• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ५, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनसरीमा ठुलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ

      भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले ३५ बर्षमा गर्न नसकेका काम गरेर देखाउनुपर्छ : झलनाथ खनाल

      भारतसँगको व्यापार सम्बन्ध सच्याउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ : डा.बाबुराम भट्टराई

      भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६६६ जनालाई कारबाही

      आजको मौसम : देशभर मौसम मुख्यतया सफा, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

      भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

      एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई लाख प्रयोगकर्ताले टिकट किन्न खोजे

      मकवानपुरका विभिन्न स्थानमा एकादशी मेला, भक्तजनको घुइँचो

      सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

      प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

      निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

      स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

      वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ :अध्यक्ष ओली

      नेपालका प्रधानमन्त्रीको भारत भ्रमणः के भन्छन् भारतीय पत्रकार ?

    होमपेज /  राजनीती

    भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले ३५ बर्षमा गर्न नसकेका काम गरेर देखाउनुपर्छ : झलनाथ खनाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ५, शनिबार (१७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३३ पटक पढिएको
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपाल–भारतबीच लामो समयदेखि थाती रहेका समस्या उठाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा खनालले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ग्रेटर नेपालको नक्सा, सीमा विवाद, कालापानी–लिपुलेक–लिम्पियाधुरा, सुस्ता, खुला सीमा व्यवस्थापन, डुबान, व्यापार घाटा र असमान सन्धिका विषयमा स्पष्ट धारणा राख्नुपर्ने बताएका हुन् ।

    उनले प्रधानमन्त्री शाहले काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा ग्रेटर नेपालको नक्सा राखेको प्रसंग उल्लेख गर्दै भारत भ्रमणका क्रममा त्यस विषयमा के धारणा राख्छन् भन्नेबारे नेपाली जनताले चासो राखेको बताए ।

    ‘तीन करोड नेपालीले अब प्रधानमन्त्री बालेनसँग प्रश्न गर्नेवाला छन्, तपाईंले भारतमा गएर ग्रेटर नेपालको बारेमा के भन्नुभयो ?’ उनले भने ।

    खनालले नेपालको पश्चिमी सीमा महाकाली नदीलाई मान्ने गरिएको र सुगौली सन्धिले पनि त्यसैलाई आधार मानेको उल्लेख गर्दै महाकाली नदीको वास्तविक मुहानबारे स्पष्ट धारणा बनाउनुपर्ने बताए । लिपुलेकबाट आउने नदीलाई महाकालीको मुहान मान्ने कि लिम्पियाधुराबाट आउने नदीलाई मान्ने भन्ने विषय निरुपण हुनुपर्ने उनको भनाइ छ ।

    ‘३५ वर्षमा सकेनन्, अब यो वर्तमान सरकारले त्यो गर्न सक्नुपर्छ । यो उहाँका सामु चुनौती छ,’ उनले भने ।

    उनले कालापानी, लिपुलेक र लिम्पियाधुराबीचको भूभाग नेपालको भएको दाबी गर्दै त्यसलाई फिर्ता ल्याउने विषयमा प्रधानमन्त्रीले भारतसँग कुरा उठाउन सक्नुपर्ने बताए । त्यस्तै, सुस्तामा हजारौँ रोपनी जग्गा अतिक्रमण भएको र सीमा विवाद कायमै रहेको उल्लेख गर्दै त्यसबारे सरकारको स्पष्ट धारणा हुनुपर्ने उनको भनाइ छ ।

    नेपाल–भारत सम्बन्धका विविध समस्या समाधानका लागि दुवै देशका विज्ञ सम्मिलित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) गठन गरी प्रतिवेदन तयार गरिएको स्मरण गराउँदै खनालले उक्त प्रतिवेदन भारतले बुझ्न नमान्नुको कारणसमेत प्रधानमन्त्रीले उठाउनुपर्ने बताए ।

    उनले खुला सीमाका कारण दुवै देशका अपराधी तथा भ्रष्टाचारीले एकअर्काको देशमा आश्रय लिने अवस्था रहेको भन्दै सीमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । खुला सीमा व्यवस्थापन नगरेसम्म यस्तो समस्या समाधान नहुने उनको भनाइ छ ।

    त्यस्तै, भारतले सीमावर्ती क्षेत्रमा एकतर्फी रूपमा बाँध निर्माण गर्दा नेपालको तराई क्षेत्रमा बर्सेनि डुबान हुने गरेको खनालले बताए । डुबानबाट प्रभावित किसानको समस्या समाधानका लागि पनि प्रधानमन्त्रीले भारतसँग ठोस एजेन्डा राख्नुपर्ने उनले बताए ।

    ‘हरेक वर्ष डुबानबाट पीडित हुने किसानहरूको हितमा केही गर्न सक्छ कि सक्दैन ? मधेसलाई प्रतिनिधित्व गर्ने हो प्रधानमन्त्री सरकारले,’ उनले भने ।

    खनालले नेपाल र भारतबीचको ठूलो व्यापार घाटा कम गर्ने विषयलाई पनि भ्रमणको प्राथमिकतामा राख्नुपर्ने बताए । साथै, सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि र सन् १९४७ को त्रिपक्षीय सैनिक सम्झौतालाई असमान भन्दै पुनरावलोकन गर्नुपर्ने धारणा राखे ।

    ‘यस्ता सन्धिहरूलाई पुनरावलोकन गर्ने, गलत सन्धिहरूलाई हटाउने, नयाँ प्रकारको समानताको आधारमा नयाँ सन्धि गर्ने त्यो आँट प्रधानमन्त्री बालेनसँग छ कि छैन ?’ खनालले प्रश्न गरे ।

    उनले प्रधानमन्त्री शाहले विगतका सरकारलाई आलोचना गरेर मात्रै नहुने भन्दै लामो समयदेखि समाधान हुन नसकेका नेपाल–भारत सम्बन्धका समस्यामा ठोस पहल गर्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

    भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

    प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

    निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

    स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

    वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ :अध्यक्ष ओली

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा ठुलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ

    भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले ३५ बर्षमा गर्न नसकेका…

    भारतसँगको व्यापार सम्बन्ध सच्याउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ :…

    भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई प्रचण्डको…

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने…

    स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ…

    प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

    धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको…

    आर्थिक

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑