• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती

      नेपालमै पहिलो पटक लेचर एन्टेना, आभा स्क्यानर र वास्तु गुरुको व्यावहारिक कार्यशाला सञ्चालन गर्दै संस्कार एकेडेमी

      विवाहपञ्चमी महोत्सवको तयारी सुरु

      आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने

      लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती

      पूर्वपरराष्ट्रमन्त्रीहरु भन्छन् : नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण बनोस

      खाद्यले धान खरिदको कोटा घटाएको भन्दै कृषक असन्तुष्ट, पालो नपाएकोमा आक्रोश

      मानव बेचबिखनसम्बन्धी विधेयकमा लुपहोल नराख्न सभापति अवस्थीको जोड

      लर्ड्समा बंगलादेश र स्कटल्यान्डसँग खेल्दै नेपाल

      विवाहपञ्चमी महोत्सवको तयारी सुरु

      भैरहवामा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण सुरु

      आफू रास्वपा प्रवेश गरेको भन्दै गरिएको भ्रामक प्रचारप्रति झलनाथ खनालको आपत्ति

      गुप्तचर विभागकै प्रमुख अनुसन्धान अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली !

      दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री

      सामाजिक सञ्जालबाट घृणा फैलाएर एमालेलाई हराइयो : ओली

    होमपेज /  राजनीती

    पूर्वपरराष्ट्रमन्त्रीहरु भन्छन् : नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण बनोस

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ३, बिहिबार (६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३६ पटक पढिएको
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणलाई नेपाल–भारतबीचको आर्थिक सम्बन्ध सुदृढ गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने र भारतीय लगानी नेपालमा आकर्षित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने पूर्वपरराष्ट्रमन्त्रीहरूले बताएका छन् ।

    उनीहरूले प्रधानमन्त्रीको भारत भ्रमणमा दुई देशबीचका विद्यमान समस्या समाधानसँगै व्यापार, जलस्रोत, ऊर्जा, पूर्वाधार, लगानी र सीमा व्यवस्थापनका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका हुन् ।

    नेपाल न्यूज बैंकसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपालले भारतसँगको व्यापार घाटा कम गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

    नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग रहेकाले नेपाली उत्पादनलाई भारतीय बजारमा सहुलियत दरमा निर्यात गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

    उनले भने, ‘विशेष गरेर आर्थिक बजेट घाटा छ, ठूलो व्यापार छ । दुई तिहाइ व्यापार भारतसँग छ, त्यसमा घाटा छ । विशेष गरेर औद्योगिक, खानीजन्य या कृषिजन्य पदार्थहरूको उत्पादन नेपालमा हुन्छ । अर्थात निर्यात हुने गरेका वस्तुहरु–जुस, कफी, चियालगतयतका सामग्री उत्पादनलाई सहुलियत दरमा निकासी गर्न पाउनुपर्छ । त्यसले बजेट घाटाका सन्दर्भमा मद्दत गर्छ । विद्युत् निर्यातका सन्दर्भमा पनि छलफल गर्न सकिन्छ जस्तो लाग्छ ।’

    साउदले दुई देशबीच निर्माण भइरहेका भौतिक पूर्वाधार, रेल सेवा, सुक्खा बन्दरगाह र जलस्रोतमा भारतीय लगानी भित्र्याउने विषयलाई पनि भ्रमणको एजेन्डा बनाउनुपर्ने बताए ।

    ‘जनकपुर–जयनगर रेलको काम शून्य अवस्था छ । केही भौतिक पूर्वाधारहरू दुई देशको सहयोगमा बनिरहेका छन् र कतिपय भौतिक पूर्वाधारहरूको संयुक्त उद्घाटनको कुरा पनि अगाडि आएको छ, त्यो सकारात्मक हुन्छ जस्तो मलाई लाग्छ । सुक्खा बन्दरगाहहरू, जलस्रोतका सन्दर्भमा पनि कुरा गर्न सकिन्छ ।’

    उनले विगतमा दुई देशबीच भएका सहमति कार्यान्वयनमा लैजानुपर्नेमा पनि जोड दिए । पेट्रोलियम पदार्थ आयातका लागि पाइपलाइन विस्तार, कृषि मल उत्पादन कारखाना स्थापना तथा खेलकुद पूर्वाधार र खेलाडीको तालिमका विषयमा पनि छलफल हुनुपर्ने उनको सुझाव छ ।

    नेपाल–भारत सम्बन्ध बहुआयामिक भएकाले सामान्य असमझदारीले सम्बन्धको आधारभूत पक्ष प्रभावित नहुने उनको भनाइ छ । समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्दै सम्बन्धलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

    यसैगरी नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमण विश्वासको वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने बताए । गत वर्ष भदौमा भएका घटनापछि र निर्वाचनबाट नयाँ सरकार गठन भएसँगै दुई देशबीच अविश्वास बढेको उनको विश्लेषण छ ।

    उनले भने, ‘खास गत सालको भदौका घटना र चुनावपछि नयाँ सरकार बनिसकेपछि नेपाल र भारतको बीचमा अलिकति विश्वासको संकट जस्तो देखिन्छ । अविश्वास गहिरिएको म देख्छु । विश्वासको वातावरण निर्माण गर्न सक्नुपर्छ । नेपालले के चाहेको हो भारतबाट, नेपालको परराष्ट्रनीति के हो भन्ने सन्दर्भमा विश्वासको वातावरण निर्माण गर्न जरुरी छ । प्रधानमन्त्री त्यही कुरामा केन्द्रित होऊन् भन्ने मेरो सुझाव छ ।’

    ज्ञवालीले नेपालको राष्ट्रिय हितका विषय उठाउनु भारतविरोधी हुनु नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीले राष्ट्रिय हित र सीमा समस्याका विषयमा आफ्नो धारणा स्पष्ट राख्नुपर्ने बताए ।

    ‘नेपालको राष्ट्रवाद कहिल्यै पनि भारतविरोधी थिएन । जहाँ–जहाँ भारतसँग समस्याहरू भए, ती समस्याहरू उठाउनु भारतविरोध होइन । समस्या आउँदा हामीले चीनको बारेमा पनि आवाज उठाएका छौँ । जतिबेला लिपुलेक नेपाललाई नसोधीकन भारत र चीनले द्विपक्षीय व्यापार गर्ने भनेर सहमति गरे, हामीले त्यसको विरोध गरेका छौँ । त्यसको अर्थ नेपाल चीनविरोधी होइन नि । त्यसकारण नेपालले आफ्नो राष्ट्रिय हितको कुरा गर्नु भनेको कुनै देशको विरोध होइन,’ उनले भने ।

    उनले प्रधानमन्त्रीले विगतमा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई पनि कूटनीतिक रूपमा स्पष्ट पार्नु उपयुक्त हुने बताए ।

    ‘हामी सुगौली सन्धिले तोकिदिएको सीमाभित्र सुरक्षित बस्न चाहन्छौँ । सुगौली सन्धिले नै तोकेको सीमा मिचिँदै गरेको कारणले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताको कुरा उठाएका हौँ । त्यो अभिव्यक्ति गलत थियो, त्यसले उहाँलाई वार्तामा अप्ठ्यारो पर्न सक्छ । अब त्यो कुरालाई उहाँले ठीक ढंगले ह्यान्डल गर्नुपर्छ । अहिले पनि त्यो मेरो अभिव्यक्ति गलत थियो, टङस्लिप भयो अथवा मेरो आशय त्यो होइन भनेर उहाँ आफैँले क्लियर गर्नु राम्रो हुन्छ,’ ज्ञवालीले भने ।

    पूर्वपरराष्ट्र तथा पूर्वअर्थमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीले भारत भ्रमणमा जानुअघि आफ्नो रणनीतिक लक्ष्य स्पष्ट पार्नुपर्ने बताए ।

    उनले भने, ‘नेपालको भारतसँगको सम्बन्धमा हाम्रो प्रधानमन्त्रीज्यूको रणनीतिक लक्ष्य के हो, त्यसमा राम्रोसँग विचार गरेर त्यसबारे स्पष्ट भएर सोहीअनुरूप उहाँ कुरा गर्न जानु राम्रो हुन्छ ।’

    त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले व्यापार घाटा, कृषिजन्य वस्तुको बजार पहुँच, सीमा व्यवस्थापन र ऊर्जा क्षेत्रमा लगानीलाई भ्रमणका प्रमुख एजेन्डा बनाउनुपर्ने बताए ।

    उनले भने, ‘हाम्रो व्यापार घाटाको समस्या छ । हाम्रो कृषिजन्य वस्तुको बजारको कुरा, बोर्डरमा क्वारेन्टाइ, हाम्रो एक्सपोर्टलाई कसरी बढाउने, व्यापार घाटा कसरी घटाउने, लङटर्म विद्युत्‌का कुराहरू, लगानीका कुरा, बोर्डरलाई सुरक्षित गर्ने कुरा र बोर्डरका समस्याहरू जे बाँकी छन् त्यसलाई कसरी टुङ्ग्याउँदै जाने भन्ने कुरा छ । विद्युतमा लगानी र ट्रान्समिसन लाइनका कुराहरू छन् । भारतको प्रत्यक्ष लगानी, फ्लाइट सञ्चालन गर्ने कुराहरू छन् । भारतको पनि नेपालसँग के अपेक्षा छ भन्ने सुरक्षा संवेदनशीलताका कुराहरू हुन्छन् । यी तमाम विषयमा होमवर्क गरेर प्रधानमन्त्री जानुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

    महतले प्रधानमन्त्रीको भ्रमणअघि पर्याप्त गृहकार्य र राजनीतिक दलका नेतृत्वसँग छलफल हुनुपर्ने बताए । भ्रमणमा नयाँ सम्झौता गर्नेभन्दा पनि विगतका सहमति कार्यान्वयनको अवस्था र बाँकी रहेका विषय टुङ्ग्याउने तयारी महत्वपूर्ण हुने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आफू रास्वपा प्रवेश गरेको भन्दै गरिएको भ्रामक प्रचारप्रति झलनाथ खनालको आपत्ति

    नेपाली काङग्रेस देउवा समूहको सभापतिमा सन्दीप

    एमालेकी वरिष्ठ नेता भण्डारी सरकारी सुरक्षाकर्मी लिएर पार्टीको राष्ट्रिय भेलामा सहभागी

    मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू

    छठ पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्नुको सट्टा संकुचित गर्न खोजियो : प्रभु साह

    रवि लामिछानेद्वारा महोत्तरीको ऐतिहासिक मटिहानी मन्दिरको दर्शन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती

    नेपालमै पहिलो पटक लेचर एन्टेना, आभा स्क्यानर र…

    विवाहपञ्चमी महोत्सवको तयारी सुरु

    आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व…

    गुप्तचर विभागकै प्रमुख अनुसन्धान अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली…

    दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री

    सामाजिक सञ्जालबाट घृणा फैलाएर एमालेलाई हराइयो : ओली

    विवादका बिच आनीले सम्हालिन् लुम्बिनी विकास कोषको उपाध्यक्षको…

    आर्थिक

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने नबिल बैंक, नवौँ पटक सम्मानित

    भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑