काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडीबीका अनुसार उक्त ऋणबाट सञ्चालन हुने एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फत १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्... विस्तृतमा