सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने हतियार नबनाउन सरकारलाई चेतावनी दिएका छन् ।
सरकारको आलोचना गरेकै आधारमा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएर त्रास सिर्जना गर्न खोजिएको आरोप लगाउँदै थापाले पक्राउ गर्नुपर्ने भए हत्कडी लिएर आउन चुनौती दिएका हुन् ।
मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गर्ने व्यक्तिलाई पक्राउ गर्ने हल्ला फैलाएर डर देखाउने प्रयास भइरहेको बताए ।
उनले आफू यस्ता धम्की र त्रासबाट नडराउने स्पष्ट पार्दै सरकारलाई राजनीतिक प्रतिशोधको बाटो नअपनाउन आग्रह गरे ।
राज्यका सुरक्षा संयन्त्रलाई राजनीतिक असहमति दबाउन प्रयोग गर्न खोजिए त्यसको प्रतिवाद गर्ने सन्देश दिँदै थापाले आफूलाई पक्राउ गर्नैपर्ने भए हत्कडीसहित आउन सरकारलाई चुनौती दिएका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा