काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १०) सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार भने सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।... विस्तृतमा