• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

      कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

      राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

      करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

      रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

      पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

      निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

      १८ दिनपछि कृष्णभिरबाट गाडी चल्न थाले

      असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

      देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

      आजदेखि ग्यास पुरानै मूल्यमा पाइने, बढि लिए कारवाहि हुने

    होमपेज /  अन्य

    नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १, बिहिबार (५४ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • नवलपरासी । पूर्वी नवलपरासीको धौवादी फलामखानी नजिकको क्षेत्रमा करिब ६ महिनादेखि निरन्तर धुवाँ निस्किएपछि भूगर्भविद्हरूले स्थानीयलाई उक्त स्थानको नजिक नजान र आसपासको पानी नपिउन आग्रह गरेका छन्।

    हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडामा लामो समयदेखि जमिनमुनिबाट धुवाँ निस्किरहेको छ। धुवाँ हेर्न जाने मानिसको संख्या बढ्दै गएपछि अनुसन्धानका लागि पुगेका विज्ञहरूले सुरक्षाका दृष्टिले धुवाँ निस्किरहेको क्षेत्रबाट टाढा रहन स्थानीयलाई सचेत गराएका हुन्।

    धुवाँ निस्कनुको कारण पत्ता लगाउन खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेल र धौवादी फलाम कम्पनी लिमिटेडका भूगर्भविद् शशि तामाङसहितको टोलीले बुधबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो।

    टोलीले चट्टान, माटो र पानीका नमुना संकलन गरेको छ। ती नमुना प्रयोगशालामा परीक्षण गरेपछि मात्र धुवाँ निस्कनुको वास्तविक कारण र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमबारे थप निष्कर्षमा पुग्न सकिने भूगर्भविद् लुइँटेलले बताएका छन्।

    भूगर्भविद्का अनुसार धुवाँ निस्किरहेको स्थानमा अत्यधिक तापक्रमसमेत पाइएको छ। उक्त क्षेत्रमा तापक्रम २५० डिग्री सेल्सियसभन्दा बढी रहेको प्रारम्भिक निरीक्षणमा देखिएको छ।

    धुवाँ निस्किरहेको स्थान नजिक पुग्दा अत्यधिक राप महसुस हुने तथा वरपरका रूख, पातपतिङ्गरलगायतका वस्तु जल्न सक्ने अवस्था रहेको भूगर्भविद् लुइँटेलले बताएका छन्। त्यसैले मानिस तथा चौपायालाई उक्त स्थानमा जानबाट रोक्न तारबार गर्न स्थानीय तहलाई आग्रह गरिएको छ।

    भूगर्भविद्हरूले प्रारम्भिक रूपमा कोइलायुक्त चट्टान र एक प्रकारको खनिजबीच हुने रासायनिक प्रतिक्रियाका कारण धुवाँ तथा ताप उत्पन्न भएको हुनसक्ने अनुमान गरेका छन्।

    उक्त क्षेत्रमा कोइलाजस्तै देखिने तर कोइलाभन्दा कमसल प्रकृतिको पदार्थ रहेको र त्यसमा हुने रासायनिक प्रक्रियाका कारण ताप उत्पन्न भएर धुवाँ निस्किएको हुनसक्ने उनीहरूको प्रारम्भिक आकलन छ। यद्यपि, यो अन्तिम निष्कर्ष भने होइन।

    नमुना परीक्षणको रिपोर्ट आएपछि मात्र धुवाँमा कुन प्रकारका ग्यास वा पदार्थ रहेका छन् र त्यसबाट मानव स्वास्थ्य तथा वातावरणमा कस्तो जोखिम हुन सक्छ भन्ने विषयमा स्पष्ट जानकारी प्राप्त हुनेछ।

    भूगर्भविद्हरूले धुवाँ निस्किएको स्थान आसपासको पानीसमेत नपिउन स्थानीयलाई आग्रह गरेका छन्। धुवाँको प्रकृति र त्यसमा रहेका सम्भावित पदार्थबारे प्रयोगशाला परीक्षणबाट स्पष्ट जानकारी नआएसम्म सावधानी अपनाउन सुझाव दिइएको हो।

    धुवाँ निस्किरहेको क्षेत्रमा पछिल्लो समय मानिसहरू हेर्न जाने क्रम बढेकाले पनि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। जोखिमयुक्त क्षेत्रमा सर्वसाधारणको आवतजावत रोक्न तत्काल आवश्यक सुरक्षा प्रबन्ध गर्नुपर्ने उनीहरूको सुझाव छ।

    हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले धुवाँ निस्किरहेको क्षेत्र आसपासका मानव बस्ती कति जोखिममा छन् भन्ने विषयमा तत्काल अध्ययन गर्न संघीय सरकारसँग आग्रह गरेकी छन्।

    धुवाँ निस्किरहेको क्षेत्र जंगलमा रहेको भए पनि आसपास मानव बस्ती रहेकाले सम्भावित जोखिमको मूल्याङ्कन आवश्यक रहेको स्थानीय तहको भनाइ छ।

    स्थानीयका अनुसार पेलेगा डाँडा क्षेत्रमा लामो समयदेखि बेलाबेलामा धुवाँ निस्कने गरेको सुनिँदै आएको थियो। धौवादी फलामखानी रहेको डाँडाबाट करिब तीन किलोमिटर पश्चिममा पर्ने पेलेगा डाँडा अहिले निरन्तर धुवाँ निस्किएपछि चर्चामा आएको हो।

    कावासोतीबाट करिब २५ किलोमिटर उत्तर–पश्चिममा पर्ने उक्त क्षेत्रको धुवाँको स्रोत, त्यसमा रहेका पदार्थ तथा सम्भावित जोखिमबारे वैज्ञानिक अध्ययनपछि मात्रै वास्तविक अवस्था स्पष्ट हुने विज्ञहरूले बताएका छन्।

    हालका लागि भूगर्भविद्हरूले धुवाँ निस्किरहेको स्थानमा नजान, आसपासको पानी नपिउन तथा मानिस र चौपायालाई उक्त क्षेत्रमा प्रवेश गर्न नदिन आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

    १८ दिनपछि कृष्णभिरबाट गाडी चल्न थाले

    असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

    आजदेखि ग्यास पुरानै मूल्यमा पाइने, बढि लिए कारवाहि हुने

    सेयर लाभमा अग्रिम कर घट्यो, बाढीपीडितका लागि अस्थायी आवास बनाउने

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

    नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

    नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

    फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑