• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

      बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक : मन्त्री लम्साल

      हवाई भाडा वृद्धिप्रति सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

      जेनजी आन्दोलनका घाइतेको माग सम्बोधन गर्न सांसद राईको सरकारसँग आग्रह

      संसदमा आशिकाको प्रश्न :देश हाँक्ने चाँही नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा किन?

      एमालेमा अनुशासन कमजोर देखिनु दुःखद् :अध्यक्ष ओली

      गुडिरहेको बसमा आगलागी : चालक लामाको उपचार हुँदै

      ८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ

      टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

      हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ

      २७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?

      अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

      विश्व शान्ति दिवस आज मनाइँदै

    होमपेज /  मुख्य समाचार

    बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक : मन्त्री लम्साल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ५, सोमबार (४१ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३ पटक पढिएको
  • काठमाडौं । पूर्वाधार विकास समितिको बैठकमा रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोबाट जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनस्र्थापना तथा पुनर्निर्माण र त्यसका लागि आवश्यक लगानी व्यवस्थापनबारे छलफल भएको छ ।

    बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीपहिरोपछि सरकारले तत्काल क्षति मूल्याङ्कन गर्दै पुनस्र्थापना र पुनर्निर्माणको काम अघि बढाएको जानकारी दिए ।

    मन्त्री लम्सालका अनुसार विपद्को जोखिम देखिएलगत्तै सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरी सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । त्यसपछि पूर्वाधार मन्त्रालयले पहिलो चरणमा क्षति मूल्याङ्कन, भग्नावशेष हटाउने र सडक तथा अन्य पूर्वाधारको कनेक्टिभिटी पुनःस्थापना गर्ने काम अघि बढाएको उनले बताए ।

    उनले भने, ‘भदौ १० अब बाढी आएको जुन समय थियो, ठूलो डिजास्टर घट्दै छ भन्ने कुरा पूर्वअनुमान गर्न सकिन्थ्यो । हामीले ११ बजे क्याबिनेट निर्णय गर्यौं , त्यसपछि हामी सम्बन्धित मन्त्रालयलाई तत्काल जिम्मेवारी दिँदाखेरि मेरो मन्त्रालयलाई पुनर्निर्माण र पुनस्र्थापनाको जिम्मेवारी स्वतः पाइहाल्यो । हामी सुरुवाती दिनदेखि फस्र्ट डे अब क्षति मूल्याङ्कन गर्नु पर्याे र हामीले हेर्नै पर्यो । दोस्रो दिनदेखि नै हामीले पुनर्निर्माणको काम भनौँ न स्टेप–बाइ–स्टेप तीन÷चार चरणमा चाहिँ पुनर्निर्माणको तयारी गर्नै पर्यो ।’

    उनले आपत्कालीन प्रक्रियामार्फत विभिन्न स्थानमा टेन्डर आह्वान गरी पुनर्निर्माणको काम अघि बढाइएको जानकारी दिए । उनका अनुसार केही स्थानमा १२ गतेदेखि नै र केही स्थानमा १६ तथा १७ गते आपत्कालीन टेन्डर खोलिएको थियो ।

    मन्त्री लम्सालले कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध भएपछि जियोटेक्निकल विज्ञको सुझावका आधारमा डिजाइन तयार गरी काम अघि बढाइएको बताए । अहिले विभिन्न स्थानमा ब्लास्टिङलगायत काम भइरहेको र सडक विभागले सक्रियतापूर्वक पुनस्र्थापनाको काम गरिरहेको उनको भनाइ छ ।

    उनका अनुसार सडक विभागले बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा वैकल्पिक मार्ग निर्माणका लागि करिब ९० अर्ब रुपैयाँ आवश्यक पर्ने विवरण तयार गरेको छ । उक्त रकममा क्षतिग्रस्त सडकको पुनर्निर्माणसँगै दुईवटा वैकल्पिक मार्ग, अन्य स्थानमा भएका पहिरोबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा भविष्यमा हुने विपद् व्यवस्थापनलाई सहज बनाउने पूर्वाधार निर्माणसमेत समेटिएको छ ।

    मन्त्री लम्सालले भवन, खानेपानी, सडक तथा पुललगायत सबै क्षेत्रको क्षतिको विवरण आएपछि पुनर्निर्माणका लागि करिब एक सय अर्ब रुपैयाँ आवश्यक पर्ने बताए । तत्कालका लागि अन्य आयोजनाबाट रकम रकमान्तर गरेर भए पनि पुनर्निर्माणको काम अघि बढाइने उनको भनाइ छ ।

    उनले भने, ‘पुनर्निर्माणको लागि कति पैसा चाहिने हो त भनेर सडक विभागले ७ गतेको टार्गेट दिनुभएको थियो । तर उहाँहरूले समयभन्दा धेरै अगाडि नै आफ्नो काम सम्पन्न गरिसक्नुभएको छ । र आज विपद् प्राधिकरणमा पठाउँदै हुनुहुन्छ, उहाँहरूले ९० अर्बको डिमान्ड गर्नुभएको छ । त्यो ९० अर्बमा यहाँको डिजास्टर प्लस अल्टरनेट रुटहरू दुइटा अल्टरनेट रुट र प्लस देशको विभिन्न ठाउँमा गएको पहिरो र भविष्यमा यस्तो खालको डिजास्टरबाट रोकथामभन्दा पनि अब व्यवस्थापन गर्नको लागि सहज हुनको लागि कस्ता खालका ब्रिजहरू मागसहित उहाँहरूले पठाउनुभएको छ । मलाई लाग्छ अझै भवनको, खानेपानीको, सडक–पुलको सबैको आएपछि मलाई लाग्छ १ सय अर्ब रुपैयाँ जति हामीलाई बजेट चाहिन्छ र त्यो बजेट व्यवस्थापन भइसक्यो ।’

    उनले पुनर्निर्माणका लागि आवश्यक रकमको दीर्घकालीन व्यवस्थापन भने पोस्ट डिजास्टर निड्स असेसमेन्ट (पीडीएनए) पछि गरिने बताए । पीडीएनएमार्फत निजी तथा सरकारी क्षेत्रको क्षति, पूर्वाधारमा भएको क्षति र पुनर्निर्माणमा आवश्यक पर्ने रकमको विस्तृत मूल्याङ्कन गरिने उनले जानकारी दिए ।

    मन्त्री लम्सालले अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गरी पीडीएनए तयार गरिने र त्यसका आधारमा अन्तर्राष्ट्रिय समुदायसँग पुनर्निर्माणका लागि सहयोग आह्वान गरिने बताए । नेपालमा यसअघि भूकम्पपछि पनि यस्तै प्रक्रियाबाट अन्तर्राष्ट्रिय सहयोग जुटाइएको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ : कानुनमन्त्री गौतम

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका…

    नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण,…

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब…

    बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब…

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आर्थिक

    नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑