• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

      यूएनमा जलवायु न्यायको मुद्दा शसक्त रुपमा उठाउन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

      झण्डाभन्दा महत्वपूर्ण अर्थमन्त्रीको भारत भ्रमणको उपलब्धि हो : रास्वपा

      गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

      एसियाली महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हरायो

      सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

      रितु सिंहको बिलौना : प्रहरी र सरकारी वकिलको मिलेमतोमा मुद्दा कमजोर बनाइयो

      सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

      सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

      नेपालमा उत्थानशील डिजिटल रूपान्तरण आवश्यक : सञ्चारमन्त्री

      एशियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल विजयी

      मोरङमा पक्राउ परेका विश्लेषक दाहाललाई काठमाडौं पठाइँदै

      गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

      असोज ८ देखि १२ सम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

      ईडीएल भिआरएसमार्फत ड्राइभिङ लाइसेन्स छपाइ सुरु

    होमपेज /  राजनीती

    अर्थतन्त्रको पुनर्संरचनाबिना आर्थिक रूपान्तरण असम्भव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ७, बिहिबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०६ पटक पढिएको
  • काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा विज्ञ तथा सरकारी अधिकारीबीच बिहीबार बसेको अर्थ समितिका छलफल गरिएको छ ।

    बैठकमा बोल्दै अर्थविद् डा.डिल्लीराज खनालले अर्थतन्त्रको पुनर्संरचनाबिना नेपालको सन्दर्भमा आर्थिक रूपान्तरण सम्भव नभएको दाबी गरे।
    उनले रूपान्तरणका लागि सुशासन पहिलो शर्त भएको बताउँदै हाल भइरहेका पुनर्संरचनाका बहसहरू यथास्थितिवादी भएको टिप्पणी गरे।
    ‘अर्थतन्त्रका पाँच छ वटा क्षेत्रहरूलाई नयाँ ढंगले प्राथमिकीकरण गर्दैमा मात्रै पुनर्संरचना हुँदैन, सिद्धान्त र प्राथमिकता पनि बाचा गरिएका कुरासँग ठ्याक्कै मेल खाँदैन,’ डा.खनालले भने।

    उनले नयाँ चरणको आर्थिक सुधारको कुरा सकारात्मक र समय सान्दर्भिक भए पनि सरकारका नीतिहरूमा वैचारिक स्पष्टता नभएको बताए । एकातिर सामाजिक बजार अर्थतन्त्रको कुरा गर्ने र सँगसँगै उदारवादमा जाने कुराले अन्योल सिर्जना गरेको उल्लेख गर्दै उनले यी विषयहरू र अर्थतन्त्रको रूपान्तरणबीच कसरी तादात्म्यता मिल्छ भन्ने कुरा बजेटमार्फत स्पष्ट हुनुपर्नेमा जोड दिए।

    छलफलमा उठेका सुझावहरूलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका अर्थसचिव घनश्याम उपाध्यायले प्राप्त महत्त्वपूर्ण सुझावहरूलाई अर्थमन्त्रीसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

    बैठकमा बजेटको आकार यथार्थपरक हुनुपर्ने, पूँजीगत खर्च बढाउनुपर्ने, चालु खर्च घटाउनुपर्ने, राजस्वको दायरा विस्तार गर्नुपर्ने, उत्पादनमा जोड दिनुपर्ने, पुराना कानुन संशोधन गर्नुपर्ने र विकासमा क्षेत्रीय सन्तुलन कायम गर्नुपर्ने जस्ता सुझावहरू प्राप्त भएको उनले जानकारी दिए।
    अर्थसचिव उपाध्यायले सरकारले नै सबै खर्च गरेर मात्रै उत्पादनशीलता बढाउन नसक्ने स्पष्ट पारे।

    ‘यससँगै सरकारको बजेट तयारीको क्रममा मलाई के लाग्छ भने सरकारले नै खर्च गरेर सबै उत्पादनशीलता ल्याउने होइन। तर सरकारले गरेको एक युनिट खर्चले कति उत्पादन र रोजगारी दिन सक्छ भन्ने दिशामा भूमिका खेल्ने किसिमको बजेट हुनुपर्छ भन्ने लाग्छ,’ उनले भने ।

    विगतमा सरकारले सिमेन्ट उद्योगसम्म पहुँच मार्ग र जलविद्युत् आयोजनासम्म ट्रान्समिसन लाइन पुर्याइदिने नीति लिएकै कारण आज ती क्षेत्रमा मुलुक आत्मनिर्भर बन्न सफल भएको उदाहरण दिँदै उनले अन्य क्षेत्रमा पनि सरकारले यस्तै सहजीकरण गर्नुपर्ने बताए।

    साथै, उनले सरकारको नियमित बजेट वासलातभन्दा बाहिर (आउट अफ गभर्मेन्ट ब्यालेन्स सिट) बाट पनि अब विकास गतिविधिहरू अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। सरकारले वैकल्पिक वित्त व्यवस्थापन (अल्टरनेटिभ फाइनान्सिङ) सम्बन्धी विधेयक संसदमा दर्ता गरिसकेको जानकारी दिँए ।

    सरकारले वैकल्पिक वित्तीय व्यवस्थासम्बन्धी विधेयक संसद्मा दर्ता गरिसकेको उल्लेख गर्दै उक्त विधेयक छिट्टै पारित भए आगामी आर्थिक वर्षको बजेटमै निजी क्षेत्रबाट विकास गरिने सार्वजनिक पूर्वाधार आयोजनालाई छुट्टै अनुसूचीमार्फत समावेश गर्न सकिने बताए।

    अर्थसचिव उपाध्यायले भने, ‘संसदबाट उक्त विधेयक छिटो पारित भएमा आगामी आर्थिक वर्षकै बजेटमा निजी क्षेत्रबाट विकास गरिने सार्वजनिक पूर्वाधारका आयोजनाहरूलाई छुट्टै अनुसूचीमा राखेर अघि बढ्न हामी चाहन्छौं। यसका लागि सांसदज्यूहरूसँग हाम्रो हार्दिक अनुरोध छ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

    गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

    देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

    धिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

    सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    यूएनमा जलवायु न्यायको मुद्दा शसक्त रुपमा उठाउन प्रधानमन्त्रीलाई…

    झण्डाभन्दा महत्वपूर्ण अर्थमन्त्रीको भारत भ्रमणको उपलब्धि हो :…

    गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑