• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै

      प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’

      ६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी

      युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

      आज प्रणय दिवस : विश्वभर प्रेम साटासाट गरी मनाइँदै

      आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

      आज २०८२ फागुन २ गते शनिबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

      रोजगारी सिर्जनादेखि सुशासनसम्म: काठमाडौं–२ मा अनुप बोहराको राजनीतिक अभियान

      को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

      अध्यागमन ऐनमा प्रशस्त छलफल गर्नुपर्नेमा डा.भुसालको जोड

      गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

      कार्यसम्पादन मुल्याङ्कनमा कर्णाली सरकार कमजोर, ११ मध्ये पाँच सूचकमा शुन्य अंक

      युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

      निर्वाचन सुरक्षा कडाइ : फागुन १५ देखि २२ सम्म सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी संचालनमा रोक

    होमपेज /  समाचार

    प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन २, शनिबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । आज १४ फेब्रुअरी, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन । खासगरी युवायुवतीहरूले एक अर्काबीच प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा लिइन्छ यो दिनलाई ।

    हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने ‘भ्यालेन्टाइन डे’ केवल एक दिन मात्र होइन, यो प्रेम, समर्पण र आत्मीयताको उत्सव हो । यो दिनले हामीलाई सम्झाउँछ माया भन्नु केवल शब्द होइन, अनुभूति हो; केवल साथ हुनु होइन, साथ निभाउनु हो ।

    प्रेम कुनै सीमामा बाँधिँदैन । यो न उमेरले छेक्छ, न दूरीले रोक्छ । प्रेम त्यो मिठो अनुभूति हो, जहाँ दुई हृदयहरू एक अर्काको धड्कन सुन्न सक्छन् ।

    भ्यालेन्टाइन डेको अवसरमा महँगो उपहार आवश्यक छैन । एउटा हातले लेखिएको चिठी, मनपर्ने फूल, वा सँगै बिताएको केही क्षण यी नै साँचो उपहार हुन् । प्रेम देखाउनका लागि शब्दभन्दा बढी भावना चाहिन्छ ।

    साँचो प्रेम केवल रमाइलो क्षणहरूमा मात्र होइन, अप्ठ्यारो परिस्थितिमा पनि अडिग रहन्छ । प्रेम भनेको एक अर्काको कमजोरीलाई स्वीकार्दै, भविष्यका सपनाहरू सँगै बुन्ने साहस हो ।

    भ्यालेन्टाइन डे केवल प्रेमी प्रेमिकाको दिन मात्र होइन, यो आत्मीयता, सम्मान, विश्वास र भावनात्मक सम्बन्धको उत्सव पनि हो । बदलिँदो समयसँगै यसको स्वरूप फराकिलो बन्दै गएको छ आज यो दिन प्रेमी जोडीसँगै परिवार, साथीभाइ र आफन्तप्रति स्नेह व्यक्त गर्ने अवसरका रूपमा समेत मनाउन थालिएको छ ।

    प्रेम कुनै देखिने वस्तु होइन, तर यसको प्रभाव जीवनभर महसुस गर्न सकिन्छ । प्रेम त्यस्तो भावना हो जसले मानिसलाई सकारात्मक बनाउँछ, आत्मविश्वास बढाउँछ र जीवनलाई अर्थपूर्ण बनाउँछ । साँचो प्रेममा अधिकारभन्दा बढी विश्वास हुन्छ, र अपेक्षाभन्दा बढी समझदारी ।

    भ्यालेन्टाइन डेमा धेरैले फूल, चकलेट, उपहार वा विशेष डेटमार्फत प्रेम व्यक्त गर्छन् । तर प्रेमको मूल्य उपहारको महँगोपनले होइन, भावनाको गहिराइले मापन हुन्छ । कहिलेकाहीँ एउटा इमानदार सन्देश, एउटा स्नेहिल अँगालो, वा सँगै बिताएको केही शान्त क्षण नै सबैभन्दा ठूलो उपहार बन्न सक्छ ।

    सम्मान, संवाद र सहकार्यबिना कुनै पनि सम्बन्ध दीगो हुन सक्दैन । त्यसैले प्रेम व्यक्त गर्ने दिनको रूपमा मात्र होइन, सम्बन्धलाई सुदृढ बनाउने अवसरका रूपमा पनि यस दिनलाई लिन आवश्यक छ ।

    आजको विश्वमा धेरै प्रेमिल जोडीहरू अध्ययन, रोजगारी वा अन्य कारणले एक देशबाट अर्को देशमा बसिरहेका हुन्छन् ।

    दूरीले भेटघाट कठिन बनाइदिए पनि प्रविधिले सम्बन्धलाई जोडिराख्ने माध्यम दिएको छ । यद्यपि, भौगोलिक दूरीका कारण यो दिन कतिपयका लागि भावनात्मक रूपमा चुनौतीपूर्ण पनि बन्न सक्छ । यस्तो अवस्थामा उपहारभन्दा बढी विश्वास, नियमित संवाद र आपसी समझदारीले सम्बन्धलाई मजबुत बनाउँछ ।

    नेपालजस्तो विविध संस्कृतिले भरिएको समाजमा भ्यालेन्टाइन डे मनाउने तरिका फरक फरक छ । कतिपयले यसलाई आधुनिक प्रभावका रूपमा हेर्छन् भने कतिपयका लागि यो सम्बन्धलाई पुनः स्मरण गर्ने अवसर हो । अझै पनि नेपाली समाजमा यो दिनलाई अनिवार्य रूपमा मनाउनैपर्छ भन्ने व्यापक सोच छैन, तर विस्तारै युवापुस्तामाझ यसको स्वीकार्यता बढ्दै गएको देखिन्छ ।

    भ्यालेन्टाइन डे केवल प्रेमी प्रेमिकाको दिन मात्र होइन; यो परिवार, साथीभाइ र आफन्तप्रति स्नेह, सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसर पनि हुन सक्छ । प्रेम आफैंमा सार्वभौमिक मूल्य हो, जसले भाषा, संस्कार र सीमाना पार गरेर मानिसलाई एकआपसमा जोड्छ ।

    सप्ताहकै रूपमा भ्यालेन्टाइन डे

    ‘भ्यालेन्टाइन डे’ लाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ । जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ । यस दिनमा युवायुवतीहरू एकान्त ठाउँ, पार्क तथा विभिन्न स्थानमा डेटिङ जाने गर्छन् । प्रेम दिवस विशेष गरी ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढी लोकप्रिय छ ।

    इतिहासको कुरा

    संसारभर लोकप्रिय भ्यालेन्टाइन डे को इतिहास रोचक छ । यसको इतिहास एक महान् प्रेमीको वलिदानसँग जोडिएको छ । तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डे को खास अर्थ फर्केर हेर्दा पादरी सेन्ट भन्यालेन्टाइनको वलिदानी जोडिएको छ ।

    तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानव धर्मविरुद्ध भएको ठान्दथे ।

    त्यसपछि भ्यालेन्टाइनले सम्राटको आदेश विपरित लुकिछिपी विभिन्न जोडीहरूको बिहे गराइदिन थाले ।

    पादरीले बिहे गराइ दिएको खबर एक कान दुई कान मैदान हँुदै सम्राटसम्म आइपुग्यो । र, सम्राटको आदेशमा भ्यालेनटाइनलाई प्रक्राउ गरी जेलमा थुनियो । अनि मृत्युदण्ड दिने निर्णय गरियो । भ्यालेनटाइनलाई झुण्ड्याउनु अगाडि उनले ‘लभ फ्रम भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिएका थिए ।

    भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइएको थियो । उनलाई मृत्युुदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो । भ्यालेन्टाइनले ती महिलालाई प्रेमको बारेमा दिएको उक्त लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ । भ्यालेन्टाइन डे का दिन आफ्नो सन्देश खवर लेखेर प्रेमी प्रेमिकालाई दिने चलन पछि चल्यो ।

    विशेषगरी फेब्रुअरी महिनालाई प्रेम र शान्तिको महिना पनि भनेर चिनिन्छ । यस अवसरमा जसरी युवायुवती तथा प्रेमप्रेमिकाहरु प्रेम र विश्वासको प्रतीकको रूपमा मनाइरहेका छन् यो दिवस, यसैगरी सदैव एक अर्काबीच विश्वासको आभास भइराखोस् । यही छ मेरो सबै जोडीहरुमा शुभकामना । शुभ प्रेम दिवस ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज प्रणय दिवस : विश्वभर प्रेम साटासाट गरी मनाइँदै

    आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

    आज २०८२ फागुन २ गते शनिबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

    आज विश्व रेडियो दिवस मनाइँदै

    रौतहटको नमुना सामुदायिक वनमा आगलागीः १ करोड बढीको काठ नष्ट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै

    प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’

    ६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा…

    युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ…

    युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास…

    अध्यागमन ऐन संशोधन र भिसा प्रणाली डिजिटलाइजेसनमा गृहमन्त्रीको…

    ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने

    स्वतन्त्र मतदानले मात्र मुलुकमा सुशासन प्रवाह हुन्छ :…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    साताको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबार रकम ११ अर्ब नाघ्यो

    ‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑