• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किए

      नेपाल–भारत ऊर्जा सहकार्यमा नयाँ उपलब्धि: अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, झापामा नयाँ आयल टर्मिनलको शिलान्यास

      राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

      नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति सहित)

      नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता दिने भारतको घोषणा, ऊर्जा क्षेत्रमा १ खर्ब ८४ अर्ब ऋण

      नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री

      प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता

      नेपालमा पहिलोपटक ‘लेचर एन्टेना’ र ‘अउरा स्क्यानर’ प्रविधिको प्रशिक्षण, ७१ जना दीक्षित

      बालेनको नेतृत्वमा नेपालको नयाँ पुस्ताको आशा र आकांक्षा प्रतिबिम्बित भएको छ : मोदी

      अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु

      कोषमा साढे १८ अर्ब थुप्रिँदा निमोठिएको चौथो अङ्ग

      गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

      लमजुङ पुगे प्रचण्ड, स्थानीय र पार्टी कार्यकर्ताद्वारा स्वागत

      द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

      भारतमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गार्ड अफ अनर प्रदान

    होमपेज /  अन्य

    सकियो एनपीएल–३ : यस्ता छन् रोचक तथ्य,रेकर्ड र पुरस्कार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ६, आईतबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ४२ पटक पढिएको
  • काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी रहेका थिए । सहभागी आठवटै टोलीलाई पराजित गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स च्याम्पियन बन्यो ।

    सुदूरपश्चिमले फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक एनपीएलको च्याम्पियन भयो । यसअघिका दुबै संस्करणमा फाइनलमा चुकेको सुदूरपश्चिम यसपटक भने उपाधि रक्षा गर्न सफल भयो । दोस्रो संस्करणमा लुम्बिनीसँग नै फाइनलमा पराजित भएको सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग स्तब्ध हुन पुगेको थियो ।

    सुदूरपश्चिमले पहिलोपटक उपाधि रक्षा गर्दा नयाँ रेकर्ड पनि बनाएको छ । एनपीएल इतिहासमै १० विकेटको अन्तरले च्याम्पियन बन्ने टोली बनेको छ । साथै फाइनलमा शतक प्रहार गर्ने खेलाडी पनि सुदूरपश्चिमका जर्ज मुन्सी बनेका छन् ।

    हालसम्म कुनै पनि खेलाडीले फाइनलमा शतक हिर्काउन सकेका थिएनन् । मुन्सीले उक्त नयाँ रेकर्ड बनायो ।

    सुदूरपश्चिमले उपाधिसँगै १ करोड ५० लाख पुरस्कार समेत पायो । उपविजेता बनेको लुम्बिनीले ८० लाखमा चित्त बुझायो । तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख पुरस्कार पायो ।

    खेलाडीले जिते महत्वपूर्ण पुरस्कार 

    यो सिजनको महत्वपूर्ण तथा ठुलो पुरस्कारका रुपमा कार चितवनका बलर रिजन ढकालले जितेका छन् । कार उत्कृष्ट नेपाली खेलाडी बन्नेलाई दिइने गर्दछ । प्रतियोगितामा १७ विकेट लिएका रिजनले कार जितेका हुन् । यसअघिका संस्करणमा कारको पुरस्कार सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र लुम्बिनीका रोहितकुमार पौडेलले जितेका थिए । रिजनले कारसँगै सर्वाधिक विकेट लिने बेस्ट बलर बनेर मोटरसाइकल समेत जितेका छन् । उनले गोल्डेन क्याप समेत पाए ।

    सुदूरपश्चिमका कप्तान समेत रहेका दीपेन्द्रसिंह ऐरी प्लेयर अफ दी टुनामेन्ट बने । उनले प्रतियोगितामा व्यक्तिगत २१८ रन बनाउनुका साथै ७ विकेट हात पारेका थिए । टिमलाई च्याम्पियन समेत बनाएका दीपेन्द्रले प्लेयर अफ दी टुनामेन्ट बन्दै पुरस्कार स्वरुप ५ लाख हात पारे ।

    प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली खेलाडीका रुपमा विराटनगर किङ्सका लोकेश बमले पनि मोटरसाइकल जिते । लोकेशले प्रतियोगितामा २४२ रन जोडेका थिए ।

    जनकपुरका १६ वर्षीया राहुल यादव उदयीमान खेलाडी घोषित भए । उनले यो सिजनमा १२ विकेट हात पारेका थिए । राहुलले पनि मोटरसाइकल पुरस्कार पाए ।

    पोखरा एभेन्जर्सका युवराज सिंह सामराले सर्वाधिक रन बनाउने खेलाडी बने । उनले २९४ रन हिर्काएका थिए । बेस्ट ब्याटर बनेका सामराले २ लाख पुरस्कार र प्लाटिनम क्पाप पनि पाए ।

    चितवनका कमिल मिसराले इनर्जेटिक प्लेयर अफ दी टुनामेन्ट बन्दै २ लाख जिते । मिसराले एक शतकसहित १८९ रन जोडेका थिए ।

    व्यक्तिगत र टिमको उच्च स्कोरको रेकर्ड

    जारी सिजनमा सुदूरपश्चिमका विदेशी खेलाडीले एकै इनिङमा उच्च स्कोर बनाउने खेलाडी बने । उनले फाइनलमा लुम्बिनी विरुद्ध ५४ बलमा १२५ रनमा अविजित रहे । एनपीएल इतिहासकै एकै इनिङमा बनेको व्यक्तिगत उच्च स्कोरको समेत हो । यसअघि यसै सिजनमा चितवनका कामिल मिसराले १२० रन बनाएका थिए ।

    प्रतियोगितामा उच्च स्कोर बनाउने टिममा पोखरा रहेको छ । पोखराले काठमाडौंका विरुद्ध २२४ रन बनाएको थियो । एनपीएल इतिहासकै यो उच्च स्कोर बन्न सफल भयो ।

    लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल एसिसि स्पिरिट अफ क्रिकेट अवार्ड जिते । क्रिकेट खेलमा उच्च खेल भावना प्रदर्शन गर्ने खेलाडी वा टोलीलाई सम्मान गर्न यो अवार्ड दिने गरिन्छ ।

    बने ३ शतक र २७ अर्धशतक

    जारी सिजनमा ३ शतक र २७ अर्धशतक प्रहार भए । शतक हिर्काउने खेलाडी सबै विदेशी रहेका छन् । काठामाडौंकाविरुद्ध पोखराका कुशल भुर्तेल ९९ रनमा आउट भएका थिए । यो नै नेपाली ब्याटरले एकै इनिङमा बनाएको हालसम्मको उच्च स्कोर हो ।

    फाइनलमा सुदूरपश्चिम रोयल्सका जर्ज मुन्सीले लुम्बिनी लायन्सविरूद्ध ४९ बलम शतक हिर्काए । जारी एनपीएलको तेस्रो तथा एनपीएल इतिहासको छैटौं शतक हो ।

    मुन्सीले शतकसँगै नयाँ कीर्तिमान समेत बनाएका छन् । उनले एकै इनिङमा व्यक्तिगत उच्च स्कोर बनाउने रेकर्ड बनाए । १२५ रनमा अविजित रहेका मुन्सीले हालसम्म शतक हिर्काएका सबैको रेकर्ड भंग गरेका छन् ।

    चितवन राईनोजका कामिल मिशाराको नाममा अविजित १२० रनको रेकर्ड समेत टुट्यो । यसअघि लिग चरणको खेलमा चितवन राईनोजका कामिल मिशारालेले काठमाडौं गोर्खाजकाविरूद्ध शतक प्रहार गरेका थिए । उनले ५३ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा शतक पूरा गरे । साथै पोखरा एभेन्जर्सका युवराज सामराले शतक बनाएका थिए । सामराले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका थिए। सामरा १०२ रनमा आउट भए ।

    पहिलो संस्करणमा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गरेका थिए । उनले सो खेलमा अविजित १ सय ४ रन बनाएका थिए । दोस्रो संस्करणमा पोखराकै एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध नै ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ र बनाएका थिए ।

    गत संस्करणमा नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो ।

    यसैबीच जारी संस्करणमा २७ अर्धशतक जोडिएका छन् । जसमध्ये सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ अर्धशतक प्रहार गरेका छन् ।

    यस्तै पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै युवराज सामरा, चितवन राइनोजका रवि बोपरा,चितवन राईनोजकै डेभिड मलान, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई÷दुई अर्धशतक हिर्काएका छन् ।

    विराटनगरका इमरान शेख,आन्द्रे रसेल, चरिथ असलङ्का, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर,हुसैन तलत, सुदूरपश्चिमका थारिन्दु रत्नाएके, लुम्बिनी लायन्सका निरोशन डिककोइलाले एक÷एक अर्धशतक हिर्काएका थिए ।

    एनपीएलमा आइसिसिको पनि साथ

    तेस्रो संस्करणको एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसि)को पनि साथ रह्यो । आइसिसिले यो सिजनको एनपीएललाई टि–२० लिस्ट ए को मान्यता समेत दियो । एनपीएलका सबै खेलहरूले आधिकारिक टी–२० मान्यता पाएपछि खेलाडीहरूले बनाउने रन, लिने विकेट र अन्य कीर्तिमानहरू उनीहरूको आधिकारिक अन्तर्राष्ट्रिय करियरको तथ्याङ्कमा गणना समेत भए ।

    यसका साथै यसअघि आईसीसीको पूर्ण मान्यता नहुँदा टेष्ट राष्ट्रका सक्रिय खेलाडीहरू अनुबन्ध गर्न सीमितता थियो । अब यो फुकुवा भएसँगै विश्वका प्रख्यात र टेष्ट खेल्ने राष्ट्रका सक्रिय क्रिकेटरहरू पनि सहजै एनपीएलमा आउन बाटो खुलेको थियो ।

    एनपीएल खेल्न विश्व क्रिकेटका स्टारहरु नेपालमा पहिलोपल्ट आए् । आक्रामक ब्याटिङका लागि परिचित वेस्ट इन्डिजका आन्द्रे रसेलसँगै अस्ट्रेलिया डेविड वार्नर, दक्षिण अफ्रिका डेविड मिलर, जिम्वावेका सिकन्दर रजा, र पूर्वविश्व नम्बर एक बंगलादेशी अलराउन्डर सकिब अल हसन, इंगल्याण्डका मोइन अली,डेभिड मलानलगायतका चर्चित क्रिकेटरले एनपीएल खेले । जसले गर्दा एनपीएलको उचाई अन्र्तराष्ट्रिय जगतमा पनि फैलियो ।

    पहिलोपटक डीआरएस लागू

    नेपालमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि लागू गरियो । मैदानमा रहेका अम्पायरको निर्णयप्रति असहमति जनाउँदै टोलीहरूले पुनरवलोकन (रिभ्यु) माग गर्न सके । प्रविधि र जाँच हुने विषयः यसमा एलबीडब्लूका लागि थ्रिडी बल ट्र्याकिङ, ब्याटमा बल छोएको पत्ता लगाउन आर्टिफिसियल इन्टेलिजेन्स, तथा रनआउट, स्टम्पिङ र नो–बलजस्ता निर्णयको जाँच समावेश रहेको थियो । साथै, उचाइका आधारमा वाइड बल मापन, छक्काको दूरी÷उचाइ र बलिङ तथ्याङ्क पनि यसबाट प्राप्त हुने गर्दछ ।

    लिगमा आईसीसीका आचारसंहिता, नियमहरू र निष्पक्षताका मापदण्डहरू पूर्ण रूपमा लागू गरिएको छ ।  यसपटक एनपिएलको ब्रान्ड भ्यालु र नेपाली क्रिकेटको इज्जत अन्तर्राष्ट्रिय स्तरमा अझ उच्च बनेको छ । मिडिया राइट्समा राम्रो प्रतिस्पर्धा भएकाले क्यानको आम्दानी र लिगको व्यावसायिक पक्ष मजबुत बनेको छ ।

    एनपिएलको प्रत्यक्ष प्रसारण अन्तर्राष्ट्रिय स्तरमा स्टार स्पोट्र्समा हुनेछ भने नेपालमा हिमालय टिभी र ओटीटी प्लेटफर्म नेट टिभीमार्फत प्रत्यक्ष हेर्न सकिएको थियो ।

    आर्थिक र पर्यटकीय गतिविधि चलायमान

    एनपीएलले गर्दा नेपालको आर्थिक गतिविधि पनि चलायमान हुनुका साथै पर्यटकीय गतिविधि पनि बढेको थियो ।

    विदेशी खेलाडी नेपालमा खेल्न आउदा यहाँको पर्यटकीय गतिविधि पनि बढ्यो । काठमाडौंमा आवद्ध डेभिड वार्नर, कर्णाली याक्समा आवद्ध डेभिड मिलर सगरमाथको बेस क्याम्पको अवलोकन भ्रमण गरे । हेलीमार्फत बेस क्याम्प पुगेका वार्नर मिलर साच्चिकै स्वर्गको आनन्द पाएको बताएका थिए । यसका साथै एनपीएल सञ्चालन हुँदा नेपालको आर्थिक गतिविधि चलायमान भएको थियो ।

    चौथो संस्करण थप भव्य र व्यवस्थित गरिने

    नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले तेस्रो सिजन सभ्य र भव्य रुपमा सम्पन्न भएको बताएका छन् । तेस्रो सिजन भव्य रुपमा सम्पन्न गराउनका लागि सहयोग र समन्वय गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै चौथो संस्करण थप व्यवस्थित र भव्य रुपमा आयोजना गरिने अध्यक्ष चन्दले बताए ।

    सरकारले घोषणा गर्यो छैटौं संस्करणदेखि होम एण्ड अवेमा 

    नेपाल सरकारले छैटौं संस्करणको एनपीएल होम एण्ड अवेमा गर्ने घोषणा गरेको छ । हालसम्म काठमाडांैस्थित कीर्तिपुर मैदानमा मात्रै प्रतियोगिता सञ्चालन हुँदै आएको हो ।

    प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिने घोषणा गरेका हुन् । त्यसका लागि सहभागी आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने उनले बताएका छन् ।

    एनपीएलको तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्रीले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका हुन् ।

    सामाजिक सञ्जालमा घोषणा गरेअनुसार क्लबका लागि आवश्यक क्रिकेट रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ। फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइनेछ ।

    प्रस्तावित योजनाअनुसार आठवटै फ्रेन्चाइज क्लबका लागि छुट्टाछुट्टै रंगशाला निर्माण गरिनेछ। विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गर्ने योजना छ ।

    त्यस्तै, काठमाडौं गोर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला तोकिएको छ । सरकारको यो योजनाले एनपीएललाई काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न सहरमा विस्तार गर्ने र नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ। एनपीएल तथा क्रिकेटले गर्दा सरकारको पनि पूर्वाधार निर्माणमा ध्यान पुगेको छ । जुन खेलकुदका लागि सुखद पक्ष पनि हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति सहित)

    नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता दिने भारतको घोषणा, ऊर्जा क्षेत्रमा १ खर्ब ८४ अर्ब ऋण

    नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री

    बालेनको नेतृत्वमा नेपालको नयाँ पुस्ताको आशा र आकांक्षा प्रतिबिम्बित भएको छ : मोदी

    भारतमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गार्ड अफ अनर प्रदान

    आज गुरु नानक जयन्ती मनाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश…

    नेपाल–भारत ऊर्जा सहकार्यमा नयाँ उपलब्धि: अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको…

    राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको…

    नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस…

    भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश…

    प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता

    अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु

    द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

    आर्थिक

    नेपाल–भारत ऊर्जा सहकार्यमा नयाँ उपलब्धि: अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, झापामा नयाँ आयल टर्मिनलको शिलान्यास

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑