• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ४, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

      एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई लाख प्रयोगकर्ताले टिकट किन्न खोजे

      मकवानपुरका विभिन्न स्थानमा एकादशी मेला, भक्तजनको घुइँचो

      सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

      प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

      निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

      स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

      वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ :अध्यक्ष ओली

      नेपालका प्रधानमन्त्रीको भारत भ्रमणः के भन्छन् भारतीय पत्रकार ?

      केपी ओलीको चेतावनीः स्थानीय तहको निर्वाचन ‘लडाइँको थलो’ बन्नेछ

      कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ, असली कांग्रेस हामी नै हौं : निधि

      सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

      कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिंदैछु : भुपेन्द्रजंग शाही

      स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ : मन्त्री साह

      सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    होमपेज /  राजनीती

    स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ४, शुक्रबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदिश खरेलले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने विकल्पबारे राजनीतिक दलहरूबीच छलफल भएको बताएका छन् ।

    शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले निर्वाचनको मिति, खर्च, कानुनी तथा प्राविधिक पक्षलाई ध्यानमा राखेर एकैपटक निर्वाचन गर्ने वा फरकफरक समयमा गर्ने भन्ने विषयमा छलफल भएको बताए ।

    उनका अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यस्तै, २०८४ सालको मङ्सिर पहिलो साता प्रदेशसभाको निर्वाचन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

    उनले भने, ‘जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिहरूको म्याद सकिन्छ र निर्वाचन ऐनको दफा ३ को उपदफा १ बमोजिम दुई महिना अगाडि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । त्यसैले जेठ ५ भन्दा दुई महिना अगाडि स्थानीय तहको निर्वाचन हुनुपर्ने अवस्था छ भने मङ्सिरको पहिलो हप्ता प्रदेशको निर्वाचन गर्नुपर्ने अवस्था छ। यी दुईवटै निर्वाचन एकै समयमा गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल भयो।’

    खरेलले पटकपटक निर्वाचन गर्दा राज्यको खर्च बढ्नुका साथै विकास निर्माण र प्रशासनिक कामसमेत प्रभावित हुने बताए । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा झन्डै १८ अर्ब रुपैयाँ खर्च भएको उल्लेख गर्दै उनले निर्वाचन खर्च घटाउने विकल्प खोज्नुपर्ने धारणा राखे ।

    उनले भने, ‘अहिले गत सालकै चुनावमा फागुन २१ को चुनावमा झन्डै १८ अर्ब खर्च भएको छ । अब त्यो खर्च अझै बढ्न सक्छ । एउटा चुनावमा २० अर्ब रुपैयाँ खर्च भयो भने त्यसले कति सय किलोमिटर बाटो बनाउन सकिन्छ? २०० मेगावाट बिजुली निकाल्न सकिन्छ होला ।’

    उनले निर्वाचनका कारण बजेट विनियोजन र विकास खर्चमा समेत असर पर्ने बताए । वर्षभरि विभिन्न तहका निर्वाचन भइरहँदा सरकारको ध्यान विकासभन्दा निर्वाचनतर्फ केन्द्रित हुने उनको भनाइ थियो ।

    खरेलले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, अन्तरजिल्ला मतदानको व्यवस्था गर्ने तथा इन्टरनेट र विद्युतीय मतदान प्रणाली लागू गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

    उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले विगतदेखि नै आफ्नो वाचापत्र, घोषणापत्र र प्रतिबद्धतापत्रमा विदेशमा रहेका नेपालीहरूले चुनावमा भोट हाल्न पाउनुपर्छ भन्ने आवाज उठाउँदै आएको छ । यस विषयमा पनि छलफल भएको छ । अबको चुनावलाई प्रविधिमैत्री बनाउन इन्टरनेट भोटिङदेखि इलेक्ट्रोनिक भोटिङ मेसिनसम्मका विषयमा कुरा भएको छ ।’

    उनका अनुसार निर्वाचनमा बदर मत घटाउने विषयमा पनि आयोगले गृहकार्य गर्ने जनाएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५ प्रतिशत र समानुपातिकतर्फ ३ प्रतिशत मत बदर भएको विषय छलफलमा उठेको उनले बताए ।

    खरेलले निर्वाचनसम्बन्धी निर्णय गर्दा संविधानको मर्म र कानुनी व्यवस्थाविपरीत जान नहुने स्पष्ट पारे । स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा थप छलफल हुने उनले बताए ।

    उनले भने, ‘संवैधानिक, कानुनी, राजनीतिक, प्राविधिक र आर्थिक पाटोबाट जे सजिलो विकल्प हुन्छ र राष्ट्रिय तथा राजनीतिक सहमति हुन्छ, त्यही आधारमा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्छ भन्ने कुरामा राजनीतिक दलहरूबीच सहमति भएको छ।’

    खरेलले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएको भन्दै तत्कालीन अन्तरिम सरकार, निर्वाचन आयोग, सञ्चारमाध्यम र नेपाली जनतालाई धन्यवादसमेत दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

    प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

    निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

    वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ :अध्यक्ष ओली

    कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ, असली कांग्रेस हामी नै हौं : निधि

    पूर्वपरराष्ट्रमन्त्रीहरु भन्छन् : नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण बनोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई…

    एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई…

    मकवानपुरका विभिन्न स्थानमा एकादशी मेला, भक्तजनको घुइँचो

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने…

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने…

    स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ…

    प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

    धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको…

    आर्थिक

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑