• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ६, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेपाल–भारत सम्बन्ध ‘दुई दाजुभाइको नाभी जोडिएजस्तै’ : भारतीय पूर्वप्रहरी प्रमुख वैद

      नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, धर्म र राजनीति सँगसँगै अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

      भारत पुगेका प्रधानमन्त्री बालेनलाई राज्यमन्त्रीले स्वागत गरे

      बालेनलाई सुस्ताबासीको आग्रह : बिन्ती छ, सीमा विवाद समाधान होस्

      ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान

      प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ? 

      ३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

      प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो– द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ

      विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 

      सकियो एनपीएल–३ : यस्ता छन् रोचक तथ्य,रेकर्ड र पुरस्कार

      अस्ट्रेलियाका पूर्व सांसद ड्यारिल म्याग्वायरलाई तीन वर्षको जेल सजाय

      दोस्रोपटक मधेशको मुख्यमन्त्री बने सरोजकुमार यादव, लिए शपथ

      भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा विज्ञ टोलीसहित पुनः फिल्डमा

      कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख

      उपाधि जितेपछि जर्ज मुन्सेले भने : ‘यो जित सबै खेलाडी र प्रशिक्षकको मेहनतको प्रतिफल हो’

    होमपेज /  मुख्य समाचार

    नेपाल–भारत सम्बन्ध ‘दुई दाजुभाइको नाभी जोडिएजस्तै’ : भारतीय पूर्वप्रहरी प्रमुख वैद

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ६, आईतबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४४ पटक पढिएको
  • काठमाडौं । भारत र नेपालबीचको सम्बन्ध दुई दाजुभाइको नाभी जोडिएजस्तै रहेको भारतका पूर्वप्रहरी अधिकारी एसपी वैदले बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई पुनर्जीवित गर्दै रणनीतिक साझेदारी थप बलियो बनाउने उनले अपेक्षा गरेका छन् ।

    भारतको जम्मु–कश्मीरका पूर्वप्रहरी महानिर्देशक वैदले नेपाल र भारतबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, सामाजिक र परम्परागत सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशका नागरिकलाई एकअर्काको मुलुकमा भिसाबिना आवतजावत गर्ने सुविधा रहेको बताए ।

    भारतीय समाचार संस्था एएनआईसँग नयाँदिल्लीमा कुरा गर्दै उनले नेपाल र भारतको सम्बन्धलाई ऐतिहासिक र सभ्यतागत आधारले जोडेको बताए । तर, विगत केही वर्षमा विभिन्न कारणले दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको उनको टिप्पणी छ ।

    उनले नेपालमा कम्युनिस्ट प्रभाव बढ्नु, चीनको हस्तक्षेप तथा कम्युनिस्ट पार्टीलाई चीनबाट सहयोग प्राप्त हुनु र पाकिस्तानको गुप्तचर संस्था आईएसआईले खुला सीमाको दुरुपयोग गर्नुले सम्बन्धमा असर पारेको आरोप लगाए । सन् १९९९ मा भएको इन्डियन एयरलाइन्सको आईसी–८१४ विमान अपहरणको घटना उल्लेख गर्दै उनले अपहरणकारीले नेपालको भूमि प्रयोग गरेको र पाकिस्तानको आईएसआईले नेपालमा आफ्नो सञ्जाल विस्तार गरेको दाबी गरे ।

    प्रधानमन्त्री शाह नेतृत्वमा नयाँ सरकार आएपछि भारतसँगको पुरानो सम्बन्ध पुनर्जीवित हुने र रणनीतिक साझेदारी थप सुदृढ हुने आफूले अपेक्षा गरेको उनले बताए ।

    प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ र २३ मा भारतको राजकीय भ्रमणमा छन् । गत मार्च २०२६ मा प्रधानमन्त्री बनेपछि उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । यसअघि दुई प्रधानमन्त्रीबीच टेलिफोन संवाद र सन्देश आदानप्रदान भए पनि यो पहिलो प्रत्यक्ष भेट हुनेछ ।

    भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नेछन् । विकास साझेदारी, ऊर्जा, जलविद्युत्, रेलमार्ग, कनेक्टिभिटी, पूर्वाधार, प्रविधि, जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा सहकार्य विस्तार गर्ने विषय छलफलमा प्राथमिकतामा रहनेछन् ।

    ऊर्जा र व्यापारमा भारत नेपालको प्रमुख साझेदार

    भारत नेपालको सबैभन्दा ठूलो व्यापार, पारवहन र लगानी साझेदार हो । नेपालका वस्तु निर्यातमध्ये करिब ८० प्रतिशत भारत जाने गरेको र नेपालले प्राप्त गर्ने प्रत्यक्ष वैदेशिक लगानीमा भारतको हिस्सा करिब एकतिहाइ रहेको एएनआईले जनाएको छ ।

    ऊर्जा सहकार्यलाई पनि भ्रमणको महत्वपूर्ण विषयका रूपमा हेरिएको छ । नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने लक्ष्यसहित दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ ।

    हाल भारतले नेपालबाट वार्षिक करिब १ हजार २०० मेगावाट विद्युत् आयात गरिरहेको छ । भारतीय कम्पनीहरू नेपालका विभिन्न जलविद्युत् आयोजनाको विकासमा समेत संलग्न छन् । ९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजना त्यसको प्रमुख उदाहरण हो ।

    रेलमार्ग र डिजिटल कनेक्टिभिटीमा सहकार्य

    नेपाल र भारतबीच सीमापार रेलमार्ग, पेट्रोलियम पाइपलाइन तथा एकीकृत जाँच चौकी निर्माणमार्फत व्यापार र नागरिक आवागमन सहज बनाउने काम भइरहेको छ । रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको सम्भावनाबारे पनि दुवै देशले छलफल गर्दै आएका छन् ।

    यसैगरी, अयोध्या र जनकपुरधामलाई जोड्ने यात्रुवाहक रेल सेवा सञ्चालनले धार्मिक पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतले नेपालका ७४ जिल्लामा ६०० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत सहयोग गरेको छ । सडक, रेलमार्ग, जलविद्युत् र प्रसारण पूर्वाधार विकासमा समेत भारतको सहयोग रहेको छ ।

    गत अगस्ट २०२६ मा नेपालमा आएको बाढीपछि भारतले करिब १४० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराउनुका साथै प्राविधिक सहयोगसमेत गरेको थियो ।

    दुई देशबीच डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (एआई), स्टार्टअप, शिक्षा र खेलकुद क्षेत्रमा पनि सहकार्य विस्तार भइरहेको छ । भारतको यूपीआई र नेपालको फोनपेको अन्तरआबद्धताले सीमापार डिजिटल भुक्तानी सहज बनाएको छ ।

    प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सम्पन्न केही परियोजनाको भर्चुअल उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । साथै, विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यसम्बन्धी समझदारीपत्र तथा अन्य दस्तावेज आदानप्रदान हुने अपेक्षा गरिएको छ । एएनआई

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारत पुगेका प्रधानमन्त्री बालेनलाई राज्यमन्त्रीले स्वागत गरे

    ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान

    विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 

    भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा विज्ञ टोलीसहित पुनः फिल्डमा

    कांग्रेसले विगतमा अहिलेभन्दा कठिन परिस्थिति सामना गरेको छ, चुनौतीबाट विचलित हुनुपर्दैन : शशांक कोइराला

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सम्बन्ध ‘दुई दाजुभाइको नाभी जोडिएजस्तै’ : भारतीय…

    नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, धर्म र राजनीति सँगसँगै…

    भारत पुगेका प्रधानमन्त्री बालेनलाई राज्यमन्त्रीले स्वागत गरे

    बालेनलाई सुस्ताबासीको आग्रह : बिन्ती छ, सीमा विवाद…

    नेपाल–भारत सम्बन्ध ‘दुई दाजुभाइको नाभी जोडिएजस्तै’ : भारतीय…

    भारत पुगेका प्रधानमन्त्री बालेनलाई राज्यमन्त्रीले स्वागत गरे

    ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान

    विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 

    आर्थिक

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑