• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच भेट : पुनःनिर्माणमा सहयोग गर्न चीन तयार

      भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

      त्रिविका प्राध्यापक–कर्मचारी १५९ दिनदेखि धर्नामा, पेन्सन विभेद अन्त्य गर्न माग

      संसद्‌को क्यान्टिनमा कालो चिया १००, मःम ३०० : खगेन्द्र सुनारले सोधे– ‘चिया खान कहाँ जाने ?’

      भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४.७७ अर्ब डलर लाग्ने अनुमान

      रविकिरण हमालको प्रश्नः आफ्‌नो पिडा सुनाउन नागरिक किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन् ?

      एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह

      नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

      बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक : मन्त्री लम्साल

      हवाई भाडा वृद्धिप्रति सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

      जेनजी आन्दोलनका घाइतेको माग सम्बोधन गर्न सांसद राईको सरकारसँग आग्रह

      संसदमा आशिकाको प्रश्न :देश हाँक्ने चाँही नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा किन?

      एमालेमा अनुशासन कमजोर देखिनु दुःखद् :अध्यक्ष ओली

      गुडिरहेको बसमा आगलागी : चालक लामाको उपचार हुँदै

    होमपेज /  अन्य

    संसद्‌को क्यान्टिनमा कालो चिया १००, मःम ३०० : खगेन्द्र सुनारले सोधे– ‘चिया खान कहाँ जाने ?’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ५, सोमबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संघीय संसद् भवन परिसरमा सञ्चालित क्यान्टिन तथा होटलमा चिया–खाजाको मूल्य अत्यधिक महँगो भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन्।

    सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद सुनारले संसद् भवनको बरन्डामा ‘फाइभ स्टार होटल’जस्तो क्यान्टिन सञ्चालन गरिएको भन्दै त्यसको मूल्यप्रति आपत्ति जनाएका हुन्। उनले संसद् परिसरमा रहेका क्यान्टिनमा सामान्य चिया–खाजासमेत सर्वसाधारणको पहुँचभन्दा बाहिरको मूल्यमा बिक्री भइरहेको दाबी गरे।

    सांसद सुनारका अनुसार संसद् परिसरमा कालो चियाको १०० रुपैयाँ, दूध चियाको २०० रुपैयाँ, मःमको ३०० रुपैयाँ, चाउमिनको ४०० रुपैयाँ र पाउरोटीको ५०० रुपैयाँसम्म मूल्य लिइरहेको छ। उनले यति महँगो मूल्यमा सांसदहरूले नै खानेकुरा किन्न सक्ने अवस्था छ कि छैन भन्ने प्रश्नसमेत उठाए।

    संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकहरूलाई समेत यस्तो मूल्यले समस्या पारेको सुनारको भनाइ थियो। सीमित तलबमा काम गर्ने कर्मचारी तथा सुरक्षाकर्मीले संसद् परिसरमै सामान्य चिया–खाजा खानसमेत कठिन हुने अवस्था सिर्जना भएको उनले बताए।

    उनले संसद् भवनको बरन्डामा सञ्चालन भइरहेको महँगो क्यान्टिन कसले सञ्चालन गरेको हो भन्ने प्रश्न गर्दै त्यसलाई तत्काल हटाउन सभामुखसँग माग गरे। संसद् परिसरमा आवश्यकताभन्दा धेरै होटल तथा क्यान्टिन सञ्चालन गरिएको भन्दै उनले त्यसको व्यवस्थापन र मूल्य निर्धारणमा संसद् सचिवालयले ध्यान दिनुपर्ने बताए।

    सुनारले केही दिनअघि संसद्‌मा ‘चिया खान जाऔँ’ भन्ने अडियो भाइरल भएको प्रसंगसमेत जोड्दै व्यंग्यात्मक रूपमा ‘यस्तो महँगीमा चिया खान कहाँ जाने सभामुख महोदय ?’ भन्ने प्रश्न गरेका थिए।

    उनले सिंहदरबार तथा संसद् परिसरमा सञ्चालन हुने क्यान्टिनका लागि मूल्यमा एकरूपता कायम गर्नुपर्ने धारणा राखे। नेपालगन्ज, वीरगन्ज, दैलेखलगायतका जिल्लाका बजारमा सामान्य चिया–खाजाको जुन मूल्य पर्छ, संसद् भवनभित्र पनि त्यसको तुलनामा अस्वाभाविक रूपमा महँगो मूल्य लिन नहुने उनको भनाइ थियो।

    सांसद सुनारले संसद् सचिवालयलाई क्यान्टिनको मूल्य, सञ्चालन व्यवस्था र कर्मचारी तथा सांसदलाई उपलब्ध गराइने सेवासुविधाबारे पुनरावलोकन गर्न आग्रह गर्दै मनपरी मूल्य असुल्ने व्यवस्था अन्त्य गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    २७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?

    विश्व शान्ति दिवस आज मनाइँदै

    पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सुचारु

    डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती बासिन्दा चिन्तित

    टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट

    मोरङमा पक्राउ परेका विश्लेषक दाहाललाई काठमाडौं पठाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच भेट :…

    भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

    त्रिविका प्राध्यापक–कर्मचारी १५९ दिनदेखि धर्नामा, पेन्सन विभेद अन्त्य…

    संसद्‌को क्यान्टिनमा कालो चिया १००, मःम ३०० :…

    बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब…

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आर्थिक

    नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑