• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

      दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

      नेपाली सेनाको हेलिकप्टरमार्फत घर ल्याइयो गणेश यादवको शव

      काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

      बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

      गोलबजारमा आज कफ्र्यु खुकुलो

      तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 

      पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

      गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

    होमपेज /  पत्रपत्रिका

    मन्त्रालयको संख्या घटाउन दबाब

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ जेष्ठ ३१, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५४५ पटक पढिएको
  • काठमाडौँ, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले संघीय सरकारमा रहेका विद्यमान २५ मन्त्रालयको संख्या घटाएर १२ कायम गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकममाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

    सांसद गुरुङले मुलुक संघीयतामा जानुका साथै प्रशासनिक सुधार आयोगको प्रतिवेदनका आधारमा पनि मन्त्रालयको संख्या घटाउनुपर्ने बताए । ‘मन्त्रालयका साथै विभिन्न विभाग र जिल्ला समन्वय समिति खारेज गर्नुपर्छ,’ सांसद गुरुङले भने, ‘विकास खर्चभन्दा चालू खर्च कम भयो भने मात्रै हाम्रो विकासको अभियानले सही बाटो समात्न सक्छ ।’ उनले सहरी विकास मन्त्रालय स्थानीय निकायको निश्चित क्षेत्रमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा काम केन्द्रित हुनुपर्नेमा जोड दिए ।

    नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहरी विकास मन्त्रालयले उद्देश्यनुसार कार्य नगरेको बताए । उनले मन्त्रालयको खर्च कटौती हुनुपर्नेमा जोड दिँदै खानेपानी, बाटोघाटो, फोहोर व्यवस्थापनलगायत सुधारका कार्यमा मन्त्रालयले पर्याप्त जिम्मेवारी पूरा नगरेको बताए ।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीमगरले अर्थमन्त्रीले ३ करोडभन्दा कमका योजनामा बजेट विनियोजन नगरिने भनेको सम्झँदै कुरा र गराइ फरक देखिएको बताए । सहरी विकास मन्त्रालयको बजेट विनियोजन हेर्दा ५ लाखका योजना १ सय १७ वटा रहेको बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र ध्यान दिएर बजेट विनियोजन गरेको टिप्पणी गरेकी छन् । सांसद कार्कीले बजेटजति सबै मन्त्रीको जिल्लामा पुगेपछि आफूहरूको काम के हो भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘मन्त्रीजीहरूले बजेटजति सबै आफ्नै जिल्लामा लाने, हामी के गर्ने ?’

    सांसदको प्रश्न, ‘मन्त्रीजीहरूले बजेटजति सबै आफ्नै जिल्लामा लाने, हामी के गर्ने ?’

    उनले यसको उदाहरण महिला तथा बालबालिका मन्त्रालय रहेको बताउँदै भनिन्, ‘हामी के गर्ने सभामुख महोदय, मेरो यो प्रश्न छ मन्त्रीजीहरूलाई, मन्त्रीहरूका क्षेत्रमा गएका बजेट कटौती गर्नुप¥यो, फिर्ता गराउन लगाउनुप¥यो, मन्त्रीहरूलाई बजेट शून्यमा राख्नुप¥यो ।’

    आमजनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले नेपाली सेनालाई विकासमा लगाउन सकिने तर ठेक्का नै उसले लगाउने विषयमा भने सोच्नुपर्ने बताएका छन् । साहले भने, ‘सेनालाई हामीले विकासमा लगाउन सक्छौं, लगाएकै पनि छौं, तर उसैले ठेक्का लगाउने हो भने सडक डिभिजन र आर्मीमा के फरक भयो ? ठेकेदारमार्फत नै गर्ने हो भने सेनामार्फत किन गराउने ?’ उनले नेपाली सेना सम्मानित संस्था भएको उल्लेख गर्दै सेनाको हैसियत घटाउने काम गर्न नहुने बताए । सेनालाई आधुनिक बनाउन आवश्यक रहेको र यसका लागि सरकारले स्पष्ट नीति लिनुपर्ने साहको सुझाव छ ।

    नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’का लागि बजेट थप्न सुझाव दिएकी छन् । सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा यस कार्यक्रमका लागि १० करोड विनियोजन गरेको छ ।

    सांसद श्रेष्ठले छोरीहरूलाई रोजगार उन्मुख शिक्षा, सीप प्रदान र उद्यमशील बनाउँदै यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न विनियोजित बजेट न्यून भएको बताइन् । सांसद श्रेष्ठले मुक्त कमलरी, मुक्त कमैया र हरूवाचरूवाको जीविकोपार्जन, स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराइन् । उनले बालबालिका तथा ज्येष्ठ नागरिकप्रति समर्पित योजनाको बजेट तथा योजना प्रभावकारी बनाउन र सहरी विकासका कार्यक्रम ग्रामीण क्षेत्रसम्म पु¥याउनुपर्ने आवश्यकता औंल्याइन् ।

    ग्रामीण क्षेत्रमा आवासीय विकासका कार्यक्रमहरू सञ्चालन गर्न सांसद श्रेष्ठको सुझाव छ । नेपाली सेनाअन्तर्गतको जनशक्तिको उपयोग गर्न पनि उनले जोड दिइन् ।

    यस्तै, बैठकमा शून्य समयमा सांसदहरूले किसानले समयमै मलखाद पाउन नसकेका, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको, मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवाबाट नागरिक वञ्चित हुनुपरेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सांसद मानबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण’bout जिज्ञासा राखेका छन् । अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न उनले सरकारसँग माग गरे । सांसद गुरुङले सरकारले आगामी आव २०८१–०८२ को नीति तथा कार्यक्रम र बजेटमा यसलाई समेट्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    सांसद मनीषकुमार झाले बेलायत सरकारको सहयोगमा जनकपुर–जयनगर रेल्वेका लागि वैदेही र खजुरामा स्थापना गरिएको कारखानामा इन्जिन थन्क्याइएको उल्लेख गर्दै विभिन्न मुलुकमा बनाइएका ती इन्जिन संरक्षण गरेर संग्रहालयमा राख्नुपर्ने सुझाव दिए ।

    सांसद महेशकुमार बर्तौलाले संविधानले व्यवस्था गरेको मौलिक अधिकारमा स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित नरिने व्यवस्था भए पनि संघीय अस्पतालमा समेत सामान्य उपचार र शल्यक्रियाका लागि ९ महिनासम्म कुर्नुपर्ने अवस्थाका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

    सांसद महेश बस्नेतले इलामको माई नगरपालिका–४ मा द्वन्द्व व्यवस्थापन गर्न निर्माण गरिएका शिविरको जग्गा संरचना प्रयोगविहीन अवस्थामा रहेकाले त्यसको उचित उपयोग गर्न आग्रह गरे ।

    सांसद माधव सापकोटाले मनसुनको समय आएकाले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद मुक्ताकुमारी यादवले सिरहा–धनुषा जोड्ने कमला नदीको पुल र राजमार्ग निर्माण समयमै सम्पन्न गर्न माग गरिन् ।

    सांसद् मेटमणि चौधरीले दाङको राप्ती गाउँपालिका–१ भालुवाङ बजारका बासिन्दा विस्थापित हुनुपरेको उल्लेख गर्दै लालपुर्जा भएका स्थानीयवासीलाई जग्गा फिर्ता गर्न माग गरे । सांसद मेनकाकुमारी पोखरेलले दाङमा आपराधिक घटना न्यूनीकरण गर्न सुरक्षा निकायको ध्यानाकर्षण गराइन् ।

    सांसद मैना कार्कीले मध्यपहाडी लोकमार्ग निर्माणमा ध्यान दिन सरकारसँग आग्रह गरिन् । सांसद रघुजी पन्तले दोहोरो नागरिकता भएका कर्मचारी’bout छानबिन गर्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार कारबाही गर्न माग गरे । सांसद रणेन्द्र बराइलीले मुलुकभर भएका जातीय विभेदका घटनाप्रति सरकारको ध्यानाकर्षण गराए ।

    सांसद रञ्जुकुमारी झाले शून्य समयमा सांसदहरूले सदनमा राखेका विषयको सरकारले सुनुवाइ नगरेकामा असन्तुष्टि व्यक्त गरिन् । सांसद राजेन्द्रकुमार केसीले सरकारले विभिन्न मुलुकमा रहेका ११ नेपाली राजदूतलाई एकैपटक फिर्ता बोलाएको प्रति आपत्ति जनाए ।

    सांसद रामकुमार राईले खोटाङको सडकखण्ड निर्माण एवं विस्तारको काम समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद रामनाथ अधिकारीले जनप्रतिनिधिले आफ्नो दलीय र क्षेत्रीय स्वार्थबाट माथि उठेर सिंगो मुलुककै लागि सोच्न सक्नुपर्ने बताए ।

    सांसद रामशंकर यादवले तराई मधेसमा खानेपानीको समस्या हल गर्न र किसानलाई बीउ र मलखाद समयमै उपलब्ध गराउन माग गरे । सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमण’bout सदनलाई जानकारी गराउन माग गरे ।

    सांसद लालप्रसाद सावा लिम्बूले झापाको कन्काई नदीमा हुलाकी राजमार्गमा पुल निर्माण थालेको १३ वर्षमा पनि सम्पन्न नभएको प्रति सरकारको ध्यानाकर्षण गराए ।

    सांसद लालवीर चौधरीले साल्ट टे«डिङ र कृषि सामग्री संस्थानमार्फत किसानलाई मल वितरण गरिनुपर्ने माग गरे । सांसद लेखनाथ दाहालले दीर्घरोगको चुनौतीप्रति सरकारलाई सचेत गराए । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    ओमानले २५० बढी आप्रवासीलाई नागरिकता दिने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई…

    दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा…

    विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको…

    वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑