सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले प्रतिनिधिसभा निर्वाचनका कारण देशभर सार्वजनिक सवारीसाधन चलायमान भएको बताएका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले विगतको तुलनामा सुरुमा केही कम देखिए पनि पछिल्लो अवस्थामा सवारी सञ्चालन ह्वात्तै बढेको छ । ‘निर्वाचनका कारण महाकालीदेखि मेचीसम्म सवारीसाधन परिचालन भएका छन् । यसले यातायात क्षेत्र मात्र होइन, समग्र आर्थिक गतिविधिलाई चलायमान बनाएको छ,’ उनले भने ।
सिटौलाले निर्वाचनका बेला होटल, रेस्टुरेन्ट, पसल तथा अन्य सेवा क्षेत्रसमेत सक्रिय हुने भएकाले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे । ‘सार्वजनिक यातायात मुलुकको आर्थिक रक्तसञ्चार जस्तै हो । यो चलायमान भयो भने बजार र आर्थिक गतिविधि पनि चलायमान हुन्छ ।’ उनले भने ।
महासंघका पदाधिकारी तथा यातायात व्यवसायीहरू पनि यसपटक निर्वाचनमा सक्रिय रूपमा सहभागी भएको उनले जानकारी दिए । उनका अनुसार विभिन्न जिल्लाबाट महासंघ तथा सम्बद्ध संस्थाका अध्यक्ष, उपाध्यक्ष र प्रदेश संयोजकसहित ५–७ जना प्रतिनिधिसभा तथा समानुपातिकतर्फ उम्मेदवार बनेका छन् ।
सिटौलाले सार्वजनिक यातायात क्षेत्र लामो समयदेखि नीति निर्माणको तहमा ओझेलमा परेको गुनासो गरे। ‘सरकार र मन्त्रालयले प्राथमिकतामा नराख्दा सार्वजनिक यातायातले धेरै समस्या भोग्नुपरेको छ । अब सडकमा मात्र होइन, सदनमै पुगेर नीति निर्माण तहमा आवाज उठाउन आवश्यक छ,’ उनले भने ।
उनले सार्वजनिक यातायात क्षेत्रको सुधार, व्यवस्थापन र आधुनिकीकरणका लागि नीति निर्माण तहमा प्रत्यक्ष सहभागिता अपरिहार्य भएको बताए । निर्वाचनमार्फत यातायात क्षेत्रका प्रतिनिधिहरू सदनमा पुगेमा यस क्षेत्रमा दीर्घकालीन सुधार हुने अपेक्षा महासंघले गरेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा