• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ४, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

      एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई लाख प्रयोगकर्ताले टिकट किन्न खोजे

      मकवानपुरका विभिन्न स्थानमा एकादशी मेला, भक्तजनको घुइँचो

      सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

      प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

      निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

      स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

      वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ :अध्यक्ष ओली

      नेपालका प्रधानमन्त्रीको भारत भ्रमणः के भन्छन् भारतीय पत्रकार ?

      केपी ओलीको चेतावनीः स्थानीय तहको निर्वाचन ‘लडाइँको थलो’ बन्नेछ

      कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ, असली कांग्रेस हामी नै हौं : निधि

      सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

      कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिंदैछु : भुपेन्द्रजंग शाही

      स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ : मन्त्री साह

      सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    होमपेज /  राजनीती

    निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ४, शुक्रबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई सरकारको पनि भएको बताएका छन् ।

    निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले निर्वाचन आयोगले निर्वाचनअघि नै राजनीतिक दलहरूसँग छलफल गर्ने पहल गर्नु स्वागतयोग्य भएको बताए ।

    उनले निर्वाचन आयोगको निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने आफ्नै जिम्मेवारी भए पनि त्यसको सुनिश्चितताका लागि सरकारको भूमिका अझ महत्त्वपूर्ण हुने बताए ।

    उनले भने, ‘निर्वाचनभन्दा अगाडि राजनीतिक दलहरूसँग बसेर छलफल गर्ने निर्वाचन आयोगको यो पहल स्वागतयोग्य छ । निर्वाचन आयोगको निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने सन्दर्भमा आफ्नो एउटा जिम्मेवारी छ, तर त्यो सीमित छ ।’

    उनले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुने बताए । भदौ २३ र २४ को घटनापछि उत्पन्न राजनीतिक रिक्तताका बीच निर्वाचन सम्पन्न गर्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक दलहरूसँग गरेको संवाद र वातावरण निर्माण महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

    उनले भने, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने कुरामा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ । सरकारले अरू कैयौँ विषयमा म नेपालमा कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्ष चिन्दिनँ, कसैलाई चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ भन्दै गर्दा अरू बेलामा सरकारको कामकारबाही चल्छ, त्यो निर्वाचनमा चल्दैन।’

    स्थानीय र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकारले आवश्यक पहलकदमी लिनुपर्ने उनले बताए । निर्वाचन आयोगले सरकारको भूमिकाबारे पनि समयमै ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ थियो ।

    निर्वाचनको मिति र प्रक्रियाबारे बोल्दै थापाले संविधान र कानुनले निर्वाचनको समय निर्धारण गरे पनि अहिलेको परिस्थिति विशिष्ट रहेको बताए । सामान्य अवस्थामा स्थानीय तह र प्रदेशसभाको निर्वाचन फरक समयमा हुने भए पनि एकैपटक निर्वाचन गर्ने विषयमा पनि छलफल गर्न सकिने उनको भनाइ थियो ।

    उनले निर्वाचन एकैपटक गर्ने विषयमा सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए । निर्वाचन खर्च, आचारसंहिता तथा निर्वाचनका बेला प्रशासनिक काम प्रभावित हुने अवस्थालाई समेत ध्यानमा राखेर सरकारले प्रस्ताव ल्याउनुपर्ने उनको भनाइ थियो ।

    थापाले निर्वाचनसम्बन्धी विषयमा राजनीतिक दलहरूबीच आपसी छलफल गर्नुका साथै सम्बन्धित संयन्त्रमा पनि छलफल गर्ने बताए ।

    यसैगरी, दलित, अपाङ्गता भएका व्यक्ति तथा विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्ने विषयमा कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

    संविधान र अदालतले समेत यस विषयमा स्पष्ट बोलिसकेको तथा राजनीतिक दलहरूले आफ्ना निर्वाचन घोषणापत्रमा प्रतिबद्धता जनाउँदै आएको भए पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो ।

    उनले भने, ‘दलितको सहभागिताको सन्दर्भमा, अपाङ्गता भएको व्यक्तिको सन्दर्भमा, विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने विषयका सन्दर्भमा हाम्रो संविधानले नै बोलिसकेको छ। हाम्रो सम्मानित अदालतले पटक–पटक बोलेको छ। हामी दलहरू सबैले आफ्नो घोषणापत्रमा लेखेका छौँ।’

    उनले निर्वाचनअघि मात्रै यी विषयमा छलफल गरेर नहुने भन्दै आवश्यक कानुन निर्माणको प्रक्रिया टुङ्ग्याउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरे ।

    उनले भने, ‘निर्वाचनको अगाडि आइसकेपछि खाली मन भुलाउन गरेको जस्तो कुरा मात्र हुने भयो। यसको लागि चाहिने कानुन हो। त्यो कानुनको विषयमा कानुन टुङ्ग्याउनुस्। सबै दलले आफ्नो निर्वाचन घोषणापत्रमा लेखेर आएका छन्, तर यो कसरी गर्ने, के गर्ने भन्ने कुरा टुङ्ग्याउनुस् भन्ने कुरा हामीले राखेका छौँ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

    प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

    स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

    वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ :अध्यक्ष ओली

    कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ, असली कांग्रेस हामी नै हौं : निधि

    पूर्वपरराष्ट्रमन्त्रीहरु भन्छन् : नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण बनोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई…

    एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई…

    मकवानपुरका विभिन्न स्थानमा एकादशी मेला, भक्तजनको घुइँचो

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने…

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने…

    स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ…

    प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

    धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको…

    आर्थिक

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑