुपान्त्रण हुँदै गयो र दुलही पक्षलाई विष साबित भयो ।

    समय असहज रूपमा अगाडि बढ्दै जाँदा, सामाजिक मान्यताहरूको परिदृश्य पनि परिवर्तन हुँदै जान्छन् । महिलाहरु माथिको दमन र दाइजो प्रथा अहिले धेरै न्युन भएको छ । आज, दाइजोको प्रचलन कम भएको भएतापनि यसको सार भने अर्कै रुपमै पाइन्छ । मेरो विचारमा यो प्रथा घटेको छैन, अझै शक्तिशाली रुपमा रुपान्त्रण भएर नयाँ ढङ्कले देखापरेको छ ।

    पहिले दुलहीको परिवारमा आर्थिक बोझ बनेको दाइजो प्रथा अब मौद्रिक आदानप्रदान र लीङ्गको दायरामा मात्र सिमित रहेन । यस समसमायीक प्रस्तुतिमा भूमिकाहरु उल्टो भएको जस्तो देखिन्छन, जहाँ कुनै बेला दुलहीको बिहे धन–सम्पती र मौद्रिक मूल्यका सामाग्रीहरु दिएर हुन्थ्योे भने, अब विवाह दुलहाकोे आर्थिक हैसियत नापेर, जोखेर र तौलेर मात्र हुने गर्दछ । यस तरिकाले दाइजो प्रथाको सार अझै बाँकि छ, यद्यपि अदृष्य रूपमा !

    प्रसंग केही दिन अगाडीको मात्र हो, एउटा चिया पसलको अर्को टेबलमा गहिरो सम्वाद चलिरहेको थियो । एक मध्यम उमेरका व्यक्ति ठट्टा गर्दै भन्दै हुनुहुन्थो, “अब गरिब केटाहरुको बिहे हुन पनि गाह्रो छ । धनि केटिले धनि केटा नै खोज्ने, गरिब केटिले पनि धनि केटा नै खोज्ने !”

    यतिकैमा अर्को एक जनाले थप्नु भयो, “सबै केटिहरुलाई एउटै दर्जामा राख्न त मिल्दैन । माया प्रेममा विश्वास गर्ने केटिहरु पनि छन, धनि केटि खोज्ने केटाहरु पनि छन । अनुपातको कुरा हो, थि कुराहरु युवतिमा बढि देखिन्छन् ।”

    हाँसो र मजाकको रुपमा भइरहेका ति कुराहरु वास्तवमा गम्भिर विषय थिए । त्यहाँ वादविवाद प्रतियोगिता चलिरहेको जस्तो महसुुस हुन्थ्यो । यता हाम्रो टेबलमा भिन्दै कुराहरु चलेका थिए, म अर्को टेबलको अनौपचारिक जज भएर सुनिरहें । पक्कै पनि आर्थिक रुपमा सवल केटासँग बिहे गरेर आफ्नो भविष्य मा आमुल परिर्वतन ल्याउँछु भन्ने सोच आजका प्राय आम युवतिहरुमा देखिन्छ, जहाँ म सबल र सक्षम छु भनेर प्रमाणित गर्नको लागी एक पुरुषले आफ्नो शहरमा भएको घर, पि.आर. र ग्रिनकार्ड जस्ता प्रमाणहरु पेश गर्नुपर्छ भन्दा पनि फरक नपर्ला । यो आजकल नेपाली युवतिहरूको प्राथमिकताको विषय भएको छ, जुन हाम्रै घरपरिवार र छरछिमेकमा पनि देखिन्छन् ।

    यस्तो खालको परिवेशले विवाह जस्तो पवित्र मिलनमा पनि भौतिकवादि दृष्टीकोण हावि भएको छ । यो अदृष्य रूपान्तरण, स्वयं–घोषित नारीवादीहरूको विचार र आदर्शसँग नमिल्न सक्छ, यद्यपि यो प्रचलित वास्तविकतालाई नकार्न भने सकिदैन ।

    समसामयिक नेपाली समाजमा, धेरै युवा–युवतीहरूले आफ्नो जीवनसाथीको छनोटमा वास्तविक अनुकूलता, पारस्परिक समानता र सम्मानभन्दा बढि आर्थिक स्थायित्व र भौतिक सम्पतिलाई प्राथमिकता दिने चिन्ताजनक प्रवृत्ति बढ्दो रुपमा देखा परेको छ । यस्तो खालको घटनाहरु, दाइजो प्रथाको आधुनिक पुनरावृत्तिसँग मिल्दोजुल्दो छन् ।

    यो प्राथमिकता व्यक्तिगत छनोटको कुरा मात्र रहेन, यसले सामाजिक अपेक्षामा नै गहिरो जरा गाडेको छ । नेपालमा जहाँ सामाजिक गतिशीलताको लागी अवसरहरु सीमित छन्, यहाँ विवाह अहिले आरामदायी जीवनशैली सुरक्षित र भविष्य समृद्ध गर्ने मार्गको रूपमा हेरिन्छ भन्दा पनि फरक पर्दैन ।

    बढ्दो सहरीकरण र उपभोक्तावादी संस्कृतिको उदयसँगै, आकांक्षाहरू परिवार र समुदायका परम्परागत मूल्यहरूबाट भिन्न, भौतिक सफलताको खोजमा सरेका छन् । फलस्वरूप, सम्बन्धहरूलाई उपयोगिताको नजरबाट हेर्ने गरिन्छ ।

    जिवनसाथिहरू उनीहरूको चरित्र वा अन्य अत्यावश्यक गुण हेरेर होइन, तिनीहरूको आर्थिक सम्भावनाहरू हेरेर रोजिन्छ । विवाह भावनात्मक अनुकूलताको सट्टा आर्थिक व्यवहार्यताको आधारमा बनाइन्छ, फलस्वरूप, सामाजिक विकृति निम्तिरहेको रहेको छ भने सम्बन्ध बढि टुट्ने गरेको देखिएको छ ।

    हालैको अर्को घटना हो, मेरो एक घनिस्ट मित्रको जिवनमा यस्तै घटना घट्यो, नाम परिवर्तित सीता बाल्यकालदेखि नै प्रेम सम्बन्धमा थिइन, यद्यपि, जब सीताले एक अस्ट्रेलियाबासी अधबैसे युवक भेटिन, उनले आफ्नो प्रेमिलाई पछाडि छोड्ने हृदयविदारक निर्णय गरिन । वर्षौ देखिको प्रेमको बाबजुद, सीताले उनीहरूको सम्बन्धमा आर्थिक रुपमा सुरक्षित भविष्य रोजिन् । दुखतः अन्ततः, उनको विवाह भएको छोटो समयमै अनादरको कारण सम्बन्ध टुट्यो ।

    यस्तो खालको प्रचलनले सामाजिक असमानतालाई बढाउँछ र थप समतामूलक र समावेशी समाज निर्माण गर्ने प्रयासलाई पनि कमजोर बनाउँछ । मैले केहि दिन अगाडि इन्टरनेटमा अध्यन गरेको थिए, केहि तथ्यहरु चिन्ताजनक छन्, जस्तै “डिभोर्स नेपाल”ले सन् २०१८ र सन् २०१९ मा काठमाडौं जिल्ला अदालतमा १०० सम्बन्ध विच्छेदका मुद्दाहरू जाँचेका थिए । यी मुद्दाहरूमध्ये ६४% वैदेशिक रोजगारीका लागि विदेश गएका दम्पतीहरू संलग्न थिए । उनीहरूले सम्बन्ध विच्छेदको लागि किन दायर गरेको भनेर सोध्दा धेरै उत्तरदाताहरूले एकलपन अथवा एकरसतालाई महत्वपूर्ण कारकको रूपमा उद्धृत गरेका थिए । यस अर्थमा हेर्ने हो भने सम्झौतामा चलेका सम्बन्धहरुमा एकरसता आउनु ठुलो कुरा पनि रहेन, जसले सम्बन्ध विच्छेदका घटनाहरु अझै बढाउन सक्ने देखिन्छ ।

    मौद्रिक सुरक्षाप्रतिको यो झुकावले अर्थपूर्ण साझेदारी निर्माणमा लचिलोपन र साझा संघर्षको गुणलाई बेवास्ता गर्दछ । यस्तो मानसिकताले सामाजिक असमानतालाई स्थायी बनाउँछ, विवाहको सारलाई कमजोर बनाउँछ । साथै सामाजिक मूल्यमान्यता नष्ट गर्दछ, जसले समग्र समुदायको कल्याण र एकतामा महत्वपूर्ण चुनौतीहरू खडा गर्दछ । आजको दिनमा विवाहको साँचो अर्थ र पारस्परिक सम्मानमा आधारित सम्बन्ध निर्माणको महत्वको बारेमा सचेतना र शिक्षाको आवश्यकता छ ।

    लेखकको बारेमा

  • प्रशान्त पौड्याललेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    फेरिएकी सुजाता !

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

    गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

    रास्वपा महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क र आवश्यक…

    हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन…

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको…

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    आर्थिक

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑