सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को आधिकारिक फेसबुक पेज ह्याक गर्ने प्रयास भएको छ।
उनको सचिवालयका अनुसार मंगलबार बिहानदेखि पेजमा पटक–पटक अनधिकृत पहुँच बनाउने प्रयास भएको हो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै फेसबुकले उक्त पेज अस्थायी रूपमा लक गरिदिएको जनाएको छ।
सचिवालयले जारी गरेको सूचनामा पेज पूर्ण रूपमा सुरक्षित भई पुनः नियन्त्रणमा नआएसम्म कुनै पनि नयाँ सामग्री पोस्ट नहुने स्पष्ट पारिएको छ। फेसबुकको सुरक्षा प्रक्रिया पूरा गरी पेजलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको उल्लेख गरिएको छ।
साथै सर्वसाधारण, समर्थक तथा शुभेच्छुकहरूलाई उक्त पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्क सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न अनुरोध गरिएको छ।
सचिवालयले पेजको सुरक्षा सुनिश्चित गर्न आवश्यक प्राविधिक प्रक्रिया अघि बढाइएको र अवस्था सामान्य भएपछि आधिकारिक जानकारी सार्वजनिक गरिने जनाएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा