• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ : राष्ट्रपति

      आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

      राष्ट्र बैंक सरकारबाट पूर्ण रूपमा पृथक हुन नसक्ने, मौद्रिक र वित्तीय नीति सँगसँगै जानुपर्छ : अर्थ मन्त्रालय

      परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली

      श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी

      बालेन सरकारको प्रारम्भ नै मान्छे मार्ने र षड्यन्त्रबाट भयो : ओली

      उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

      नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्तिप्रति खेद प्रकट गर्दछु, ‘नेपाली सेना हाम्रो गौरव हो’ ज्वाला संग्रौला

      फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

      फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

      अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

      नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारद्वारा सुझाव आह्वान

      कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ : गगन थापा

      विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

      अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 

    होमपेज /  पत्रपत्रिका

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ अषाढ १८, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • १३०३ पटक पढिएको
  • काठमाडौं, १८ असार। सत्तागठबन्धन परिवर्तन हुने चर्चासँगै राजनीतिक दलका शीर्ष नेताहरूबीचको छलफलले तीव्रता पाएको छ । पछिल्लो समय विभिन्न प्रस्तावमा छलफल जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेको छ ।

    प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र प्रमुख सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि नेताहरूका बीचमा छलफलले तीव्रता पाएको हो ।

    ओली–देउवाबीच सरकार बनाउने सहमतिसँगै नेताहरूको आन्तरिक छलफल तीव्र

    प्रचण्ड र ओलीबीच भएको छलफलमा राष्ट्रिय सहमतिको सरकार गठनका ’boutमा कुरा उठेको छ । ओलीले प्रचण्डलाई आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रस्ताव गरेका छन् । शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउनेगरी राष्ट्रिय सहमतिको सरकार गठन गर्न ओलीले प्रस्ताव गरेपछि प्रचण्डले अहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।

    प्रचण्डसँगको छलफलमा ओलीले गरेको प्रस्ताव’bout जानकारी दिँदै बालुवाटार स्रोतले भन्यो, ‘मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं, त्यसपछि शान्ति प्रक्रियाका सबै समस्या म समाधान गर्छु भनेर अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएछ ।’ प्रचण्डले ओलीलाई कांग्रेससँग मिल्नुको साटो यही गठबन्धनबाट प्रधानमन्त्री बन्न आग्रह गरेका हुन् ।

    प्रचण्डले ओलीसँगको छलफलमा अहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् भने आफूनिकटका नेतालाई कांग्रेस नेताकहाँ पठाएर देउवालाई प्रधानमन्त्री बन्न अर्को प्रस्तावसमेत गरेका छन् । तर, देउवाले प्रचण्डको सो प्रस्ताव अस्वीकार गरेका छन् । पछिल्लो समय कांग्रेस र एमाले मिलेर नयाँ गठबन्धनसँगै सरकार बनाउनेगरी छलफल अगाडि बढेको छ ।

    एमाले र कांग्रेस शीर्ष नेताहरूका बीचमा पछिल्लो समय सरकार गठन’bout छलफल भइरहेको छ । शनिबार ओली र देउवाका बीचमा छलफल भएको थियो । लगत्तै प्रचण्डले आइतबार ओलीसँग छलफल गरे । सोमबार सोही विषयमा केन्द्रित भई प्रचण्ड र ओलीका बीचमा छलफल भयो ।

    एमाले र कांग्रेसबीच सरकार बनाउनेगरी छलफल भए पनि पहिला प्रधानमन्त्री को बन्ने भन्ने ’boutमा कुनै टुंगो नलागेको बताइएको छ । एमाले, कांग्रेससहित केही साना दल मिलेर दुई तिहाइ बहुमतको सरकार बनाउने र संविधान संशोधन गर्ने ’boutमा समेत छलफल भएको छ । कांग्रेस, एमाले, रास्वपा, राप्रपा, लोसपा, जनमत पार्टीहरू मिल्दा दुई तिहाइ बहुमतको सरकार बन्नसक्ने र संविधान संशोधन गर्न पनि सकिने ओलीको बुझाइ छ ।

    कांग्रेससँग मिलेर सरकार गठन गर्न लागेको ’boutमा ओलीले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेतालाई बिफ्रिङ गरेका छन् । कांग्रेस नेता एवं पूर्वराष्ट्रिय सभा सदस्य जितेन्द्र देवसहितका नेताहरूलाई एमालेमा प्रवेश गराउँदै ओलीले पार्टी नेताहरूसँग छलफल गरेका थिए । ओलीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई समेत बालकोट बोलाएर छलफल गरेका छन्् ।

    ओलीले एमाले शीर्ष नेताहरूसँग छलफल गर्दै गर्दा उता कांग्रेस सभापति देउवाले पार्टीका पदाधिकारीसँग सोमबार नै बूढानीलकण्ठमा छलफल गरेका छन् । ओलीसँगको छलफल सकारात्मक भएको बिफ्रिङ देउवाले पदाधिकारी बैठकमा गरेका छन् ।

    कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले देउवा र ओलीबीच भएको छलफल सकारात्मक रहेको जानकारी दिए । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच शनिबार बालकोटमा करिब ३ घण्टा छलफल भएको थियो । सो छलफलमा देउवापत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवासमेत सहभागी थिइन् ।

    कांग्रेस पदाधिकारी बैठकपछि विश्वकर्माले भने, ‘समसामयिक राजनीति’bout पनि बैठकमा छलफल भएको छ, सभापतिले बालकोट भेटवार्ता’bout जानकारी गराउनुभयो ।’ सभापति देउवाले ओलीसँगको सम्बन्ध सुधार भएको पनि बैठकमा बताएको विश्वकर्माले बताए । ‘ओलीजीले चिया खान बोलाउनुभयो, हामी गयौं, बस्यौं,’ कांग्रेस पदाधिकारी बैठकमा देउवाले सुनाएको उद्धृत गर्दै विश्वकर्माले भने, ‘अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर बनेको छ ।’

    यता, प्रधानमन्त्री प्रचण्डले सोमबार नै बोलाएको मन्त्रिपरिषद् बैठकमा सत्ता समीकरणमा कुनै पनि संकट नरहेको ब्रिफिङ गरेका छन् । प्रचण्डले सत्ता समीकरणमा उलटफेर आउन लागेको भनी आइरहेका समाचारका ’boutमा यथार्थता नभएको बताएका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरणका ’boutमा बाहिर चर्चामा आएका सबै कुरा असत्य रहेको भनी ब्रिफिङ गरेको बताइन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले वर्तमान सत्ता गठबन्धन भत्किने हल्ला मात्र भएको दाबी गरेका छन् । उनले सरकार फेरिने हल्ला मात्र भएको र यसमा कुनै सत्यता नरहेको दाबी गरे ।

    ‘हल्ला मात्रै हो, त्यस्तो थाहा छैन, म पनि सरकारमै छु, सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ,’ उपप्रधान तथा गृहमन्त्री लामिछानेले भने, ‘त्यस्तो केही पनि छैन, मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो, कहिलेकाहीँ विभिन्न प्रक्रियामा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ, यो सामान्य भेटघाट नै हो ।’ उनले यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि नभएको बताए ।

    यस्तै, एमाले नेतासमेत रहेका रक्षामन्त्री हरि उप्रेतीले वर्तमान सरकार हेरफेर र सत्ता गठबन्धन’boutमा आएका समाचारमा सत्यता नभएको बताए । एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोटमा बोलावट आएको भन्ने कुरा सही नभएको उप्रेतीले बताए ।

    उता, प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रमा रहेका आफूनिकटका नेताहरूसँग सरकार ढल्ने’bout जानकारी गराएका छन् । एमाले र कांग्रेस नेताका बीचमा निर्णायक छलफल भएको बताउँदै प्रचण्डले आफू नेतृत्वको सरकार ढल्ने’आफूनिकटका नेतालाई बिफ्रिङ गरेका हुन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    ओमानले २५० बढी आप्रवासीलाई नागरिकता दिने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ :…

    आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

    राष्ट्र बैंक सरकारबाट पूर्ण रूपमा पृथक हुन नसक्ने,…

    परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ…

    आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

    श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता,…

    बालेन सरकारको प्रारम्भ नै मान्छे मार्ने र षड्यन्त्रबाट…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    आर्थिक

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑