• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक ४, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अछामको मार्कुमा बज्रयोगिनी माताको पूजामा सयौँ राँगाको बलि

      मुस्ताङ मार्ग हुँदै ३५ करोड बढीका भेडाच्याङ्ग्रा निकासी

      फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, २ हजार बढी पक्राउ 

      जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

      डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

      भक्तपुर–बनेपा–पाँचखाल प्रसारण लाइन प्रभावित हुने, डेढ घण्टा विद्युत् अवरुद्ध

      जलवायु सङ्कटसँग जुध्न विश्वव्यापी सहकार्यका लागि सांसद राणाले गरिन् आह्वान

      जुम्लामा पाइप बम विस्फोट, एक बालक गम्भीर घाइते, एकजनालाई सामान्य चोट

      वडादशैंका लागि सशस्त्र प्रहरीद्वारा १२४ वटा पिङ निर्माणमा सहयोग

      डिगोमा अब नेपाली फिल्मसँगै जिओहटस्टारका फिल्म तथा सिरिजहरू 

      नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

      २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १९६ जना घाइते

      राष्ट्रपति पौडेलद्वारा महाअष्टमीका दिन भद्रकाली मन्दिरमा दर्शन

      चीनमा विवाह गर्न अलग्गै गन्तब्य, आकर्षित हुँदैछन् जोडीहरू

      आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कर्तिक ९ गतेदेखि आन्दोलन 

    होमपेज /  पत्रपत्रिका

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ अषाढ ९, आईतबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९५८ पटक पढिएको
  • काठमाडौं । सरकारले कूटनीतिक नियोगको क्षेत्रलाई कर्मचारीको अवकाशपछि आराम गर्ने थलोका रूपमा परिणत गर्ने संकेत देखाएको छ । पूर्वसचिव, मुख्यसचिव, गैरसरकारी संस्थाका कर्मचारीलाई सरकारले कूटनीतिक नियोगमा नियुक्ति गर्ने परम्परा बनाएको छ । मन्त्रिपरिषद्ले शुक्रबार गरेको निर्णयअनुसार पूर्वमुख्यसचिव तथा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई भारतका लागि मनोनयन गरेको छ । रेग्मी एमालेको कोटामा भारतका लागि राजदूतका लागि सिफारिस भएका हुन् । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ असोज महिनामा बेलायतका लागि राजदूतमा सिफारिस गरेको थियो ।

    सरकारले तत्कालीन समयमा परराष्ट्र सचिव शंकर दास वैरागीलाई मुख्य सचिव बनाउन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरेको थियो । राजदूतको प्रस्ताव आएपछि रेग्मीले अवकाश हुनु एक महिनाअघि राजीनामा दिएर शंकरदास वैरागीलाई मुख्यमन्त्रीको बाटो खुला गरिदिएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ असोज ५ गते रेग्मीलगायत १२ देशका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारले अहिले फेरि रेग्मीलाई शुक्रबार राजदूतमा सिफारिस गरेको छ । रेग्मीले गृहसचिव, अर्थ सचिव र भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयमा सचिवको पद पनि सम्हालेका छन् ।

    भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई सरकारले गत असार ६ गते फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा राजदूत शर्मालाई फिर्ता बोलाउने निर्णयले कूटनीतिक तहका नेपालको कमजोर अवस्था देखिएको थियो । भारतमा आफ्नो देशको राजदूत खाली गराएर गरिएको भ्रमणले पनि ठूलो अर्थ राख्ने गर्छ । राजदूत फिर्ता बोलाएर भारत भ्रमण गर्नुले नेपालको निम्छरो कूटनीतिक अवस्था देखिएको थियो । उनै फिर्ता बोलाइएका राजदूत शर्मासँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा प्रधानमन्त्री दाहाल सहभागी भए ।

    त्यस्तै, सरकारले पूर्ववाणिज्य तथा उद्योग सचिव चन्द्र घिमिरेलाई अमेरिकाका लागि नेपालको नयाँ राजदूतमा नियुक्त गरेको छ । नेपाली कांग्रेसको कोटामा नियुक्त भएका वर्तमान राजदूत श्रीधर खत्रीलाई फिर्ता बोलाइएको छ । त्यस्तै, विजन पन्त बेलायतका लागि नेपालको नयाँ राजदूतमा नियुक्त भएका छन् । पन्तले यसअघि प्रधानमन्त्री सुशील कोइरालाको सामाजिक विकास सल्लाहकार र अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभ (ओपीएचआई)को सल्लाहकारका रूपमा काम गरेका थिए । उनको नाम नेकपा (माओवादी केन्द्र)को कोटाअन्तर्गत भएको हो ।

    राष्ट्रिय मानवअधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेललाई दक्षिण कोरियाका लागि सिफारिस भएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारसमेत रहेका प्याकुरेलले हालै सियोलबाट फिर्ता बोलाएकी ज्योति प्याकुरेल भण्डारीको रिक्त रहेको पद पूर्ति गर्ने भएको छ ।

    त्यस्तै, प्रख्यात बालअधिकारकर्मी तथा नेपाल सरोकारवाला केन्द्रका कार्यकारी निर्देशक सुम्निमा तुलाधरलाई डेनमार्कका लागि नेपालको राजदूतमा नियुक्त गरिएको छ । २०७७ मा तत्कालीन केपी ओली सरकारले तुलाधरसहित ११ जना राजदूतलाई अस्ट्रेलियाका लागि मनोनयन गरेको थियो । जनता समाजवादी पार्टीका रामस्वार्थ राय यादवलाई हालै डेनमार्कबाट फिर्ता बोलाइएको छ ।

    त्यस्तै, स्पेनका लागि पुष्पराज राजकर्णिकार राजदूतमा नियुक्त भएका छन् । राजकर्णिकार राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा व्यापार तथा वित्तीय व्यवस्थापनका विज्ञ हुन् । उनलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कोटामा राखिएको हो । मलेसियामा लामो समयदेखि एनजीओ कार्यकर्ता नेत्रप्रसाद तिमिल्सिना नेकपा एमालेको कोटामा सिफारिस भएका छन् । उनी पछिल्लो समय काठमाडौंमा विश्व सामाजिक मञ्चको आयोजनामा सक्रिय थिए ।

    नेकपा (एकीकृत समाजवादी) कोटामा राजदूत नियुक्त भएका डिल्लराज पौडेललाई तिमिल्सिनाले विस्थापित गर्नेछन् । त्यसैगरी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको तर्फबाट साउदी अरबका लागि नेपालको राजदूतमा बाँके जिल्लाका अब्सुमान खानलाई सिफारिस गरिएको छ । मन्त्रिपरिषद्बाट सिफारिस भएका राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि संसद्मा पठाइनेछ । संसदीय सुनुवाइ पूरा भएपछि सम्बन्धित मुलुकमा एग्रिमो (स्वीकृति)का लागि पठाइन्छ र एग्रिमो आएपछि राजदूतमा नियुक्त गरिन्छ ।

    राजदूतको कार्यकाल चार वर्षको हुन्छ । नेपालका अहिले ३० दूतावास र संयुक्त राष्ट्र संघका लागि तीनवटा स्थायी नियोग छन् । यस्तै, सात महावाणिज्य दूतावास छन्। राजदूत नियुक्त निर्देशिकाअनुसार ५० प्रतिशत कूटनीतिक सेवा र ५० प्रतिशत राजनीतिकतर्फबाट सरकारले राजदूत नियुक्ति गर्ने मापदण्ड बनाइएको छ । सरकारले गत २४ जेठमा ११ मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। यसअघि पनि ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूतमा क्रमसः डा. शंकरप्रसाद शर्मा, प्रा. श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो ।

    उनीहरूलाई पनि सरकारले अवकाशप्राप्त भइसकेको अवस्थामा राजदूतमा सिफारिस गरेको थियो । त्यसअघि सरकारले पूर्वमुख्यसचिव लीलामणि पौड्याललाई चीनको राजदूत बनाएको थियो । पूर्वमुख्यसचिव भोजराज घिमिरेलाई पनि क्यानडाको राजदूत बनाएको थियो । घिमिरे २०६६ मंसिर देखि २०७० मंसिरसम्म क्यानडाका लागि नेपाली राजदूत भएका थिए । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    ओमानले २५० बढी आप्रवासीलाई नागरिकता दिने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अछामको मार्कुमा बज्रयोगिनी माताको पूजामा सयौँ राँगाको बलि

    मुस्ताङ मार्ग हुँदै ३५ करोड बढीका भेडाच्याङ्ग्रा निकासी

    फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, २ हजार बढी…

    जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि…

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑