• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ८, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध थप सुदृढ बनाउनु पर्नेमा जोड

      शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से २६३८ विन्दुमा

      धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

      रथीमा बढुवा भएका अनुपजंग थापाले लगाए फुली

      पक्राउ गर्ने भए हत्कडी लिएर आउन सरकारलाई गगन थापाको चेतावनी

      काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

      बालेनका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जाहेरी

      आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

      ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास

      सरकारलाई रास्वपा सांसद मनिष झाको चेतावनी: सुनकोसी–मरिण डाइभर्सनको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ

      जनकपुरधाम आईपुग्यो अयोध्या—जनकपुर (सरयू कमला)एक्सप्रेस रेल, यात्रुहरुको भव्य स्वागत

      गुरुनानकका विचारले समतामूलक र सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

      डेढ अर्बको प्रदेश रङ्गशाला सरकारको स्वामित्वमा, नियमित उपयोग हुनुपर्ने

      सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

      भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किए

    होमपेज /  अन्य

    डेढ अर्बको प्रदेश रङ्गशाला सरकारको स्वामित्वमा, नियमित उपयोग हुनुपर्ने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ८, मंगलबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला निर्माण व्यवसायीले सोमबार प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको रङ्गशाला औपचारिक रूपमा सरकारको स्वामित्वमा आएसँगै प्रतियोगिता सञ्चालनको तयारीले थप गति लिएको छ ।

    कर्णाली प्रदेश सरकारले एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढी लगानी गरेर निर्माण गरेको रङ्गशाला लामो प्रतीक्षापछि सरकारको मातहतमा आएको हो। निर्माण सम्पन्न भएको लामो समयसम्म पनि प्राविधिक मूल्याङ्कन, अन्तिम भुक्तानी र हस्तान्तरण प्रक्रियाका कारण रङ्गशाला औपचारिक रूपमा प्रदेश सरकारलाई बुझाइएको थिएन ।

    एमएसी/जीएसएल जेभीले निर्माण गरेको रङ्गशाला २०८१ जेठ ११ गतेभित्र सम्पन्न गर्ने सम्झौता थियो। तर निर्धारित समयमा निर्माण कार्य पूरा हुन सकेन। निर्माण कम्पनीले बाँकी कामसमेत सम्पन्न गरेपछि पनि करिब तीन करोड रुपैयाँ अन्तिम भुक्तानीको विषय र प्राविधिक मूल्याङ्कनका कारण हस्तान्तरण प्रक्रिया लम्बिएको थियो ।

    निर्माण कम्पनीले काम सम्पन्न भएको लामो समयसम्म भुक्तानी नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा रङ्गशालामा ताला लगाउने चेतावनीसमेत दिएको थियो। मुख्यमन्त्री मंगलबहादुर शाहीले प्राविधिक मूल्याङ्कन र तेस्रो पक्षबाट परीक्षण गराएर भुक्तानी प्रक्रिया टुङ्ग्याउने बताएका थिए। अन्ततः हस्तान्तरण प्रक्रिया पूरा भएको हो ।

    १० हजार दर्शक अट्ने आधुनिक रङ्गशाला

    करिब १० हजार दर्शक क्षमताको प्रदेश रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान, आठ लेनको सिन्थेटिक एथलेटिक्स ट्र्याक, पौडी पोखरी, मार्सल आट्र्स हल, भलिबल तथा बहुउद्देश्यीय कभर्डहललगायतका संरचना निर्माण गरिएका छन्। कभर्डहलमा मात्रै करिब एक हजार पाँच सय दर्शक अटाउन सक्छन्।

    रङ्गशालामा खेलाडीका लागि चेन्जिङ रुम, मेडिकल कक्ष, फिजियोथेरापी कक्ष, रेफ्री कक्ष, भीआईपी प्यारापिट तथा भूमिगत पार्किङलगायतका सुविधा पनि छन्। आधुनिक खेल पूर्वाधारसहित निर्माण भएको यो रङ्गशाला कर्णाली प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण सम्पत्ति बनेको छ।

    मंसिर १६ देखि राष्ट्रिय खेलकुदको महाकुम्भ

    कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते यही रङ्गशालामा हुनेछ। प्रतियोगिता भने मंसिर ८ गतेदेखि नै सुरु भइसकेको छ । मंसिर २७ गते समापन समारोह पनि यही रङ्गशालामा आयोजना हुनेछ।

    प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीका खेलाडी सहभागी हुँदैछन्। ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा करिब ६ हजार पाँच सय खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।

    रङ्गशालालाई प्रतियोगिताको उद्घाटन तथा समापन समारोहसँगै प्रमुख खेल सञ्चालनको केन्द्र बनाइएको छ। फुटबल, एथलेटिक्स, भलिबल, करातेलगायतका खेल यही परिसरमा सञ्चालन गर्ने तयारी छ। केही खेल सुर्खेतका अन्य खेलस्थल तथा कर्णालीका विभिन्न जिल्लामा पनि आयोजना हुँदैछन्।

    मुख्यमन्त्री शाहीको प्राथमिकतामा खेलकुद पूर्वाधार र व्यवस्थापन

    मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुदलाई कर्णालीको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा लिँदै तयारीलाई प्राथमिकतामा राखेका छन्। खेलस्थल व्यवस्थापन, खेल सामग्री, खेलाडीको आवास, खानपान, यातायात, स्वास्थ्य सेवा र सुरक्षालाई प्रभावकारी बनाउन उनले सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै आएका छन्।

    प्रतियोगिताका लागि पूर्वाधार सामान्य मर्मतबाहेक अधिकांश खेलस्थल तयार भइसकेको प्रदेश सरकारले जनाएको छ। खेलाडी तथा अफिसियलको बसोबासका लागि पाँच हजार नौ सय बेडको व्यवस्था गरिएको छ। प्रतियोगिता व्यवस्थित बनाउन सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र र विभिन्न व्यवस्थापन समितिलाई परिचालन गरिएको छ।

    मुख्यमन्त्री शाहीले कर्णालीमा ठूला राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न सकिँदैन भन्ने भाष्यलाई दशौँ राष्ट्रिय खेलकुद सफल बनाएर बदल्ने उद्देश्य रहेको बताउँदै आएका छन्। प्रतियोगितालाई खेलकुदमा सीमित नराखी कर्णालीको पर्यटन, संस्कृति, स्थानीय उत्पादन र सम्भावना राष्ट्रियस्तरमा चिनाउने अवसरका रूपमा उपयोग गर्ने प्रदेश सरकारको योजना छ।

    प्रतियोगितापछि रङ्गशालाको उपयोग मुख्य चुनौती

    दशौँ राष्ट्रिय खेलकुद सम्पन्न भएपछि प्रदेश रङ्गशालाको नियमित सञ्चालन, संरक्षण र व्यवस्थापन प्रदेश सरकारका लागि अर्को महत्वपूर्ण जिम्मेवारी हुनेछ। डेढ अर्बभन्दा बढी लगानीमा बनेको पूर्वाधारलाई प्रतियोगिताको केही दिनका लागि मात्रै उपयोग गरेर छाड्नु नहुने स्थानीयहरुको भनाइ छ ।

    यसलाई नियमित खेल प्रशिक्षण, खेलाडी उत्पादन, प्रदेशस्तरीय प्रतियोगिता तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल आयोजनाको केन्द्र बनाउन सके कर्णालीको खेलकुद विकासमा दीर्घकालीन योगदान पुग्न अपेक्षा गरिएको छ ।

    दशौँ राष्ट्रिय खेलकुदले कर्णालीलाई राष्ट्रिय खेलकुदको केन्द्रमा उभ्याउने अवसर दिएको छ। प्रदेश रङ्गशालाको हस्तान्तरणसँगै अब प्रदेश सरकारसामु प्रतियोगिता सफल बनाउने मात्र होइन, यसबाट प्राप्त पूर्वाधार र अवसरलाई भविष्यसम्म उपयोग गर्ने जिम्मेवारी पनि थपिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

    जनकपुरधाम आईपुग्यो अयोध्या—जनकपुर (सरयू कमला)एक्सप्रेस रेल, यात्रुहरुको भव्य स्वागत

    नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति सहित)

    नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता दिने भारतको घोषणा, ऊर्जा क्षेत्रमा १ खर्ब ८४ अर्ब ऋण

    नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री

    बालेनको नेतृत्वमा नेपालको नयाँ पुस्ताको आशा र आकांक्षा प्रतिबिम्बित भएको छ : मोदी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध…

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से २६३८ विन्दुमा

    धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर…

    रथीमा बढुवा भएका अनुपजंग थापाले लगाए फुली

    सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध…

    रथीमा बढुवा भएका अनुपजंग थापाले लगाए फुली

    बालेनका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान…

    सरकारलाई रास्वपा सांसद मनिष झाको चेतावनी: सुनकोसी–मरिण डाइभर्सनको…

    आर्थिक

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से २६३८ विन्दुमा

    नेपाल–भारत ऊर्जा सहकार्यमा नयाँ उपलब्धि: अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, झापामा नयाँ आयल टर्मिनलको शिलान्यास

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑