• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

      अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

      रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना : मृतकको संख्या दुई पुग्यो

      अनसन बसेका घाइते जेनजीले भने : हाम्रा मागहरु सम्बोधन नगरी चुनाव किन ?

      कविता: उदीप्त प्रकाश 

      वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग छ : विश्वप्रकाश शर्मा

      साउदी तेल केन्द्र र बहराइन बन्दरगाहमा आक्रमण, क्षेत्रीय युद्धको जोखिम बढ्यो

      उपेन्द्र यादवको अपिल : ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

      पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंकमा पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिड

      वसन्तपुर दरबार क्षेत्रमा होलीको रौनक, विदेशी पर्यटकहरू पनि रमाए

      इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि

      पत्रकार सम्मेलन गर्दै उपसभापति शर्मा

      अमेरिकी–इजरायली हवाई आक्रमणपछि इरानले भन्यो : यो ‘अमानवीय’ र अनगिन्ती अपराधहरूको इतिहास हो

      सल्यानमा चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र खाद्यान्न भेटियो, प्रहरीद्वारा नियन्त्रण

      काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्यो, बुधबारसम्म नौं लाख बाहिरिने अनुमान

    होमपेज /  अन्य

    अनसन बसेका घाइते जेनजीले भने : हाम्रा मागहरु सम्बोधन नगरी चुनाव किन ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १८, सोमबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । एक दर्जन भन्दा बढी घाइते जेनजीले सुशीला कार्कीको सरकारलाई आफ्ना माग सम्बोधन नगरी निर्वाचन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी यथास्थितिमा हुनगइरहेको चुनावले देशलाई निकास दिन नसक्ने ठोकुवासमेत गरेका छन् ।

    जेनजी अगुवा बुद्धनाथ सिंहले ऐतिहासिक जेनजी आन्दोलनका उपलब्धिहरुलाई सरकारले सडकमै छाडेर चुनावमा हेलिएको भन्दै आपत्ति जनाए । आफूहरुले देशको समग्र समस्या समाधानका लागि ‘नेत्रवाद दर्शन जेन–जी घर यात्रा’को अवधारणा ल्याएको र सबैलाई त्यसैमा गोलबन्द हुन आग्रह समेत गरे ।

    सिंहले हालै घाइते ‘जेनजी सुशासन योद्धा’ हरु आफ्ना मागहरु पूरा गर्न अनसन बसेको बताउँदै भने, ‘अनसनपछि सरकारले हामीसँग नवनिर्वाचित संसदको पहिलो बैठकमा आफूहरुले तयार पारेको पारदर्शी नीति र नियम तथा सदाचारी योजनाहरु प्रस्तुत गर्ने सहमति भएको छ ।’

    अनसन बसेका विजय अधिकारीले देशमा राजनीतिक दलहरुले भ्रष्टाचार, कुशासन, अपारदर्शीता तथा बेथितिजन्य कार्यहरु गर्दै र गराउँदै आउँदाको परिणाम जेनजी पुस्ताले विद्रोह गर्न बाध्य भएको बताए । अधिकारीले जेनजीको बलमा बनेको सरकार नै आफुहरु प्रति अशहिष्णु बन्दै गएकोमा रोश व्यक्त गरे ।

    अर्का घाइते अशोक घोरासैनीले अशान्तमय बन्दै गएको संसारलाई शान्तिमा रुपान्तरण गर्न विश्व जगतका अग्रदूत गौतम बुद्ध जन्मेको नेपालले नेतृत्वदायी भूमिका खेल्नसक्ने दस्तावेज आफूहरुसँग भएको दावी गरे ।

    घाइते जेनजी आर्यन अधिकारीले आसन्न निर्वाचनले पनि देशलाई निकास दिन नसक्ने ठोकुवा गर्दै आउँदा दिनमा पनि पुनः देशमा अर्को विद्रोह हुने सम्भावना प्रवल रहेको आशय व्यक्त गरे ।

    लक्ष्मी देवीले देशको स्थायी शक्ति राजसंस्थालाई विदेशीको योजनामा बहिर्गमन गर्दाको परिणाम नेपाल अस्थिरताको भूमरीमा फस्न पुगेको धारणा राखिन् ।

    घाइते राज कठायतले ‘जेनजी सुशासन योद्धा’हरुले आमरण अनसन गरेपछि सरकारले आफ्ना मागहरु पूरा गर्ने बाचा गरे पनि कार्की सराकारले सोे दिशातिर ध्यान नदिएको भन्दै रोश व्यक्त गरे ।

    अर्का घाईते मनिष चापागाँईले आफूहरुको चाहना विपरीत निर्वाचन गरिए पनि चूनावपश्चात जेनजीका सम्पूर्ण मागलाई सम्बोधन गर्न तयार रहनुपर्ने चेतावनी दिँदै उनले भने,‘हाम्रो बलिदानलाई वेवास्ता गरी पुरानै ढर्रामा गए कडा प्रतिरोधका लागि तयार छौं । हेक्का रहोस् ।’

    सरोज कुमार मण्डलले विदेशीहरुको चलखेलमा जबरजस्त लादिएको देशको अर्थतन्त्रले धान्न नसक्ने खर्चिलो संघीयतालाई खारेज गरी सो खर्च विकास निर्माणमा प्रयोग गर्नुपर्ने माग राखे ।

    भक्ति प्रसाद धितालले जेनजी सुशासन योद्धा परिवारले देशको निकास र विकासका लागि ‘नेत्रवाद दर्शन’लाई अघि सारेको बताउँदै सबै त्यसैमा गोलबन्द हुन अपिल गरे ।

    जनार्दन अधिकारी क्षेत्रीले जेनजीका मागहरुलाई आगामी सरकारले पनि वेवास्ता गरे देश थप संकटतिर धकेलिने दावी गरे ।

    अग्रज घाईते जेनजीहरु फागुन ९ गतेदेखि १३ गतेसम्म माइतिघर मण्डलामा ‘जेनजी सुशासन योद्धा’को ब्यानरमा जेनजी आन्दोलनका मर्म र भावना सम्बोधन तथा ‘जेनजी संविधान’ लागु गर्न ५ दिन अनसन बसेका थिए ।

    सरकारले १३ गते राती अनसन स्थगन गराएर नेपालको संविधान २०७२ लाई आवश्यकता अनुसार संशोधन गरी जेनजीका मागहरु सम्बोधन गर्ने सम्झौता गरेको आयोजकले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    वसन्तपुर दरबार क्षेत्रमा होलीको रौनक, विदेशी पर्यटकहरू पनि रमाए

    प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ :परराष्ट्र मन्त्रालय

     अमेरिका-इजरायली आक्रमणमा इरानका रक्षामन्त्री र सेना प्रमुखको मृत्यु

    इरानले छान्यो नयाँ नेतृत्व

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा…

    अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा…

    रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना…

    अनसन बसेका घाइते जेनजीले भने : हाम्रा मागहरु…

    रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना…

    सल्यानमा चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र…

    काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्यो, बुधबारसम्म नौं…

    पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा अमेरिका–इजरायले ईरानमाथि गरेको आक्रमणको कडा…

    आर्थिक

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    ५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑