सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि खारेज गरिएको हो।
आयोगले आवश्यक कागजात र प्रमाणको आधारमा उम्मेदवारी बदर गर्ने निर्णय गरेको जनाएको छ।
धनुषा–१ मा अब प्रतिस्पर्धामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट मातृका प्रसाद यादव रहेका छन्।
उक्त क्षेत्रमा बिहीबार निर्वाचन हुँदैछ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा