सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई जना स्थानीय बालक घाइते भएको छ ।
बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेको दुई जना स्थानीय बालकको खुट्टाले छोएपछि उक्त बस्तु विस्फोट भएको हो ।
विस्फोटमा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दुबै खुट्टामा सामान्य चोट लागेको छ भने ८ वर्षीय सुशील माझीको शरीरका विभिन्न अंगहरुमा सामान्य चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरीको एक टोली उक्त स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म विस्फोट भएको वस्तुको यकिन हुन नसकेको धनुषा प्रहरीको भनाइ छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा