सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.३८ अंकले घटेर २ हजार ६२१.२९ विन्दुमा झरेको हो ।
यस दिन बजारमा कुल ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये ८९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ वटाको मूल्य घटेको छ । त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन सेयर मूल्य अधिकतम ५.१५ प्रतिशतसम्म बढ्दा केही कम्पनीको मूल्य ८.५० प्रतिशतसम्म घटेको छ ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अन्य कम्पनीको कारोबार रकम भने १४ करोड रुपैयाँसम्म सीमित रहेको छ ।
नेप्सेका अनुसार शुक्रबार वाणिज्य बैंक र सामूहिक लगानी कोष समूहको परिसूचकमा मात्रै वृद्धि भएको छ । बाँकी सबै समूहका परिसूचक घटेर बजार राताम्य बनेका छन् ।
समग्रमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा साताको अन्तिम दिन बजार नकारात्मक बनेको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा