• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ५, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनसरीमा ठुलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ

      भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले ३५ बर्षमा गर्न नसकेका काम गरेर देखाउनुपर्छ : झलनाथ खनाल

      भारतसँगको व्यापार सम्बन्ध सच्याउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ : डा.बाबुराम भट्टराई

      भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६६६ जनालाई कारबाही

      आजको मौसम : देशभर मौसम मुख्यतया सफा, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

      भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

      एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई लाख प्रयोगकर्ताले टिकट किन्न खोजे

      मकवानपुरका विभिन्न स्थानमा एकादशी मेला, भक्तजनको घुइँचो

      सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

      प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

      निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

      स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

      वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ :अध्यक्ष ओली

      नेपालका प्रधानमन्त्रीको भारत भ्रमणः के भन्छन् भारतीय पत्रकार ?

    होमपेज /  समाचार

    भारतसँगको व्यापार सम्बन्ध सच्याउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ : डा.बाबुराम भट्टराई

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ५, शनिबार (१७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १८ पटक पढिएको
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारतबीचको व्यापार घाटा, विद्युत् निर्यात, हवाई मार्ग र पारवहनका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले नेपाल र भारतबीच लामो समयदेखि कायम व्यापार असन्तुलन संरचनात्मक समस्या भएको भन्दै त्यसलाई समाधान गर्न स्पष्ट दृष्टिकोण र नीतिगत पहल आवश्यक रहेको बताए ।

    उनले नेपाल भारतसँग संरचनात्मक रूपमा निर्भर सम्बन्धमा बाँधिएको भन्दै व्यापारको प्रकृति, निर्यात–आयातको अनुपात र वस्तु विनिमयको असमानतालाई समेत छलफलमा उठाउनुपर्ने बताए ।

    ‘हाम्रो व्यापारको प्रकृति मात्रै हेरेर हुँदैन, दशकौँदेखि निर्यात र आयातको अनुपातमा ऐतिहासिक असन्तुलन रहँदै आएको छ । हामी कच्चा पदार्थ बढी निर्यात गर्ने र तयारी वस्तु बढी आयात गर्ने अवस्थामा छौँ। यसले असमान विनिमय सम्बन्ध सिर्जना गरेको छ,’ उनले भने।

    भट्टराईले नेपाली वस्तुको भारतीय बजारमा सहज पहुँच नहुनु र गैरभन्सार अवरोध हटाउन नसक्नु पनि व्यापार घाटाको कारण रहेको बताए । नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि बजार पहुँच सहज बनाउनुपर्ने उनको भनाइ छ ।

    उनले खुला सीमालाई बन्द गर्ने नभई व्यवस्थित गर्नुपर्ने बताए । दुवै देशको सुरक्षा चासोलाई सम्बोधन गर्दै सीमा व्यवस्थापन गर्नुपर्ने र असमान निर्भरता घटाउने विषयमा छलफल गर्नुपर्ने उनले बताए ।

    उनले भने,‘हामी लामो समयदेखि असमान निर्भरता सम्बन्धमा बाँधिएका छौं । त्यसलाई कसरी सच्याउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्छ । खुला सीमा छ, त्यसलाई बन्द गर्ने होइन, व्यवस्थित गर्ने हो ।’

    डा.भट्टराईले नेपालको विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको अवस्थामा भारतमा विद्युत् निर्यातलाई सहज बनाउनुपर्ने बताए । विद्युत् व्यापारमा अवरोध हटाउने र दीर्घकालीन विद्युत् व्यापार सम्झौता गर्ने विषयमा पहल गर्नुपर्ने उनको भनाइ छ ।

    नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्ने बाटो पनि सहज बनाउनुपर्ने उनले बताए । विद्युत् निर्यात नेपालको व्यापार घाटा कम गर्ने महत्वपूर्ण माध्यम बन्न सक्ने उनले उल्लेख गरे ।

    त्यस्तै, कृषि उत्पादनको निर्यातमा क्वारेन्टाइन, उत्पत्ति प्रमाणपत्रलगायतका प्रक्रियामा हुने झन्झट हटाउनुपर्ने उनले बताए । नेपाली कृषि उत्पादन भारतीय बजारमा सहज रूपमा पु¥याउन आवश्यक व्यवस्थापन र निर्यात मार्ग उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

    डा.भट्टराईले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो लगानी भएको भन्दै भारतबाट पश्चिमतर्फका हवाई प्रवेश मार्ग उपलब्ध गराउनुपर्ने बताए । नेपालले महेन्द्रनगर, नेपालगञ्जलगायत पश्चिमी क्षेत्रबाट हवाई प्रवेशको सुविधा माग गर्नुपर्ने उनले बताए।

    ‘भैरहवा र पोखरा विमानस्थलमा हामीले ठूलो लगानी गरेका छौँ। त्यसका लागि हवाई प्रवेश मार्ग पनि दिनुप¥यो। कम्तीमा पश्चिमपट्टिबाट एउटा प्रवेश मार्ग उपलब्ध गराउनुपर्छ,’ उनले भने।

    भारतले सुरक्षा संवेदनशीलता देखाएर हवाई मार्गका विषयमा शर्त राख्ने गरेको भए पनि त्यसलाई संवादबाट समाधान गर्नुपर्ने उनले बताए ।

    भट्टराईले भारतसँगका सम्बन्धमा मागेर मात्रै उपलब्धि हासिल नहुने भन्दै नेपालको आफ्नै सामथ्र्य वृद्धि गर्नुपर्नेमा जोड दिए ।

    ‘शक्ति नभईकन राजनीतिमा दया–माया गरेर पाइँदैन, मागेर पाइने होइन। आफ्नो सामथ्र्य बढाएर, बुद्धि र विवेकपूर्ण ढंगले सकिन्छ भने लिनुपर्छ,’ उनले भने।

    उनले नेपाल–भारत सम्बन्धका विषयमा आपसी आरोपप्रत्यारोपभन्दा संवाद र कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्ने बताए। प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार, ऊर्जा, पारवहन, हवाई मार्ग र सीमा व्यवस्थापनलगायत विषयलाई समग्र रूपमा उठाउनुपर्ने उनको सुझाव छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६६६ जनालाई कारबाही

    आजको मौसम : देशभर मौसम मुख्यतया सफा, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

    कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिंदैछु : भुपेन्द्रजंग शाही

    कर्णालीमा राइड शेयरिङको भाडादर तोकिँदै, मनपरी शुल्कमा लगाम लगाउने तयारी

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही

    आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा ठुलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ

    भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले ३५ बर्षमा गर्न नसकेका…

    भारतसँगको व्यापार सम्बन्ध सच्याउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ :…

    भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई प्रचण्डको…

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने…

    स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ…

    प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

    धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको…

    आर्थिक

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑