काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको सुरुदेखि निरन्तर ओरालो लागेको बजार अन्तिम दिन भने सुधार देखिएको हो । बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले उकालो लागेको छ... विस्तृतमा