• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ८, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध थप सुदृढ बनाउनु पर्नेमा जोड

      शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से २६३८ विन्दुमा

      धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

      रथीमा बढुवा भएका अनुपजंग थापाले लगाए फुली

      पक्राउ गर्ने भए हत्कडी लिएर आउन सरकारलाई गगन थापाको चेतावनी

      काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

      बालेनका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जाहेरी

      आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

      ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास

      सरकारलाई रास्वपा सांसद मनिष झाको चेतावनी: सुनकोसी–मरिण डाइभर्सनको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ

      जनकपुरधाम आईपुग्यो अयोध्या—जनकपुर (सरयू कमला)एक्सप्रेस रेल, यात्रुहरुको भव्य स्वागत

      गुरुनानकका विचारले समतामूलक र सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

      डेढ अर्बको प्रदेश रङ्गशाला सरकारको स्वामित्वमा, नियमित उपयोग हुनुपर्ने

      सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

      भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किए

    होमपेज /  समाचार

    काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ८, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ११ पटक पढिएको
  • रबिन्द्र प्रताप गुप्ता /भैरहवा । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएसँगै लुम्बिनी क्षेत्रमा उत्साह थपिएको छ ।

    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सहज हुने गरी उपलब्ध हुने यो हवाईमार्गसँग सम्बन्धित सहमतिको चर्चाले यहाँका उद्योगी–व्यवसायी र आम नागरिक उत्साहित भएका हुन् ।

    नेपालले लामो समयदेखि भारतसँग भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो । सोमबार दुई देशबीच जारी संयुक्त वक्तव्यको आठौं बुँदामा बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति उल्लेख गरिएको छ ।

    संयुक्त वक्तव्यमा भनिएको छ, ‘हाल एकतर्फी रहेको बी३४५ काठमाडौँ–भैरहवा–लखनउ हवाईमार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन् । यससम्बन्धी कार्यविधिलाई अन्तिम रूप दिन तथा छलफलमा रहेका अन्य नागरिक उड्ड्डड्यनसम्बन्धी प्रस्तावलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ ।’

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको लामो समय बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका व्यवसायी निराश छन् । विमानस्थल सञ्चालन भए लुम्बिनी आउने पर्यटकको संख्या समेत बढ्ने र यहाँको पर्यटकीय विकासमा पनि टेवा पुग्नेमा उनीहरु आशावादी छन् । विमानस्थल सञ्चालन नहुँदा होटलमा व्यवसायमा अरबौं लगानी गरेका व्यवसायीहरु लगानी जोखिममा परेको भन्दै चिन्तित छन् ।

    के हो यसको प्राविधिक पक्ष ?

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर साहले बी३४५ भनेको काठमाडौं–भैरहवा हुँदै लखनउतिर जाने, दिल्ली जाने अझ पश्चिम पनि जाने रुट भएको बताए ।

    बी३४५ दुईतर्फी सञ्चालन गर्नलाई लामो समयदेखि नै नेपालले मागिरहेको उनले बताए । यो रुट टु–वे भएपछि दिल्लीबाट वा दिल्लीभन्दा पनि पश्चिमबाट नेपाल आउने जहाजहरु अब लखनउबाट अयोध्या हुँदै भैरहवा सिधै आउने उनले जानकारी दिए ।

    भैरहवा र पोखरा आउने विमानलाई यसले १५ देखि २० मिनेट जति ‘फ्लाइट टाईम’ कम हुने उनको भनाइ छ । १५ देखि २० मिनेट फ्लाइट टाइम कम भएपछि उडान समयको बचत, इन्धन लागतको बचत, अपरेटिङ कस्ट कम हुनुका साथै भाडामा पनि सहुलियत हुने बताए ।

    ‘समयको बचत भएपछि वायुसेवा कम्पनीहरुलाई पनि उनीहरुको उडान फाइदाजनक हुन्छ । त्यसपछि उनीहरु भैरहवा, पोखरामा उडान राख्न आकर्षित हुन्छन् । आकर्षित भए पनि उनीहरुलाई ‘व्यवसायिक पार्टनर’ आवश्यक हुन्छ,’ उनले भने ।

    भैरहवा क्षेत्रका पर्यटन व्यवसायीहरुले उडान भएका वायुसेवा कम्पनीहरुलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

    ‘पोखराका व्यवसायीले भरपूर सहयोग गरिरहेका छन् । त्यस्तै यहाँ पनि सहयोग गर्नुपर्छ । उडान ल्याउनका लागि एक कम्पनीसँग एक किसिमको साझेदारी गर्नुपर्छ । यात्रु कम हुँदैनन, सीट खाली हुँदैन भनेर पनि आश्वस्त बनाउनुपर्छ । अनि मात्र आउँछन् । रुट हुँदैमा आइहाल्छन् भन्ने छैन । तर, आउनेलाई फाइदाजनक हुने भयो । यात्रु कम भए पनि उडान गरिरहेका हुन्छन् । २० मिनेटको समय उडान कम भए पछि खर्र्च पनि बच्छ,’ साहले भने ।

    यसले भैरहवा र पोखरा मात्र नभइ पश्चिमबाट आउने विमानहरु सिमरातिर मात्र जाँदा बढी कन्जप्सन थियो, अब यताबाट आउँदा उताको कन्जप्सन पनि अलि घट्ने र विमानहरुलाई पनि सहज हुने उनले बताए ।

    यसका साथै उडान सुरक्षाको स्तर पनि अभिवृद्धि हुने उनले बताए । वायुसेवा कम्पनीलाई आकर्षित गर्नका लागि विमानस्थलमा वायुसेवा कम्पनीहरुलाई छुट सुविधा दिइएको उनको भनाइ छ । समग्रमा फाइदाजनक नै रहेको उनले बताए ।

    के भन्छन् पर्यटन व्यवसायी तथा सरोकारवाला ?

    पर्यटन व्यवसायी तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले विगत लामो समयदेखि यो चर्चा–परिचर्चा हुँदै र सेलाउँदै आएको विषय भएको बताए ।

    उनले काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्ने विषयमा भएको सहमतिले यस क्षेत्रको पर्यटन व्यवसायमा निश्चित रुपमा प्रभाव पार्ने बताए । राजनीतिक रुपमा यस्तो सहमति हुनु सकारात्मक भएको उनले बताए । सहमति भएपछि आफूहरु विमानस्थल सञ्चालन हुनेमा आशावादी रहेको थापाले बताए ।

    ‘यसमा विचार गर्नुकुरा गर्ने हो, विमानस्थल सञ्चालन गर्ने कुरा उठ्यो, सम्भावना बढ्यो । तर, भारतले कति उचाईबाट हवाईको आवागमन गर्न दिने, यो प्रमुख प्राथमिकताको विषय हो,’ थापाले भने । भारतले धेरै उचाईबाट उडान गर्ने कुरा ग¥यो भने भैरहवाको लागि त्यति उपलब्धीमूलक हुन नसक्ने उनको भनाइ छ ।

    भारतले त्यसमा कुनै आपत्ति नजनाइ नेपालकै मागअनुसार हवाइ उडान गर्न दिनुका साथै विमानस्थलमा जडान भएका आईएलएस र आरएनपीएर प्रविधि सञ्चालन गर्न भारतले सहजता प्रदान गरे उपलब्धीमूलक हुने बताए । रुट मात्रै ठूलो विषय नभएको उनको भनाइ छ ।

    त्यस्तै मधेश मानवअधिकार गृह (माहुरी होम) कपिलवस्तुका अध्यक्ष रविन्द्रनाथ ठाकुरले यो ऐतिहासिक सहमति भएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले रुपन्देहीलाई मात्र नभइ कपिलवस्तु, नवलपरासीसँगै पश्चिमका सबै जिल्लाहरुलाई फाइदा पुग्ने बताए ।

    ‘रुटले आम नागरिक र व्यवसायीमा आशा जगाएको छ । विमानस्थल सञ्चालन हुने अपेक्षाले व्यवसायमा लगानी गरेका व्यवसायीले हामीले अब व्यवसाय चलाउन सकिन्छ भनिरहेका छन्, यो एकदमै राम्रो कुरा हो,’ ठाकुरले भने ।

    पश्चिम रुटबाट हवाइ उडान हुन थाल्यो भने धेरै नै फरक पर्ने उनको भनाइ छ । ‘म मुक्तिनाथ जाँदा मानिसहरु मोटरसाइकलबाट त्यहाँ दर्शन गर्न जान थालेको देखे । भैरहवाबाट तेस्रो मुलुक मात्र नभइ भारतका धेरै ठाउँ हवाइ उडान गर्न सकियो भने धार्मिक पर्यटनमा धेरै उछाल आउँछ ।’

    पर्यटन व्यवसायी कृष्ण प्रसाद अधिकारी (सागर)ले हवाईरुटी दुईतर्फी सञ्चालन गर्ने विषयले यस क्षेत्रको पर्यटनको विकासका लागि ‘पोजिटिभ भाईब्स’ ल्याएको बताए । उनले कार्यान्वयन कसरी हुन्छ भन्ने मुख्य कुरा रहेको बताए ।

    ‘हवाई रुट मात्र दिएर हुँदैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिसा सेन्टर र आवश्यक पूर्वाधारमा पनि जोड दिन आवश्यक छ । सबै लागियो भने हुन्छ, ’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

    ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास

    सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

    राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

    नेपालमा पहिलोपटक ‘लेचर एन्टेना’ र ‘अउरा स्क्यानर’ प्रविधिको प्रशिक्षण, ७१ जना दीक्षित

    गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध…

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से २६३८ विन्दुमा

    धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर…

    रथीमा बढुवा भएका अनुपजंग थापाले लगाए फुली

    सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध…

    रथीमा बढुवा भएका अनुपजंग थापाले लगाए फुली

    बालेनका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान…

    सरकारलाई रास्वपा सांसद मनिष झाको चेतावनी: सुनकोसी–मरिण डाइभर्सनको…

    आर्थिक

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से २६३८ विन्दुमा

    नेपाल–भारत ऊर्जा सहकार्यमा नयाँ उपलब्धि: अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, झापामा नयाँ आयल टर्मिनलको शिलान्यास

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑