सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन्। चुनाव नहुने भन्दै सार्वजनिक रूपमा भविष्यवाणी गरेका अधिकारीलाई काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अधिकारीले ग्रहण लाग्ने समयमा चुनावको मिति तोकिएको दाबी गर्दै निर्वाचन नहुने र भए पनि अनिष्ट हुने अभिव्यक्ति दिएका थिए। निर्वाचन प्रक्रिया बिथोल्ने आशयले गतिविधि गरेको आरोपमा उनलाई मच्छेगाउँस्थित निवासबाट पक्राउ गरिएको जनाइएको छ।
परिवार स्रोतले भने प्रहरीले नियन्त्रणमा लिँदा कुनै पुर्जी वा आधिकारिक कागजात नदेखाएको दाबी गरेको छ। “१० मिनेट कुरा गर्नुपर्यो” भन्दै लगिएको र साँझ अबेरसम्म घर नफर्किएपछि बुझ्दा सम्मानसाथ राखिएको जानकारी दिइएको परिवारको भनाइ छ।
उता केही ज्योतिषी तथा उनका समर्थकहरूले पक्राउको विरोध जनाउँदै अभिव्यक्ति स्वतन्त्रताको विषय उठाएका छन्।
यस विषयमा प्रहरीले विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा