सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । काठमाडौं उपत्यकामा आजदेखि खाना पकाउने एलपी ग्यास पुरानै मूल्यमा बिक्रीवितरण हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बिहीबारदेखि ग्यासको मूल्य पुरानै दरमा कायम गर्ने जनाएको हो ।
गत भदौ १४ गते कृष्णभिरमा पहिरो गएर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी गरिएको थियो । वैकल्पिक मार्गबाट ढुवानी गर्दा लाग्ने अतिरिक्त खर्चका कारण ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसाले बढाइएको थियो ।
तर, कृष्णभिरमा नयाँ ट्र्याक खोली राजमार्ग सञ्चालनमा ल्याइएपछि ग्यासको ढुवानी सहज भएको छ । राजमार्ग सञ्चालनमा आएसँगै वैकल्पिक मार्गबाट ढुवानी गर्नुपर्ने अवस्था हटेकाले ग्यासको मूल्य पुरानै दरमा फर्काइएको हो ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बुधबार नै बिहीबारदेखि ग्यास पुरानै मूल्यमा बिक्री हुने बताएका थिए ।
अब काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर **२ हजार ६० रुपैयाँ** कायम हुने भएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा