सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले काठमाडौंका दुई स्थानमा सवारी साधनमा आगजनी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
कार्यालयका एसपी रामेश्वर कार्की का अनुसार पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–६ बस्दै आएका २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ का ५५ वर्षीय कृष्ण मिजार रहेका छन्।
उनीहरूलाई चन्द्रागिरि नगरपालिका–६ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान नैकापस्थित पुल नजिकै बा ७ च १४०१ नम्बरको भ्यानमा आगजनी गरिएको थियो। त्यसैगरी सुकेधारामा बिएए २८३६ नम्बरको कारमा पनि आगो लगाइएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा