• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ : कानुनमन्त्री गौतम

      सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत वली पक्राउ

      एलपी ग्यासको मूल्य घट्यो

      ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?

      एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

      कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

      राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

      करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

      रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

      पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

      निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

    होमपेज /  मुख्य समाचार

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ : कानुनमन्त्री गौतम

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १, बिहिबार (५६ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १८ पटक पढिएको
  • काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि समुन्द्रको स्वास्थ्यसँग देशको हिमाल, जलवायु र समग्र भविष्य प्रत्यक्ष रूपमा जोडिएको बताएकी छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी सम्झौता’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गौतमले यस्तो बताएकी हुन् ।

    पारिस्थितिक प्रणाली कुनै भौगोलिक सीमाभित्र सीमित नरहने उल्लेख गर्दै मन्त्री गौतमले भनिन्, ‘हाम्रो देशमा समुन्द्र छैन, तर समुन्द्रसम्म पुग्ने नदीहरू हाम्रै हिमालका फेदबाट बगेका हुन्। हाम्रा हिमालबाट सुरु भएको पानीको यात्रा समुन्द्रमै गएर टुङ्गिन्छ। समुन्द्र हाम्रो सीमाभित्र नभए पनि त्यसको स्वास्थ्यसँग हाम्रो हिमाल र समग्र वातावरणको भविष्य जोडिएको छ। पृथ्वीको कुनै पनि पारिस्थितिक प्रणाली भूगोलको सीमाभित्र मात्रै बाँधिँदैन भन्ने कुरा रसुवाको बाढीले पनि देखाइसकेको छ। न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएर पनि हामीले विपत्तिको सामना गर्नु परिरहेको छ ।’

    मन्त्री गौतमले समुन्द्र जोगाउने विश्वव्यापी प्रयासमा नेपालको सहभागिता साझा भविष्यप्रतिको जिम्मेवारी भएको स्पष्ट पार्दै नेपालले बीबिएनजे सम्झौतामा हस्ताक्षर गर्न लागेको जानकारी दिइन् । हिमाल संरक्षण विश्वकै चासोको विषय भएजस्तै समुन्द्रको संरक्षण र संवर्धन गर्नु नेपालको पनि उत्तिकै चासोको विषय हुनुपर्ने उनको भनाइ थियो ।

    जलवायु परिवर्तनको चक्रबारे प्रस्ट्याउँदै उनले भनिन्, ‘समुन्द्रले नेपालको जलवायु र मनसुनलाई प्रभावित पार्छ । समुन्द्रको तापक्रममा हुने फेरबदलले वर्षाको मात्रा र स्वरूप बदलिँदा नेपालमा अतिवृष्टि, बाढी, पहिरो र खडेरी निम्तिने गरेको छ। हिमालबाट बगेको पानीसँगै नेपालमा उत्पन्न प्लास्टिक र रसायनसमेत नदीमार्फत समुन्द्र पुग्छ। अर्कोतर्फ विश्वव्यापी तापक्रम वृद्धिले समुन्द्र तातिरहेको छ भने यता हाम्रा हिमनदी पग्लिने र हिमतालको जोखिम बढ्ने समस्या सिर्जना भएको छ ।’

    बीबिएनजे महासन्धिले सामुद्रिक आनुवंशिक स्रोतहरू (एमजिआर), डिजिटल अनुक्रम जानकारी (डिएसआइ), क्षेत्र–आधारित व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रविधि हस्तान्तरणसम्बन्धी महत्त्वपूर्ण व्यवस्था गरेको उल्लेख गर्दै मन्त्री गौतमले यसबाट नेपालले बहुपक्षीय फाइदा लिन सक्ने बताइन् । उनका अनुसार सम्झौताको पक्ष राष्ट्र बनेपछि नेपालले सामुद्रिक वैज्ञानिक अनुसन्धान, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि तथा स्रोतहरूको समतामूलक लाभ बाँडफाँटमा प्रत्यक्ष सहभागिताको अधिकार पाउनेछ । साथै यसले नेपालको ‘माउन्टेन डिप्लोमेसी’ (पर्वतीय कूटनीति) लाई अन्तर्राष्ट्रिय मञ्चमा थप मजबुत बनाउन नेटवर्किङको अवसरसमेत प्रदान गर्नेछ ।

    सम्झौता कार्यान्वयनका क्रममा नेपाललाई घाटा नभई दूरगामी फाइदा पुग्ने बताउँदै मन्त्री गौतमले थपिन्, ‘कन्फरेन्स अफ पार्टिजद्वारा स्थापित कोष तथा ग्लोबल इन्भाइरोन्मेन्ट ट्रस्ट फन्डमार्फत नेपालले सहभागिता र कार्यान्वयनका लागि आर्थिक सहयोग प्राप्त गर्ने अधिकार राख्छ । सम्झौता अनुमोदनपश्चात् विश्वव्यापी वातावरण जोगाउन आफ्नो स्रोत–साधनअनुसार योगदान गर्नु हाम्रो दायित्व हो, यसलाई घाटा नभनेर भविष्य सुरक्षित गर्न गरिएको योगदानका रूपमा बुझ्नुपर्छ ।’

    मन्त्री गौतमले हालसम्म नेपालमा पानीजहाज दर्ता ऐन २०२७ बाहेक समुन्द्रसम्बन्धी अन्य कानुनी प्रबन्ध नरहेकाले यो सम्झौताको अनुमोदनपछि जैविक विविधता संरक्षण, आनुवंशिक स्रोतको उपयोग तथा प्रविधि हस्तान्तरणसँग सम्बन्धित नयाँ राष्ट्रिय कानुन निर्माण र संशोधनको प्रक्रिया अघि बढाइने जानकारीसमेत दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको माग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत…

    एलपी ग्यासको मूल्य घट्यो

    ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ…

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑