• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किए

      नेपाल–भारत ऊर्जा सहकार्यमा नयाँ उपलब्धि: अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, झापामा नयाँ आयल टर्मिनलको शिलान्यास

      राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

      नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति सहित)

      नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता दिने भारतको घोषणा, ऊर्जा क्षेत्रमा १ खर्ब ८४ अर्ब ऋण

      नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री

      प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता

      नेपालमा पहिलोपटक ‘लेचर एन्टेना’ र ‘अउरा स्क्यानर’ प्रविधिको प्रशिक्षण, ७१ जना दीक्षित

      बालेनको नेतृत्वमा नेपालको नयाँ पुस्ताको आशा र आकांक्षा प्रतिबिम्बित भएको छ : मोदी

      अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु

      कोषमा साढे १८ अर्ब थुप्रिँदा निमोठिएको चौथो अङ्ग

      गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

      लमजुङ पुगे प्रचण्ड, स्थानीय र पार्टी कार्यकर्ताद्वारा स्वागत

      द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

      भारतमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गार्ड अफ अनर प्रदान

    होमपेज /  मुख्य समाचार

    कांग्रेसले विगतमा अहिलेभन्दा कठिन परिस्थिति सामना गरेको छ, चुनौतीबाट विचलित हुनुपर्दैन : शशांक कोइराला

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ६, आईतबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४५ पटक पढिएको
  • पोखरा । नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले कांग्रेसले विगतमा अहिलेको भन्दा पनि कठिन राजनीतिक परिस्थितिको सामना गरेर अघि बढेको इतिहास रहेको बताएका छन् । पार्टी अहिले कठिन मोडमा रहे पनि विगतका चुनौती र संघर्षबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

    कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक कोइरालाले शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेसले हरेक चुनौतीलाई चिर्दै लोकतन्त्रको रक्षा गर्दै आएको स्मरण गराए ।

    ‘अहिले पार्टी कठिन परिस्थितिमा छ । तर कांग्रेसले विगतमा अहिलेभन्दा अझ कठिन परिस्थितिको सामना गर्दै आएको छ,’ उनले भने, ‘हरेक चुनौतीलाई चिर्दै कांग्रेस अघि बढेको इतिहास छ ।’

    गण्डकी प्रदेशको अधिवेशनलाई कांग्रेसको ऐतिहासिक यात्राको निरन्तरताका रूपमा व्याख्या गर्दै उनले पार्टीको गौरवशाली इतिहास र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई स्मरण गरेका थिए ।

    पार्टीभित्र विशेष महाधिवेशनको वैधानिकता र नेतृत्वको विषयलाई लिएर विवाद चर्किरहेका बेला कोइरालाको यो भनाइ आएको हो ।

    उद्घाटन समारोहमा अधिकांश नेताहरूले विशेष महाधिवेशनको वैधानिकता, पार्टीको आधिकारिकता र पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए ।

    सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन गर्न पाइने भए पनि त्यसका लागि विधानले तोकेको निश्चित प्रक्रिया पूरा हुनुपर्ने बताए । आवश्यक हस्ताक्षरको सनाखत भएको थियो वा थिएन भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ थियो । पछिल्लो हिंसात्मक घटनामा आफूलाई जेनजी युवाहरूले नभई नेपाली सेनाले उद्धार गरेको दाबीसमेत उनले गरे ।

    नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय समितिको निर्णयबिना गरिएको विशेष महाधिवेशन अवैधानिक रहेको धारणा राखे। नेता प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    नेता विमलेन्द्र निधिले संविधानलाई समयानुकूल बनाउन आवश्यक संशोधन गर्नुपर्ने बताए । सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेस कमजोर हुँदा देशले प्राप्त गरेका राजनीतिक उपलब्धि गुम्ने जोखिम रहेको उल्लेख गर्दै पार्टी कब्जा गर्ने प्रयास भइरहेको आरोप लगाए ।

    प्रवक्ता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस नै पार्टीको मूलधार भएको दाबी गरे । कांग्रेसलाई कमजोर बनाउने प्रयासले राष्ट्रियता र लोकतन्त्रलाई समेत कमजोर बनाउने उनको भनाइ थियो ।

    केन्द्रीय सदस्य एनपी साउदले विध्वंसको आडमा बालेनहरूले सत्ता र गगनहरूले पार्टी कब्जा गरेको टिप्पणी गरे। अर्का केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनमार्फत पार्टी विभाजन गराउने प्रयास भएको आरोप लगाए ।

    केन्द्रीय सदस्य गुरु बरालले राष्ट्रिय चुनौती सामना गर्न कांग्रेसका नेता तथा कार्यकर्ता इमानदार र जिम्मेवार हुनुपर्ने बताए । केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले कांग्रेसले कसैको निगाहमा नभई विधि, विधान, संविधान र कानुनी प्रक्रियाका आधारमा आधिकारिकता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

    अधिवेशन उद्घाटन समारोहमा केन्द्रीय सदस्य पुष्प पराजुली, सीता देवकोटा, रणबहादुर रावल, भूपेन्द्र राई, कोशी प्रदेशका महामन्त्रीलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किए

    प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता

    अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु

    द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

    नेपाल–भारत व्यापार मञ्च सम्पन्न, लगानी र आर्थिक सहकार्य विस्तारमा जोड

    नेपाल–भारत सम्बन्ध ‘दुई दाजुभाइको नाभी जोडिएजस्तै’ : भारतीय पूर्वप्रहरी प्रमुख वैद

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश…

    नेपाल–भारत ऊर्जा सहकार्यमा नयाँ उपलब्धि: अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको…

    राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको…

    नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस…

    भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश…

    प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता

    अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु

    द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

    आर्थिक

    नेपाल–भारत ऊर्जा सहकार्यमा नयाँ उपलब्धि: अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, झापामा नयाँ आयल टर्मिनलको शिलान्यास

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑