• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई निमित्त जिम्मेवारी

      ‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन ठोरी प्रवेशमा रोक, पर्यटन ब्यवसाय ठप्प

      बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहारः आरेन राई

      बलिउड अभिनेता आमिर खानले गौरी स्प्राटसँग गरे तेस्रो विवाह

      सशस्त्र प्रहरीको एपीएफ स्कुलकी लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङ साढे ४ करोड हिनामिना आरोपमा पक्राउ

      सरकारले जनताको जीवनभन्दा सामाजिक सञ्जालको लाइकलाई बढी प्राथमिकता दियो : गगन थापा

      सरकारको सय दिन : स्वाधीनतामा असंवेदशील, जनताप्रति अनुदार – प्रलोपा

      पिपुल फस्र्ट पार्टीको प्रतिक्रिया : जेनजीको म्यान्डेट अनुसार सरकारको सय दिन ‘पूर्ण असफल’

      विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ

      कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल

      गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंक: हालसम्म २५ जनाको ज्यान गयो, स्थानीय त्रासमा

      बालेनलाई रक्षा बमको प्रश्न: हरियो रङमाथि नीलो रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो ?

      देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

      हर्मुज जलमार्ग सुरक्षाका लागि फ्रान्स र बेलायतद्वारा सैन्य सामग्री तैनाथ

      सय दिनमा बालेन सरकार : सुधारको वाचा, संस्थासँग टकराव र प्रश्नको चाङ

    होमपेज /  समाचार

    ‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन ठोरी प्रवेशमा रोक, पर्यटन ब्यवसाय ठप्प

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २१, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३३ पटक पढिएको
  • पर्सा। पर्साको ठोरीमा भारतीय नम्बर प्लेटका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ। नेपाली सुरक्षाकर्मीको आग्रहमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत तर्फबाट आएका चार पाङ्ग्रे सवारीसाधनलाई भारततर्फनै फर्काइदिएको छ।

    ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित हुँदै गरेको नयाँ गन्तव्य हो। यहाँ दर्जनौं होटल तथा रिसोर्टहरु भारतीय पर्यटकलाई लक्षित गर्दै संचालनमा ल्याइएको छ भने सयौं ब्यक्तिले स्थानीय स्तरमा नै रोजगारी पाएका छन्।

    तर, अचानक भन्सार प्रक्रिया पूरा नगरिएको भन्दै भारतीय पर्यटकका सवारीसाधनलाई प्रवेशमा रोक लगाइएपछि ठोरीका होटल ब्यवसाय ठप्प छन् भने यहाँका पर्यटकीय गन्तव्य सुनसान छन्। जसका कारण पर्यटन, व्यापार तथा स्थानीय जनजीवनमा गम्भीर असर परेको छ।

    ठोरीमा अहिले दैनिक दुई सय भन्दा बढी निजी भारतीय सवारीसाधन मार्फत पर्यटकहरु आउने गरेका छन् भने पछिल्लो समय यहाँको पर्यटन ब्यवसाय चलायमान हुँदै गइरहेको छ। तर गत शुक्रबारबाट भारतीय सवारीसाधन आवागमनमा अवरोध हुँदा यहाँको पर्यटकीय गतिविधि ठप्प बनेको छ।

    भन्सार नगरी आएका सवारीसाधन प्रवेशमा रोक लगाइएको सम्बन्धि सूचना भारततर्फ भिखना ठोरीको एसएसबी क्याम्पमा टाँसिएको छ।

    ठोरीमा रहेको सशस्त्र प्रहरीको सिमा सुरक्षा बलका एक प्रहरी अधिकारीका अनुसार ‘माथिको आदेश’ मा भारतीय सवारीसाधनलाई ठोरी प्रवेशमा रोक लगाइएको हो।

     

    ‘माथिको आदेश हो, हामीले आदेश पालना गर्ने हो,’ ती सशस्त्र प्रहरीका अधिकारीले भने।

    भारतीय सवारीसाधन प्रवेशमा रोक लगाइएको ‘आदेश’ बारे पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग जानकारी माग्दा उनले बिना भन्सार विदेशी सवारीसाधन नेपाल प्रवेश गर्न नपाइने भएकाले कानुनमा उल्लेख भएको विषय कार्यान्वयन गरिएको बताए।

    ‘कानुनको पालना गराउन भनिएको हो, कानुन नै आदेश हो, नियम अनुसार भन्सार काटेर कानुन मानेर आउन पाइन्छ, कानुन विपरीत गर्न मिल्दैन, कानुनको सबैले पालना गर्नु पर्छ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने।

    उनले सरकारले पछिल्लो समय अनलाइन मार्फत भन्सार प्रवेश शुल्क तिर्न मिल्ने ब्यवस्था मिलाएको भन्दै भन्सार भएर आउने सवारीसाधन नरोकिने पनि जानकारी दिए।

    ‘अहिले अनलाइन दस्तुर बुझाएर आउने ब्यवस्था छ, अनलाइन दस्तुर बुझाएर, बैंकमा रकम बुझाएर आउन पाइन्छ, कानुन अनुसार हुँदा रोकिंदैन,’ प्रमुख जिल्ला अधिकारी दाहालले अगाडि भने।

    स्थानीय होटल तथा पर्यटन ब्यवसायी छतेन्द्र आचार्यले सदियौंदेखि ठोरी नाका हुँदै आवतजावत हुँदै आएकोमा ठोरीमा भारतीय पर्यटकका सवारीसाधन आवागमनमा अवरोध हुँदा पर्यटन क्षेत्र धराशायी बन्ने अवस्था सिर्जना भएको बताए।

    ‘ठोरीमा छोटी भन्सार छ, कर्मचारी छैनन्, कर्मचारी राख्ने र नाकालाई ब्यवस्थित बनाउने काम सरकारको हो, भन्सारमा कर्मचारी सरकारले राख्ने होला नि ? नेपाल आउने पर्यटकलाई रोक्दा के सन्देश जान्छ ?’ उनले भने।

    ठोरीमा नेपाल सरकारको अमृत छोटी भन्सार कार्यालयको भवन निर्माण सम्पन्न भएर अलपत्र अवस्थामा छ। सरकारले कर्मचारी ब्यवस्थापन गरेर सेवा संचालन गर्न नसक्दा गत वर्षदेखि भवन उपयोगहीन बनिरहेको छ। गत वर्षदेखि भन्सार कार्यालय बन्द भएपछि भारतीय सवारीसाधनको वैधानिक प्रवेशको व्यवस्था नै ठप्प छ।

    ठोरीका अर्का होटल तथा पर्यटन ब्यवसायी धिरसिंह घिमिरेले उदाउँदै गरेको पर्यटकीय गन्तब्यलाई सरकारले संरक्षण गर्दै थप सुविधा दिनु पर्नेमा झन अवरोध सिर्जना गर्नु अन्याय भएको बताए।

    ‘अहिले दैनिक आउने दुई सय भन्दा बढी सवारीसाधन भारतर्फ नै रोकिएका छन्, उदाउँदै गरेको पर्यटकीय गन्तब्यलाई सरकारले संरक्षण गर्दै थप सुविधा दिनु पर्नेमा झन अवरोध सिर्जना गरिनु पर्यटकीय दृष्टिकोणले अन्याय हो,’ घिमिरेले भने।

    वर्षौंदेखि ठोरी नाका भारतीय पर्यटकका लागि सहज प्रवेशद्वारका रूपमा परिचित रहँदै आएको छ। भारतीय पर्यटक यही नाकाहुँदै नेपाल प्रवेश गरी ठोरीको प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, वन्यजन्तु, ग्रामीण पर्यटन तथा विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गर्दै स्थानीय होटल, रेष्टुरेन्ट, पसल तथा यातायात व्यवसायलाई चलायमान बनाउँदै आएका छन्।

    पर्यटन समिति ठोरीका अध्यक्ष सुदिप थापाले सरकारले भारतीय सवारीसाधनलाई नाकामा अवरोध गर्नुको साटो आफ्नो संरचना बलियो बनाएर ब्यवस्थित आवागमन सुनिश्चित गर्नु पर्ने बताए।

    ‘ठोरीमै छोटी भन्सार कार्यालय छ, भएको संरचनामा सेवा सञ्चालन गर्ने दायित्व सरकारको हो, आफ्नो संरचना बलियो बनाएर ब्यवस्थित आवागमन सुनिश्चित गर्नु पर्नेमा त्यस्तो नहुनु दुस्खद हो, कुनै पनि बाहनामा पर्यटक माथि अवरोध हुनुहुँदैन,’ थापाले भने।

    भन्सार कार्यालय बन्द भएपछि स्थानीय सरकार, राजनीतिक दल, उद्योगी–व्यवसायी, पर्यटनकर्मी तथा नागरिक समाजले पटक–पटक भन्सार पुनस् सञ्चालनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि कुनै ठोस पहल हुननसकेको स्थानीय बताउँछन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंक: हालसम्म २५ जनाको ज्यान गयो, स्थानीय त्रासमा

    जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

    चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

    धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

    बर्डफ्लू संक्रमणविरुद्ध उच्च सतर्कता : डराउनुपर्दैन तर जैविक सुरक्षामा ध्यान दिन आग्रह 

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई…

    ‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन ठोरी प्रवेशमा रोक,…

    बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र…

    बलिउड अभिनेता आमिर खानले गौरी स्प्राटसँग गरे तेस्रो…

    आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई…

    बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र…

    सशस्त्र प्रहरीको एपीएफ स्कुलकी लेखा प्रमुख इन्स्पेक्टर कल्पना…

    कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि…

    आर्थिक

    माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑