• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच भेट : पुनःनिर्माणमा सहयोग गर्न चीन तयार

      भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

      त्रिविका प्राध्यापक–कर्मचारी १५९ दिनदेखि धर्नामा, पेन्सन विभेद अन्त्य गर्न माग

      संसद्‌को क्यान्टिनमा कालो चिया १००, मःम ३०० : खगेन्द्र सुनारले सोधे– ‘चिया खान कहाँ जाने ?’

      भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४.७७ अर्ब डलर लाग्ने अनुमान

      रविकिरण हमालको प्रश्नः आफ्‌नो पिडा सुनाउन नागरिक किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन् ?

      एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह

      नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

      बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक : मन्त्री लम्साल

      हवाई भाडा वृद्धिप्रति सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

      जेनजी आन्दोलनका घाइतेको माग सम्बोधन गर्न सांसद राईको सरकारसँग आग्रह

      संसदमा आशिकाको प्रश्न :देश हाँक्ने चाँही नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा किन?

      एमालेमा अनुशासन कमजोर देखिनु दुःखद् :अध्यक्ष ओली

      गुडिरहेको बसमा आगलागी : चालक लामाको उपचार हुँदै

    होमपेज /  समाचार

    उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच भेट : पुनःनिर्माणमा सहयोग गर्न चीन तयार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ५, सोमबार (३९ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५ पटक पढिएको
  • काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग  नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

    भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षति तथा सहयोगलगायतका विषयमा विचार–विमर्श भएको थियो ।

    उपराष्ट्रपति यादवले भोटेकोशी बाढीमा नेपाली, चिनियाँ तथा अन्य विदेशी नागरिकको मृत्यु, सम्पत्ति र पूर्वाधारमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।

    उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपालस्थित चीनका राजदूत चाङ माओमिङमार्फत महामहिम उपराष्ट्रपति हान झेङलाई गहिरो समवेदना प्रकट गरे ।

    भेटमा उपराष्ट्रपति यादवले जनवादी गणतन्त्र चीनको ७७औं स्थापना दिवसमा उपराष्ट्रपति झेङलाई हार्दिक बधाई दिँदै उनको सुख, सुस्वास्थ्य तथा मित्रवत् चिनियाँ जनताको शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना पनि व्यक्त गरे ।

    उनले भने, ‘भोटेकोशी बाढीले जीवन, सम्पत्ति मात्र नभई हजारौं परिवारको सपना, संस्कृति तथा प्राकृतिक सम्पदालाई समेत प्रभावित बनाएको छ । पूर्वाधार पुनर्निर्माण सम्भव भए पनि प्रभावितहरूको विश्वास पुनःस्थापित गर्न दशकौं लाग्न सक्छ ।’

    उनले यस विपत्तिले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदाहुँदै पनि नेपाल अत्यन्त प्रभावित मुलुक भएको तथ्यलाई पुनः पुष्टि गरेको उल्लेख गरे ।

    उपराष्ट्रपति यादवले नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, परम्परागत मित्रता तथा आपसी सम्मानमा आधारित रहेको स्मरण गर्दै नेपाल ‘एक चीन सिद्धान्त’ प्रति प्रतिबद्ध रहेको स्पष्ट गरे ।

    उनले आकस्मिक विपत्तिपछि चीनबाट पाँच चरणमा प्राप्त मानवीय राहत सहयोग, उद्धारमा संलग्न नौ सदस्यीय सुरुङ उद्धार टोली तथा मृतकहरूको पहिचानका लागि सहयोग पुर्याइरहेका १५ जना फरेन्सिक विशेषज्ञप्रति आभार व्यक्त गरे ।

    साथै, चीन सरकारद्वारा उपलब्ध गराइएको २० लाख अमेरिकी डलर सहयोग तथा चिनियाँ रेडक्रस सोसाइटीमार्फत प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको थप दुई लाख अमेरिकी डलर सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

    उपराष्ट्रपति यादवले हिमनदी, जलविज्ञान तथा मौसमसम्बन्धी वास्तविक समयको तथ्याङ्क उपलब्ध गराएकोमा चीन सरकारप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको आदान–प्रदान भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे ।

    चीनका राजदूत चाङ माओमिङले बाढी पहिरोले गरेको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै प्राकृतिक विपत्ति नेपाल र चीनको साझा विषय भएको बताए ।

    ‘नेपाललाई यस संकटको घडीमा चीनले आर्थिक, स्वास्थ्य र मानवीय सहयोग गरेको छ ’ उनले भने ‘ नेपालमा पुननिर्माणमा चीनको ठूलो सहयोग र समर्थन रहने छ । नेपालबाट सहयोग सूची प्राप्त भए बमोजिम सहयोग गर्न चीन तयार छ । यस संकटको घडीबाट नेपाल छिट्टै बाहिर निस्किने छ ।’

    राजदूत माओमिङले बाढी पहिरोबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुका लागि एक करोड तीस लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा चीन सरकारले गरेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

    त्रिविका प्राध्यापक–कर्मचारी १५९ दिनदेखि धर्नामा, पेन्सन विभेद अन्त्य गर्न माग

    भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४.७७ अर्ब डलर लाग्ने अनुमान

    रविकिरण हमालको प्रश्नः आफ्‌नो पिडा सुनाउन नागरिक किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन् ?

    एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच भेट :…

    भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

    त्रिविका प्राध्यापक–कर्मचारी १५९ दिनदेखि धर्नामा, पेन्सन विभेद अन्त्य…

    संसद्‌को क्यान्टिनमा कालो चिया १००, मःम ३०० :…

    बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब…

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आर्थिक

    नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑