सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरेका छन् ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारतको राजकीय भ्रमणमा गएका थिए ।
भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए भने प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए ।
भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार तथा कनेक्टिभिटीलगायतका विषयमा छलफल भएको थियो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा