• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

      ज्ञानेन्द्र शाही उम्भिए जनताको पक्षमा, भने– ट्राफिक लाइट र खाल्टो नबनाउने सरकारलाई पनि जरीवाना गर्नुपर्छ

      फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

      सुनचाँदीको मूल्य बढ्यो

      अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण

      विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो

      पीएल सिंह मेमोरियल टी–२० कपको उपाधि काठमाडौँ महानगरलाई : पोखरामाथि ८ विकेटको शानदार जित

      उज्बेकिस्तानविरुद्ध कंगोको सान्दार जित, कोलम्बिया र पोर्चुगल बराबरी

      मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज 

      जोर्डनविरुद्ध अर्जेन्टिनाको २–० को अग्रता

      राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन

      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

      याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

      भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद

      नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

    होमपेज /  पत्रपत्रिका

    चार महिनामा व्यापार घाटा ४ खर्ब ६१ अर्ब

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० मंसिर ८, शुक्रबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७३ पटक पढिएको
  • काठमाडौँ, ८ मंसिर ।  चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा मुलुकको आयात–निर्यात घटेर व्यापार घाटा पनि घटेको छ । यसैबीच विद्युतीय गाडीको आयात बढेको छ भने पेट्रोलको आयात घटेको छ । यही अवधिमा भारततर्फ बिजुलीको निर्यात बढ्दा व्यापार घाटा पनि घटेको छ ।

    भन्सार विभागका अनुसार पहिलो चौमासिक अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँको निर्यात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्ममा देशको व्यपार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रहेको छ ।

    सो अवधिमा पेट्रोलियम पदार्थको आयात मात्र १० अर्ब रुपैयाँ कम आयात भएको छ । नेपालले पछिल्लो चार महिनामा सवा १ अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ ।

    यसैगरी, पहिलो चार महिनामा ६ अर्ब ७३ करोड २७ लाख ५० हजार बराबरको विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । यही अवधिमा १२ अर्ब रुपैयाँको बिजुली भारत निर्यात भएको छ ।

    भन्सार विभागको तथ्यांकअनुसार गतवर्षको चार महिनाका तुलनामा यस वर्ष ३ दशमलव ७९ प्रतिशतले आयातमा कमी आएको छ ।

    जहाँ कात्तिक महिनासम्म ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँको आयात भएको थियो । गतवर्षको सोही अवधिमा भने ५ खर्ब ३२ अर्ब बढीको आयात भएको थियो । चार महिनामा देशको निर्यात ७ दशमलव ६८ प्रतिशतले घटेको छ । सो अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँको निर्यात भएको छ ।

    गतआर्थिक वर्षको यही अवधिमा नेपालबाट ५४ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

    भन्सार विभागको तथ्यांकले चालू आर्थिक वर्ष २०८०÷८१ पहिलो ४ महिनामा आयात र निर्यात दुवैमा कमी देखिएको हो ।

    यस अवधिमा सरकारले आयातीत वस्तुबाट १ खर्ब ३७ अर्ब ८ करोड ५१ लाख रुपैयाँको राजस्व संकलन गरेको छ ।

    अहिले वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव २ र निर्यातको हिस्सा ८ दशमलव ९८ प्रतिशत रहेको छ ।

    भन्सार विभागका अनुसार पेट्रोलियम पदार्थ आयातमा ९८ अर्ब ८ करोड रुपैयाँ बिदेसिएको छ । गतवर्ष सोही अवधिमा १ खर्ब ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । आइरन तथा स्टिलको आयातमा ४३ अर्ब रुपैयाँ बिदेसिएको छ । चार महिनामा २३ अर्ब ८१ करोड मूल्यका सवारी साधन आयात भएका छन् । तरकारीजन्य वस्तुको आयातमा ११ अर्ब ८७ करोड रुपैयाँ बिदेसिएको भन्सार विभागले जनाएको छ ।

    भन्सार विभागका अनुसार भारतसँग नेपालको सबैभन्दा ठुलो व्यापार छ । भारतसँग ३ खर्ब १४ अर्बको आयात हुँदा ३३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । भारतसँग मात्र व्यापार घाटा २ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ । यसैगरी, चीनबाट १ खर्ब रुपैयाँको आयात हुँदा निर्यात भने मात्र ८३ करोड रुपैयाँको भएको छ ।

    नेपालको वैदेशिक व्यापार भएका कुल एक सय ४४ देशमध्ये १ सय १७ देशसँग व्यापार घाटा रहेको छ ।

    भन्सार विभागको तथ्यांकले २७ मुलुकसँग व्यापार नाफा रहेको देखिएको छ । नेपालको सबैभन्दा धेरै व्यापार नाफा हुने देशमा अमेरिका रहेको छ । अमेरिकासँग १ अर्ब ९७ करोड ८६ लाख ६२ हजार रुपैयाँ नाफा रहेको छ । यसैगरी, डेनमार्क ३० करोड ५० लाख ३२ हजार रुपैयाँसहित व्यापार नाफा रहेको छ । नेदरल्यान्डसँग भने ९ करोड ३३ लाख २९ हजार रुपैयाँ व्यापार नाफा रहेको छ । नर्वे, आइसल्यान्ड, जर्जिया, फिनल्यान्ड पनि नेपालसँग व्यापार नाफा भएका मुलुकमा पर्दछन् ।

    भन्सार विभागका अनुसार ४ महिनामा अमेरिकातर्फ ६ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यसैगरी, जर्मनीतर्फ १ अर्ब ५८ करोड १९ लाख ७२ हजार रुपैयाँ र बेलायततर्फ १ अर्ब ३३ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

    मुलुकको सकारात्मक पक्षका रूपमा नेपालबाट भारततर्फ सिमेन्ट क्लिंकर निर्यात हुनु पनि रहेको छ । नेपालले पछिल्लो चार महिनामा सवा १ अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ । नेपालबाट १ अर्ब १५ करोड ९५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर र यसको कच्चा पदार्थका रूपमा लाइमस्टोनको निर्यात भएको छ ।

    यस अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने २ करोड ८७ लाख रुपैयाँ बराबरको लाइमस्टोनको भारत निर्यात भएको हो ।

    भारतमा ८ लाख ६ हजार टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने १ करोड ३ लाख किलो लाइमस्टोन भारत निर्यात भएको छ ।

    नेपालको व्यापार घाटा कम हुन नसक्नुको प्रमुख तŒवका रूपमा स्मार्टफोन पनि रहेको छ । चार महिनामा पौने आठ लाख सेट स्मार्टफोन नेपाल भित्रिँदा ५३ करोड ९ लाख ५ हजार रुपैयाँ मुलुक बाहिर गएको छ ।

    भन्सार विभागले चालू आर्थिक वर्षको चार महिनामा २ हजार ७ सय ८७ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएको तथ्यांक उपलव्ध गराएको छ ।

    गतवर्षभन्दा यसपटक विद्युतीय गाडीको आयात १७३ प्रतिशतले बढेको छ । यस अवधिमा ५० किलोवाटसम्म मोटर क्षमता भएको १२ सय ७९ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । ५१ देखि १ सय किलोवाटसम्म मोटर क्षमता भएको १४ सय ८१ वटा, १०१ किलोवाटदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएको १७ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाट मोटर क्षमता भएका १० वटा विद्युतीय कार आयात भएका छन् ।

    यस अवधिमा १३ अर्ब १६ करोड ४१ लाख ७० लाख रुपैयाँको खाद्यान्न आयात भएको छ । नेपालमा नै उत्पादन हुन सक्ने अवस्थाबीच पनि चीनबाट ७९ हजार ७ सय टन धान आयात भएको छ ।

    यस्तै, ब्राउन राइस, बास्मतीलगायत तयारी चामल चीन, भारत, थाइल्यान्डलगायत राष्ट्रबाट ३३ हजार टन भित्रिएको छ । खाद्यान्न मात्र नभइ चार महिनामा ५६ अर्ब रुपैयाँ बराबरका विभिन्न तरकारी भारत र चीनबाट आयात भएको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद…

    ज्ञानेन्द्र शाही उम्भिए जनताको पक्षमा, भने– ट्राफिक लाइट…

    फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका…

    सुनचाँदीको मूल्य बढ्यो

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद…

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    आर्थिक

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑