सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुगु । नेपाली कांग्रेस मुगुको संस्थापन इतर पक्षले पार्टीका महामन्त्री गुरुराज घिमिरेलाई मुगु जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ।
बुधबार पार्टीका कार्यवाहक सभापति कर्ण रावलको अध्यक्षतामा बसेको बैठकले घिमिरेले विधानविपरीत निर्णय गरेको भन्दै आपत्ति जनाएको हो।
१४औँ महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति ऐनबहादुर शाही निरन्तर पार्टी गतिविधिमा सक्रिय रहँदारहँदै उनलाई पन्छाएर हरिजंग शाहीलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएपछि कांग्रेस मुगुको संस्थापन इतर पक्ष असन्तुष्ट बनेको हो।
बैठकपछि जारी गरिएको माइन्युटमा १४औँ अधिवेशनबाट निर्वाचित सभापति ऐनबहादुर शाही पार्टीका क्रियाकलापमा सक्रिय सहभागी भइरहेको अवस्थामा बिना जानकारी विधानविपरीत कार्यवाहक सभापति तोकिएको उल्लेख छ।
माइन्युटमा भनिएको छ, “१४औँ अधिवेशनमा निर्वाचित सभापति ऐनबहादुर शाहीज्यू पार्टीका क्रियाकलापमा सक्रिय सहभागी भइरहेको अवस्थामा बिना जानकारी, विधानविपरीत कथित केन्द्रीय विशेष महाधिवेशनका आधारमा टिके महामन्त्री गुरुराज घिमिरेले कार्यवाहक तोकेको निर्णयप्रति खेद प्रकट गर्दै निज महामन्त्रीलाई मुगु जिल्लामा प्रवेश निषेध गर्ने निर्णय गरियो।”
बैठकले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै महामन्त्री घिमिरेलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
यस्तै, बैठकले आगामी असोज १२ गते मुगु जिल्लाका ४५ वटै वडामा वडा अधिवेशन सम्पन्न गर्ने निर्णयसमेत गरेको छ।
उक्त निर्णयमा महाधिवेशन प्रतिनिधि, भ्रातृ संगठनका पदाधिकारीसहित ३५ भन्दा बढी नेता–कार्यकर्ताले हस्ताक्षर गरेका छन्।
कांग्रेस मुगुमा जिल्ला सभापतिको जिम्मेवारी हेरफेरको विषयलाई लिएर संस्थापन इतर पक्ष र पार्टी नेतृत्वबीच असन्तुष्टि देखिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा