• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

      यूएनमा जलवायु न्यायको मुद्दा शसक्त रुपमा उठाउन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

      झण्डाभन्दा महत्वपूर्ण अर्थमन्त्रीको भारत भ्रमणको उपलब्धि हो : रास्वपा

      गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

      एसियाली महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हरायो

      सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

      रितु सिंहको बिलौना : प्रहरी र सरकारी वकिलको मिलेमतोमा मुद्दा कमजोर बनाइयो

      सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

      सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

      नेपालमा उत्थानशील डिजिटल रूपान्तरण आवश्यक : सञ्चारमन्त्री

      एशियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल विजयी

      मोरङमा पक्राउ परेका विश्लेषक दाहाललाई काठमाडौं पठाइँदै

      गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

      असोज ८ देखि १२ सम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

      ईडीएल भिआरएसमार्फत ड्राइभिङ लाइसेन्स छपाइ सुरु

    होमपेज /  राजनीती

    जोखिमयुक्त बस्तीलाई विकल्पबिनै उठाउन मिल्दैन् : इन्दिरा राना मगर

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ८, शुक्रबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८९ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले सुकुम्बासी समस्या, आदिवासी समुदायको प्रतिनिधित्व, समावेशी राजनीति तथा स्थानीय तहको कार्यशैलीबारे पार्टीभित्र गम्भीर छलफल भएको बताएकी छन् ।

    उनले वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई उचित विकल्पबिनै विस्थापित गर्न नहुने स्पष्ट धारणा राख्दै सरकार र स्थानीय तहले मानवीय दृष्टिकोणबाट समस्या समाधान गर्नुपर्ने बताइन्।

    शुक्रबार पार्टी सभापति रवि लामिछानेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले पार्टीभित्र प्रदेशगत रूपमा समस्या पहिचान गर्ने र सम्बन्धित क्षेत्रका सांसदले आफ्ना मुद्दा प्रत्यक्ष रूपमा नेतृत्वसमक्ष राख्ने अभ्यास सुरु भएको जानकारी दिइन्।

    उनले भनिन्, ‘अब हामीले भेट्न पाउँदैनौँ, सभापतिज्यू धेरै बिजी हुनुहुन्छ। अहिले प्रदेशस्तर रूपमा आफ्ना–आफ्ना क्षेत्रका समस्या राख्ने काम भएको छ । समस्या कहाँ छ, जनताले के भोगिरहेका छन् भन्ने विषयमा छलफल गर्ने वातावरण बनेको छ । यो राम्रो सुरुवात हो ।’

    इन्दिराले विशेषगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासको विषयमा पार्टीको स्पष्ट धारणा आवश्यक रहेको बताइन् । स्थानीय सरकारले कतिपय ठाउँमा लालपुर्जा पाइसकेका बासिन्दालाई समेत उठ्न नोटिस दिइरहेको भन्दै उनले त्यसप्रति चिन्ता व्यक्त गरिन्। ‘मानिसहरूले वर्षौँदेखि कर तिरिरहेका छन्, घर बनाएका छन्, जीवन बिताइरहेका छन्, त्यस्ता नागरिकलाई एक्कासि उठ्नू भन्न मिल्दैन,’ उनले भनिन् ।

    उनका अनुसार कतिपय नागरिकले अझै लालपुर्जा नपाएको अवस्था छ भने कतिपयले जग्गाको मूल्यभन्दा बढी कर तिर्नुपरेको समस्या भोगिरहेका छन्।

    ‘यसमा पार्टीको स्पष्ट धारणा आउनुपर्छ । स्थानीय सरकारले जे पायो त्यही गरिरहेको जस्तो देखिन्छ। त्यो विषयमा नेतृत्वसँग स्पष्टता खोजेको हुँ,’ उनले बताइन् ।

    उनले नदी संरक्षण र सार्वजनिक जग्गा संरक्षणको विषयलाई कानुनले नै व्यवस्था गरेको स्वीकार गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास उपयुक्त नभएको उल्लेख गरिन्। तर दशकौँदेखि सुरक्षित रूपमा बसोबास गरिरहेका नागरिकलाई विकल्पबिनै हटाउन नहुने उनको भनाइ थियो।
    ‘यदि खोलाको किनारमा जोखिम छ भने सरकारले रिप्लेसमेन्ट दिनुपर्यो। तर ३५–५० वर्षदेखि बसिरहेको मान्छेलाई एक्कासि हटाउनु समाधान होइन,’ उनले भनिन्।

    इन्दिराले झापालगायत विभिन्न जिल्लामा स्थानीय सरकारले अव्यवस्थित बसोबासका नाममा नोटिस जारी गरिरहेको विषय उठाएको पनि बताइन् ।

    ‘जहाँ पानीको जोखिम छैन, सरकारी परियोजनामा असर पर्दैन, त्यहाँ पुरानै बसोबासलाई व्यवस्थित गर्न सकिन्छ । सबैलाई एउटै दृष्टिले हेर्न मिल्दैन,’ उनले भनिन् ।

    उनले आफू आदिवासी समुदायको प्रतिनिधित्व गर्ने सांसद भएकाले प्रदेश तहमा आदिवासी समुदायलाई समेट्ने विषयमा पनि पार्टी नेतृत्वसँग छलफल गरेको जानकारी दिइन् ।

    ‘मेरो क्षेत्रबाट आदिवासी समुदायका प्रतिनिधि कम छन्। त्यसैले प्रदेश अधिवेशनमा आदिवासी समुदायलाई पनि नोमिनेट गर्नुपर्छ भन्ने सुझाव दिएको हुँ,’ उनले भनिन् ।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समावेशी प्रतिनिधित्वलाई महत्व दिने भएकाले पार्टी संरचनाभित्र विविध समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखिन् । ‘हामीले समावेशीको कुरा गर्छौँ भने व्यवहारमै पनि त्यो देखिनुपर्छ,’ उनले बताइन्।

    सांसद राना मगरले पार्टीभित्र नेतृत्व र सांसदबीच नियमित छलफल हुन थालेको भन्दै यसले काम गर्न सहज हुने विश्वास व्यक्त गरिन् ।

    उनले सांसद विकास कोषजस्तो पूरानो अभ्यास दोहोरिने अवस्था नरहेको स्पष्ट पार्दै अहिले जनताले प्रत्यक्ष अनुभूति गर्ने किसिमको काम कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकार र पार्टीले नयाँ ढङ्गले सोचिरहेको बताइन् ।

    आफ्नो व्यक्तिगत संघर्षको प्रसंग जोड्दै उनले भूमिहीन र सीमान्तकृत समुदायको पीडा आफूले नजिकबाट बुझेको

    बताइन्। उनले सामाजिक विभेदका कारण आफूले भोगेका कठिनाइबारे पनि खुलाइन् ।

    उनले भूमिहीन नागरिकलाई केवल कानुनी प्रक्रियाको आधारमा हेर्न नहुने बताउँदै उनीहरूको जीवनभरको संघर्ष र लगानीलाई पनि राज्यले मूल्याङ्कन गर्नुपर्ने धारणा राखिन् ।

    ‘मानिसले जिन्दगीभर कमाएर बनाएको घर एकदिनमा भत्काउन मिल्दैन। त्यो मानवीय हुँदैन,’ उनले भनिन् ।

    उनले समुदायिक वन, नदी क्षेत्र तथा सार्वजनिक संरचनाको संरक्षण आवश्यक भए पनि दशकौँदेखि बसोबास गर्दै आएका नागरिकका लागि व्यावहारिक र मानवीय समाधान खोजिनुपर्नेमा जोड दिइन् ।

    ‘सरकारले जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा सार्न सक्छ, तर विकल्पबिनै उठाउन मिल्दैन,’ उनले भनिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

    गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

    देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

    धिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

    सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    यूएनमा जलवायु न्यायको मुद्दा शसक्त रुपमा उठाउन प्रधानमन्त्रीलाई…

    झण्डाभन्दा महत्वपूर्ण अर्थमन्त्रीको भारत भ्रमणको उपलब्धि हो :…

    गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑