• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै

      प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’

      ६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी

      युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

      आज प्रणय दिवस : विश्वभर प्रेम साटासाट गरी मनाइँदै

      आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

      आज २०८२ फागुन २ गते शनिबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

      रोजगारी सिर्जनादेखि सुशासनसम्म: काठमाडौं–२ मा अनुप बोहराको राजनीतिक अभियान

      को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

      अध्यागमन ऐनमा प्रशस्त छलफल गर्नुपर्नेमा डा.भुसालको जोड

      गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

      कार्यसम्पादन मुल्याङ्कनमा कर्णाली सरकार कमजोर, ११ मध्ये पाँच सूचकमा शुन्य अंक

      युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

      निर्वाचन सुरक्षा कडाइ : फागुन १५ देखि २२ सम्म सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी संचालनमा रोक

    होमपेज /  अन्य

    इन्द्रसरोवर–३ सिस्नेरीमा राप्रपाको वडास्तरीय प्रचारप्रसार समिति गठन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ २४, शनिबार (१ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४८ पटक पढिएको
  • हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी गतिविधि तीव्र बनाएको छ । यसैक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ सिस्नेरीमा भेटघाट तथा प्रचारप्रसार समिति गठन गरिएको छ ।

    राप्रपाका तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट लक्ष्मी नगरकोटीको संयोजकत्वमा वडास्तरीय प्रचारप्रसार समिति गठन गरिएको हो। समितिको सहसंयोजकमा शिव नगरकोटी र सचिवमा सुमन नगरकोटी चयन भएका छन्। सदस्यहरूमा सुमित्रा नगरकोटी, गीताकुमारी थापा, प्रमिला नगरकोटी, मञ्जरी नगरकोटी, सबिना नगरकोटी र चिनीमैया नगरकोटी रहेका छन्।

    भेलामा आगामी दिनमा सञ्चालन गरिने प्रचारप्रसार कार्यक्रम, घरदैलो अभियान तथा मतदाता भेटघाटलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको थियो। वडास्तरबाटै संगठित रूपमा अभियान सञ्चालन गर्ने लक्ष्यसहित समिति गठन गरिएको जनाइएको छ ।

    चुनावी मैदानमा उत्रिएपछि उम्मेदवार थोकरले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ सल्ले, वडा नम्बर–३ सिस्नेरी, कुलेखानी, कलंकी, मार्खु, थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङलगायत स्थानमा स्थानीय नागरिकसँग भेटघाट र संवाद गरिसकेका छन्। उनले मतदाताका धारणा सुन्ने, समस्या बुझ्ने र आफ्नो राजनीतिक प्रतिबद्धता स्पष्ट गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन्।

    उम्मेदवार थोकरले घरदैलोका क्रममा प्राप्त सुझाव र धारणालाई आगामी राजनीतिक भूमिकामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै आफू सधैं जनताको मुद्दा बोकेर अघि बढ्ने स्पष्ट पारे। उनले सिस्नेरी क्षेत्रका बाढीपीडितको पक्षमा सदनमा आवाज उठाउने र सिस्नेरी बजारलाई पुरानै अवस्थामा फर्काउने वाचा गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रोजगारी सिर्जनादेखि सुशासनसम्म: काठमाडौं–२ मा अनुप बोहराको राजनीतिक अभियान

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    ४ महिनाको झापा बसाईपछि पुर्व राजा आज काठमाडौंमा, निषेधाज्ञाको वावजुद एयरपोर्ट बाहिर दुगासहितका समर्थकहरुको प्रदर्शन

    नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा ३१ औँ जनयुद्ध दिवस मनाउँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै

    प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’

    ६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा…

    युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ…

    युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास…

    अध्यागमन ऐन संशोधन र भिसा प्रणाली डिजिटलाइजेसनमा गृहमन्त्रीको…

    ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने

    स्वतन्त्र मतदानले मात्र मुलुकमा सुशासन प्रवाह हुन्छ :…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    साताको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबार रकम ११ अर्ब नाघ्यो

    ‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑