सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वमा भइरहेको पार्टीको महाधिवेशन प्रक्रियामा आफू सहभागी नहुने घोषणा गरेका छन्।
खड्काले आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापा नेतृत्वको महाधिवेशनको कुनै पनि प्रक्रियामा आफ्नो सहभागिता नरहने स्पष्ट पारेका हुन्।
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै खड्काले उक्त मुद्दा टुंगो नलागेसम्म आफू महाधिवेशन प्रक्रियामा सहभागी नहुने बताएका छन्।
उनका अनुसार विशेष महाधिवेशन र त्यसबाट निर्वाचित कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइएको छ। अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि उक्त विषय अहिले विचाराधीन अवस्थामा रहेको उनको भनाइ छ।
खड्काले यही विवादका कारण प्रतिनिधिसभा निर्वाचनमा समेत आफू उम्मेदवार नबनेको बताएका छन्। पार्टीभित्रको विवाद समाधानका लागि संवाद र सहमतिको आवश्यकता रहेकोमा उनले जोड दिएका छन्।
कांग्रेसभित्र नेतृत्व र महाधिवेशनको वैधानिकतालाई लिएर विवाद बढिरहेका बेला खड्काको पछिल्लो घोषणालाई पार्टीको आन्तरिक समीकरणमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा