• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

      यूएनमा जलवायु न्यायको मुद्दा शसक्त रुपमा उठाउन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

      झण्डाभन्दा महत्वपूर्ण अर्थमन्त्रीको भारत भ्रमणको उपलब्धि हो : रास्वपा

      गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

      एसियाली महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हरायो

      सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

      रितु सिंहको बिलौना : प्रहरी र सरकारी वकिलको मिलेमतोमा मुद्दा कमजोर बनाइयो

      सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

      सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

      नेपालमा उत्थानशील डिजिटल रूपान्तरण आवश्यक : सञ्चारमन्त्री

      एशियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल विजयी

      मोरङमा पक्राउ परेका विश्लेषक दाहाललाई काठमाडौं पठाइँदै

      गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

      असोज ८ देखि १२ सम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

      ईडीएल भिआरएसमार्फत ड्राइभिङ लाइसेन्स छपाइ सुरु

    होमपेज /  राजनीती

    जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ११, सोमबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९७ पटक पढिएको
  • जनकपुर । मधेश प्रदेश सरकारले फरकफरक आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुका परिवारजनलाई एक समान सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

    मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले ऐन नै बनाएर जेनजी आन्दोलन, जनआन्दोलन र मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवारका सदस्यहरुका निम्ति एक समान सेवा सुविधा उपलब्ध गराउने तयारी गरेको छ । यसका निम्ति ऐनमा समावेश गर्नुपर्ने आवश्यक सम्पूर्ण नियम, उपनियम, कानुनलगायतका कार्यहरु भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

    सोमबार मधेश प्रदेशका आठवटै जिल्लाका जनआन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवारका सदस्यहरुले गृहमन्त्री फकिरा महतोसंग भेटवार्ता तथा छलफल गरेका छन् ।

    उनीहरुले विगतमा प्रदेश सरकारले प्रति परिवार तीन लाख रुपैयाँ उपलब्ध गराउँदै आएकोमा अब आएर रोकिएको र अन्तिम पटक रकम वितरण गर्ने बेलापनि कसैलाई एक लाख त कसैलाई दुईलाख रुपैयाँ दिएको गुनासो गरेका छन् । उनीहरुले रकम वितरणमा एकरुपता नहुनु दुर्भाग्यपूर्ण रहेको भन्दै गुनासो गरेका छन् ।

    यता, छलफलपछि गृहमन्त्री फकिरा महतोले सम्पूर्ण सहिद(जेनजी आन्दोलन, जनआन्दोलन, मधेश आन्दोलन) परिवारका सदस्यहरुलाई प्रदेश सरकारले रकम बाँडनु भन्दा जीविकोपार्जनका निम्त रोजगारी प्रदान गर्ने वातावरण निर्माण गर्न लागेको बताए ।

    उनले अब केही दिनपछि बस्ने प्रदेश सभाको बैठकमा मन्त्रालयले सहिद परिवारको पुनःस्थापनका निम्ति तयार गरेको विधेयक प्रस्तुत गर्ने जानकारी दिए ।

    उनले विधेयकमा मुख्यतः सहिद परिवारका सदस्यहरुको परिचय पत्र बनाउने, सहिद परिवारका सदस्यहरुमध्ये प्रत्येक परिवारका एकजना सदस्यलाई रोजगारी दिने, शिपमूलक तालिम दिने, उद्योग स्थापना गरी सो उद्योगमा सहिद परिवारका सदस्यहरुमात्र काम गर्न दिइनेलगायतका सुविधाहरु उल्लेख गरिएको जानकारी दिए।

    हाल मधेश प्रदेश सरकार अन्तर्गत रहेको मधेश सहिद प्रतिष्ठानले सहिद परिवारका सदस्यहरुका निम्ति काम गर्दै आएको छ ।

    तर पटक पटक सरकार फेरबदल भइरहेकाले प्रतिष्ठानको काम कारवाही पनि प्रभावित भएको प्रतिष्ठानका सदस्य अवदेश पटेल बताउँछन् । उनले राजनीतिक खिचातानीको प्रत्यक्ष असर सहिदपरिवारमाथि परिरहेको सुनाए ।

    उनले अस्थिर मधेश प्रदेश सरकारका कारण प्रतिष्ठानका सदस्य एवम कर्मचारीहरुले समयमा तलब पाउन नसकेको गुनासो गरेका छन् ।

    जेनजी आन्दोलनका सहिद र घाइतेहरुको व्यवस्थापन केन्द्र सरकारले गरिसकेकाले मधेश प्रदेश सरकारले उनीहरुलाई प्रदेश मातहत एक समान सुविधा दिनु उचित नरहेको धारणा राखे ।

    यता, जनआन्दोलनका सहिद परिवारका सदस्य एवम सहिद परिवार रौतहट जिल्लाका अध्यक्ष कविराज पोखरेलले गृहमन्त्री महतोले दिएको आश्वासनको भर नरहेको सुनाए । उनले गृहमन्त्री महतोले विधेयक ल्याएर सम्पूर्ण सहिदहरुलाई रोजगार दिने भनेकोमा आफूहरु विश्वस्त नरहेको बताए ।

    उनले विधेयक ल्याउनु, कानुन निर्माण गर्नु, उद्याग खोल्नु र रोजगारी पाउनु, यी सबै कुरा गर्न सरकारलाई कम्तिमा एक वर्ष लाग्ने भन्दै आफूहरुलाई सरकारले भरन पोषणका निम्ति आर्थिक सहयोग गरेकै बेस हुने बताए ।

    प्रदेश सरकार बनेको आठ वर्ष बितिसक्दा पनि अहिले सम्म सरकारले सहिद परिवारका निम्ति कुनै ठास कदम उठाउन सकेको छैन । मधेश आन्दोलनका सहिद परिवारका केही सदस्यहरुलाई रोजगारी दिएपनि समयमा तलब नदिने, करार नविकरण नगर्ने, अभद्र व्यवहार गर्ने गरेको सहिद परिवारका सदस्यहरुको गुनासो छ । उनीहरुले संघियता अहिले पनि महसुस गर्न नसकेको बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

    गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

    देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

    धिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

    सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    यूएनमा जलवायु न्यायको मुद्दा शसक्त रुपमा उठाउन प्रधानमन्त्रीलाई…

    झण्डाभन्दा महत्वपूर्ण अर्थमन्त्रीको भारत भ्रमणको उपलब्धि हो :…

    गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑